समाचार

    Showing 15,501-15,510 of 23,727 items.
  • राष्ट्रपति पौडेल आज श्रीमद् भागवत ज्ञान महायज्ञ उद्घाटनका लागि फिदिम जाँदै

    काठमाण्डौ  ।  राष्ट्रपति रामचन्द्र पौडेल आज पाँचथर सदरमुकाम फिदिम जाँदैछन । पाँचथर बहुमुखी क्याम्पसमा हुने श्रीमद् भागवत ज्ञान महायज्ञ तथा पाँचथर आध्यात्मिक महोत्सव उद्घाटनका लागि पौडेल पाँचथर जान लागेका हुन् । उनी एक बजे पाँचथर पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले महायज्ञ उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् । राष्ट्रपति आउने कार्यक्रम भएकाले सुरक्षा व्यवस्थ कडा बनाइएको छ । नेपाली सेनाको टोली केही दिनअघि नै फिदिम पुगेको छ । राष्ट्रपति पौडेल महायज्ञमा सहभागी भएर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 189 पटक पढिएको
  • जीप दुर्घटनामा १० जनाको मृत्यु

    काठमाण्डौ । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ। आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो। मृतक सबैको पहिचान खुलेको छ। मङ्गलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन।तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मङ्गलवार साँझ दुर्घटना भएको थियो। आफैँ अनियन्त्रित भएर जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।दुर्घटनामा मृत्यु हुनेमा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ–६ का ३९ वर्षीय रामबहादुर

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 586 पटक पढिएको
  • ललितानिवास जग्गा प्रकरण : चार वर्षपछि आज फैसलाको तयारी

    काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाएर अनियमितता गरेको मुद्दामा विशेष अदालतले आज फैसला सुनाउने भएको छ ।मंगलबार दुवैतर्फ र जवाफी बहससमेत सकिएपछि बुधबार फैसलाको तयारी भएको हो । सरकारले अधिग्रहण गरिसकेको ११२ रोपनी जग्गा अनधिकृतरूपमा व्यक्तिको नाममा गरी गैरकानुनी लाभ लिने १७५ जनाविरुद्धको मुद्दामा एक महिनादेखि चलेको बहस मंगलबार सकिएको थियो ।ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री, उच्च अधिकारी र भूमाफिया तथा जग्गा खरिदकर्तासहित १७५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो।पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहर

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 594 पटक पढिएको
  • आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै

    काठमाडौँ । आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । विश्वभर प्रेम साटासाट गरी मनाइँदैछ । विशेष गरी प्रेमीप्रेमिकाहरूले आजको दिनलाई विशेषरुपमा मनाउने गर्दछन् । युवा पुस्तामाझ यो दिनप्रति विशेष आकर्षण छ । भ्यालेन्टाइन-डेका रूपमा नयाँ प्रेमी प्रेमिकाले यो दिनलाई विशेषरुपमा मनाउने गर्दछन् । प्रेम प्रस्ताव गर्ने, प्रेमको औपचारिक शुभारम्भ गर्ने वा उपहार आदान प्रदान गरेर यो दिनलाई मनाउने गरेको पाइन्छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भ्यालेन्टाइन-डे मनाउने गरिएको हो । 

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 694 पटक पढिएको
  • मिटरब्याज पीडित र स्थानीयबीच झडप, दुई दर्जन घाइते

    काठमाण्डौ । मकवानपुरमा न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच झडप भएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा भएको झडपमा २१ जना घाइते भएका छन् ।मिटरब्याजको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरू गत १६ गतेबाट पूर्वको काँकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्चमा निस्किएका हुन् । यसै क्रममा काँकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक समूहसँग विवाद भएको थियो ।मिटरब्याज तथा ठगीविरुद्ध किसान सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाहका अनुसार गाडी राखेर बाटो अवरोध गरेपछि विवाद सुरु भएको हो । त्यसक्रममा झडप भएको उनले बताए । घटन

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 310 पटक पढिएको
  • तेल बोक्ने ट्याकंरमा ५९४ केजी गाँजा, चारजना पक्राउ

    झापा  ।   साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारबाट प्रहरीले ५९४ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । ट्याङकरसहित पक्राउ पर्नेमा तीन भारतीय र एक जना नेपाली नागरिक रहेका छन् ।आज बिहान करिब २ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको दैनिक पिकेट डिउटीले गाँजा बोकेको को १ ७३२२ नम्बरको डिजेल-पेट्रोल बोक्ने ट्याङकर गाडीसहित चार जनालाई पक्राउ गरेको हो ।मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको ट्याङकरमा लागु औषध बोकेको शंका लागी चेकजाँच गर्दा ट्याङकरको तेल राख्ने पाँच वडा डिब्बा (केल) मध्ये बिचको (केल) भित्र ५ सय ९४ केजी गाँजा भेटिएको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवनकु

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 291 पटक पढिएको
  • २०८१ सालकाे सार्वजनिक बिदा तय

    काठामाण्डौ  ।   सरकारले आगामी वर्षभरि (१ वैशाख ०८१ देखि चैत मसान्तसम्म) का लागि सरकारी तथा सार्वजनिक बिदा निर्धारण गरेको छ।गृह मन्त्रालयले आज एक सूचना प्रकाशन गरी संवत् २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि देहायबमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको जनाएको छ।सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन् । २०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ । यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दि

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 290 पटक पढिएको
  • नेपाल प्रहरीका ७८ एसपीहरुको सरुवा

    काठमाडौं । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा/काज भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले मङ्गलबार फागुनदेखि नै खटाएको ठाउँबाट तलव भत्ता पाउनेगरी उनीहरूको सरुवा/काज गरेको हो।हेर्नुहोस् एसपी सरुवा/काजको सूची:

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 640 पटक पढिएको
  • अवैध सुन, चादी र नगदसहित पोखरामा १ भारतीय नागरिक पक्राउ

    काठमाडौं । पोखरामा ६ किलो ६९ ग्राम अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले सुनसहित पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिकलाई मंगलबार पक्राउ गरेको हो । उनको साथबाट ६ किलो ६९ ग्राम अवैध सुन बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।सुनसहित ६ किलो चादी र नगद ६२ लाख ८१ हजार बरामद गरिएको थापाले बताए ।भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याएको सूचना जिल्ला प्रहरी कार्यालय कास्कीले पाएको थियो।उक्त सूचनापछि प्रहरीको टोलीले सोमबार राति पौने ७ बजे स

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 332 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहको छ।दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि सुदुरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने कोशी र मधेस प्रदेश लगायत  बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक देखि

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 303 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.