काठमाडौं / इलामको माइखोला–राजदुवाली सडकखण्ड ५१ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको छ।सडक डिभिजन कार्यालय इलामले सोमबारदेखि पहिलो चरणमा साना तथा हलुका सवारीसाधन चल्न अनुमति दिएको हो।लगातारको वर्षाका कारण असार २५ गतेदेखि सडक भासिएर यातायात पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि असार २९ गतेदेखि मोटरसाइकलसहित सबै प्रकारका सवारीसाधन सञ्चालन रोकिएको थियो।सडक अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङको झापा तथा तराईसँगको यातायात सम्पर्क प्रभावित भएको थियो भने यात्रु, बिरामी, व्यवसायी र दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या परेको थियो। सडक डिभिजन कार्यालयले मर्मतपछि हाललाई जोखिमलाई मध्यनजर गर्दै सान
काठमाडौं / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरीलगायत विभिन्न उद्धार टोलीहरु सक्रिय छन् । प्राविधिक टोलीका एसआई विकल्प परियार नेतृत्वको खटिएको टोलीले खोज तथा उद्धारसँगै शव व्यवस्थापनको काम गरिरहेको छ ।बाढी प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँट क्षेत्रमा सशस्त्र प्रहरीको टोली परिचालन गरी प्रभावित नागरिकको खोज, उद्धार तथा शव व्यवस्थापनका काम गरि रहेको हो । सशस्त्र प्रहरीको टोलीले बाढीबाट अहिले शव व्यवस्थापन कार्यलाई प्राथमिकता राखेर काम ग
काठमाडौं / नेपाल रेडक्रस सोसाइटीले रसुवाको भोटेकोसी खोलामा आएको विपतपछि आफ्नो कर्मचारी तथा स्वयंसेवक परिचालन गरी आफ्नो कामलाई निरन्तरता दिएको जनाएको छ । बाढी प्रभावित क्षेत्रका व्यक्तिका लागि थप सहयोग उपलब्ध गराउन सरकारसँगै मिलेर रेडक्रसले काम गरिरहेको सोसाइटीका अध्यक्ष डा।विशालकुमार भण्डारीले जानकारी दिएका छन् । सरकारले छुट्टाएको क्लस्टर अनुसार नै क्लस्टर विभाजन गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा पुर्याइरहेको पनि उनले जानकारी दिए ।सोमबार मात्र सोसाइटीले नेपाल आर्मीको हेलिकप्टरमार्फत अत्यावश्यक औषधिलगायत लिस्टमा भएका सामग्रीहरु रसु
काठमाडौं / रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।अस्पतालका अनुसार ल्याइएका शवमध्ये ४८ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने बाँकी शवको प्रक्रिया जारी रहेको छ। फरेन्सिक ल्याब प्रमुख डा। गोपाल चौधरीका अनुसार हाल ३७ जनाको पोस्टमार्टम गर्न बाँकी रहेको छ। बाढीमा ज्यान गुमाएकाको पहिचान र शव व्यवस्थापनको काम सम्बन्धित निकायको समन्वयमा अघि बढिरहेको छ।
काठमाडौं / अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।नेपाल प्रहरीले आज (सोमबार) साँझ ६ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । जसमा मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका वडा नं. ९ राजदुवाली (झापा देखि ताप्लेजुङ सडक) मा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ । उक्त स्थानमा अर्को वैकल्पिक बाटोको व्यवस्था गरिएको छ ।वि.पि. राजमार्गमा सम्भावित बाढीका कारण राती १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सवारी साधन स
बर्दिबास / नेकपा एमाले मधेस प्रदेश कमिटीले रसुवालगायत बाढी प्रभावित जिल्लामा २०० जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ।प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा बर्दिबासमा बसेको सचिवालय बैठकले मधेस प्रदेशका आठवटै जिल्लाबाट २५/२५ जनाका दरले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो। बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै प्रभावितको राहत र पुनर्स्थापनाका लागि पार्टी केन्द्रमार्फत केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरिएको छ।यससँगै बैठकले किसानलाई मल, बीउ र कीटनाशकको सहज आपूर्ति, स्व
काठमाडौं / रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि सर्लाहीको गोडैता नगरपालिकाका बाल क्लब तथा युवा क्लबका सदस्यहरूले राहत संकलन अभियान सञ्चालन गरेका छन्।गोडैता नगर बाल क्लब सञ्जाल र गोडैता युवा क्लब सञ्जालले स्थानीय बजारका पसल तथा व्यवसायीहरूसँग सहयोग जुटाएर नगद र खाद्यान्न संकलन गरेका थिए। संकलितमध्ये १३ हजार ७५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले बालबालिका र युवाहरू स्वस्फूर्त रूपमा अभियानमा सहभागी भएका हुन्। उनीहरूको यो पहलले विपद्को समयमा युवा पुस्ता र ब
काठमाडौं। तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म विभिन्न जिल्लाबाट ९०३ जनाको शव फेला परेको हो।प्राधिकरणका अनुसार बाढीमा परी ४ हजार २४७ जना अझै सम्पर्कविहीन छन् भने २६७ जना घाइते भएका छन्। विपद्मा परेकामध्ये हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।फेला परेका शवमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जना छन्। यसमध्ये चितवन र नवलपरासीका
देशबन्धु बिश्वामित्र \ नेपालमा राष्ट्रिय पुस्तकालय दिवस प्रत्येक वर्ष भदौ १५ गते मनाइन्छ। यो दिवस पुस्तकालयको औपचारिक स्मरण गर्ने अवसर मात्र होइन, मुलुकको ज्ञान, शिक्षा, भाषा, साहित्य, संस्कृति र बौद्धिक चेतनाको विकासमा पुस्तकालयको भूमिकामाथि पुनर्विचार गर्ने महत्वपूर्ण अवसर पनि हो। नेपालमा पुस्तकालयको संस्थागत विकासको इतिहास लामो छ। वि.सं. १८६९ भदौ १५ गते ‘पुस्तक चिताइ तहबिल’ स्थापना भएको ऐतिहासिक सन्दर्भसँग जोडिएको पुस्तकालय दिवसले हाम्रो ज्ञान–सम्पदा संरक्षणप्रतिको पुरानो चेतनालाई प्रतिबिम्बित गर्छ।पुस्तकालयको विकासलाई पुस्तक राख्ने स्थानको विकासका रूपमा बुझ्नु
देवेन्द्र के ढुङगाना \ रसुवाको नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले हिमाली क्षेत्रमा प्राकृतिक विपद्को भयावहता मात्र उजागर गरेन, नेपालका लागि गम्भीर राष्ट्रिय पाठ पनि छाडेको छ। केही क्षणमै सडक, पुल, बस्ती, व्यापारिक केन्द्र र सीमावर्ती संरचना तहसनहस पार्ने यस घटनाले एउटा आधारभूत सत्य पुनः स्थापित गरेको छ—प्रकृतिले राजनीतिक सीमा चिन्दैन। हिमालय साझा छ, नदी प्रणाली साझा छन् र विपद्को जोखिम पनि सीमापार साझा हुन्छ।रसुवामा भएको क्षतिलाई एउटा जिल्लाको स्थानीय विपद्का रूपमा मात्र बुझ्नु गम्भीर भूल हुनेछ। यो नेपालको उत्तरी व्यापारिक नाका, सीमा आवागमन, आपूर्ति प्रण
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.