समाचार

    Showing 14,351-14,360 of 25,809 items.
  • मुख्यमन्त्रीदेखि कर्मचारीहरुको तलब रोकिएपछि...

    काठमाडौं— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य र कर्मचारीहरूको तलब रोकिएको छ। लेखा अधिकृतहरू वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएपछि तलब रोकिएको हो।लेखा समूहका अधिकृतहरूले प्रदेश निजामती सेवामा नवौँ तहबाट प्रशासन समूह हटाउनुपर्ने, लेखा समूहको ओएण्डएम गर्नुपर्ने, र प्रदेश लोकसेवा आयोगले खोलेको प्रशासन सेवाको विज्ञापन स्थगित गर्नुपर्ने माग राखेका छन्। माग पुरा नगरे संघमा फिर्ता जानुपर्ने चेतावनीसमेत दिएका छन्।गत बुधबारदेखि लेखा अधिकृतहरूले भुक्तानी प्रक्रिया रोकेपछि तलब रोकिएको प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीले बताए। सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्षको बजे

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 305 पटक पढिएको
  • सम्पूर्ण तयारी भइसकेको आरआरमा स्ववियु निर्वाचन स्थगित

    काठमाडौं— काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगन गरिएको छ । मंगलबार बिहान एक सूचनामार्फत यस्तो जानकारी गराइएको हो ।निर्वाचनका निम्ति सम्पूर्ण तयारी भइसकेको अवस्थामा क्याम्पस प्रवेशद्वारमा तालाबन्दी गरिएकाले हाललाई चुनाव रोकिएको जनाइएको छ ।“यही मिति २०८१/१२/०५ गते यस क्याम्पसको स्ववियु निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको अवस्थामा क्याम्पस प्रवेशद्वारमा तालाबन्दी भएकोले प्रतिकूल अवस्था सिर्जना भएकाले सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगन गरिएको बोहोरा सूचित गरि

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 520 पटक पढिएको
  • एनओसीमाथि सरकारी हस्तक्षेप बन्द गर्न कमिटीको माग

    काठमाडौं— नेपाल ओलम्पिक कमिटीको कार्यालय भवनमा बिना सूचना ताला लगाएकोमा कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै चैत ३ गते नेपाल ओलम्पिक कमिटीको कार्यालय भवनमा बिना सूचना र बिना पत्र युवा तथा खेलकूद मन्त्रालयको निर्देशनमा ताला लगाउने कार्यप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको हो। अध्यक्ष जीवनराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाल ओलम्पिक कमिटी नेपालमा अर्न्तराष्ट्रिय ओलम्पिक कमिटीको तर्फबाट नेपालमा काम गर्ने स्वायत्त सँस्था हो। नेपाल ओलम्पिक कमिटीले नेपालको खेलकूद विकास ऐन २०७७ र खेलकूद विकास नियमावली २०७९ अनुसार सरकार सँग समन्वय गरि काम

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 554 पटक पढिएको
  • भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम सम्पन्न

    काठमाडौं— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालनमा रहेको ७ कार्य दिनको “भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समापन भएको छ । फागुन २५ गतेबाट संचालन भएको उक्त तालिम चैत्र ४  गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख भीम बहादुर दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि दहालले प्रहरी कर्मचारीहरूलाई खोज तथा उद्दार सम्बन्धि तालिम दिई उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अनुशिक्षण तालिम दिईएको बताए। मानव जीवनमा आईपर्ने कठोरतम् विपत्तिको उद

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 490 पटक पढिएको
  • २५ करोड नगदसहित एकजना पक्राउ, कहाँबाट आयो यत्रो पैसा

    काठमाडौं— प्रहरीले करिब २५ करोड नगदसहित दुईजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको हो । नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित एकजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।  अवैध रकमसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको प्रहरीले जनाएको छ ।अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने काम गरिरहेका छन् ।काठमाडौंको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको छ । ट्रक चालक सहित दुईजना पक्राउ परेका छन् ।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 1,267 पटक पढिएको
  • आज पनि बस्दै राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति बैठक

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ ।बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज ११ः०० बस्न लागेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।यो आइतबार बसेको बैठकको निरन्तरता हो । आजको बैठकमा पार्टीको सबलीकरणका विषयमा र आन्दोलन केन्द्रित हुनेछ उनले बताए ।राजावादीहरूले शाह वंशीय शासन फर्काउन भन्दै आन्दोलनको तयारी थालेका छन् । आन्दोलन निर्देशन समिति सदस्यमा राप्रपाका नेताहरु पनि रहेका छन् ।अध्यक्ष राजेन्द्र लिङ्देनले भने आफूलाई जानकारी नै नदिई सदस्यमा राखिएको भन्दै प्रतिवाद गरेका छन् ।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 324 पटक पढिएको
  • पाथिभरा मन्दिर जाने ‘सिजन’ सुरु

    ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर्षभरि नै पाथिभरा जान सकिए पनि मुख्यतया बडादसैँ र जाडो घटेपछिको समयलाई तीर्थयात्राको मुख्य ‘सिजन’ मानिन्छ ।तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथिभरामा यस वर्ष तीन पटकसम्म हिमपात भएको थियो । चिसो मौसममा भक्तजनको सङ्ख्या न्यून रहने गरे पनि बडादसैँ र रामनवमीको समयमा दैनिक हजारौँ भक्तजन पाथिभरा पुग्ने गर्छन् ।यस वर्ष पाथिभरामा निर्माणाधीन केबलकार परियोजनासँग सम्बन्धित विवादका कारण फागुन महिनामा अघिल्लो वर्षको तुलनामा भक्तजनको सङ्ख्या घटेको छ । पाथिभरा

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 435 पटक पढिएको
  • आँपका बिरुवा जथाभावी नकिन्न कृषि अनुसन्धान निर्देशनालयको आग्रह

    इटहरी (सुनसरी) । कृषि अनुसन्धान निर्देशनालय तरहरा, बागवानी अनुसन्धान इकाईले आँपका बिरुवा जथाभावी नकिन्न किसानलाई आग्रह गरेको छ । इकाई प्रमुख महावीरलाल देवले किसानलाई आँपका बिरुवा हुर्कन र फल्नका लागि उपयुक्त माटो र मौसम आवश्यक हुने भएकाले अनुसन्धानबिना बिरुवा रोप्न नहुने बताए । विशेषगरी मधेस प्रदेश र कोशी प्रदेश आँपका लागि उपयुक्त मानिए पनि विभिन्न स्थानमा मौसम र माटोको भिन्नताले उत्पादनमा असर पार्ने भएकाले बिरुवा किन्दा त्यसको प्रजाति के हो भनेर ध्यान दिनुपर्ने उनको भनाइ छ । इकाई प्मुख देवले किसानलाई सस्तोमा आँपका बिरुवा पाउनेबित्तिकै किन्न लालायित नहुन र पछि पछुताउने अवस्थाबाट बच्न आग्र

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 320 पटक पढिएको
  • दुई सय ३६ ह्याचरी उद्योग बन्द

    चितवन । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् ।नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । अहिले यो सङ्ख्या एक सय २० मा झरेको छ । यस्तै १४ वटा रहेको लेयर्स ह्याचरी घटेर छवटामा झरेको छ । एक सातामा ब्रोइलर चल्ला ५५ लाख उत्पादन हुनेमा अहिले रु ३० लाख उत्पादन हुने गरेको उनले जानकारी दिए । लेयर्स चल्ला सातामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ । पोखरेलका अनुसार ब्रोइलर चल्लाको ल

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 322 पटक पढिएको
  • स्वरोजगार बनाउन चार सय राँगा वितरण गरिँदै

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष रु ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाको घोषित कार्यक्रमअन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गर्न सुरु गरिएको नगरउपप्रमुख विशन राईले बताए । ‘यस वर्ष चार सय राँगा वितरण गर्ने कार्यक्रम छ’, उनले भने, ‘नगरपालिकाको कृषि कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा किसानलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएक

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 350 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.