समाचार

    Showing 14,121-14,130 of 25,809 items.
  • सुरु भयो चियाको पहिलो टिपाइ

    मङ्गलबारे (इलाम) । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन । गत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको किसान दीपक खतिवडाले बताए । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भनिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । यस याममा चियामा पानीको मात्रा कम हुने भएकाले यसलाई राम्रो चियाका रूपमा लिने गरिन्छ । जिल्लाका तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा चियाको टिपाइ चैतदेखि सुरु हुन्छ । तर केही माथिल्लो

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 293 पटक पढिएको
  • दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारि

    काठमाण्डौ । काठमाण्डौमा शुक्रबार भएको आगजनी र लुटपाटमा घटनामा मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्ने भएको छ।भिडलाई उक्साएर अराजकता मच्चाएको आरोपमा प्रहरीलाई प्रसाईँलाई समात्न आदेश दिइएको हो। उनीविरुद्ध शुक्रबार नै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन्। गृह मन्त्रालयका सहसचिव छवि रिजालले प्रसाईँलाई पक्रने तयारी भइरहेको जानकारी दिए।आगजनी र लुटपाटपछि स्थिति नियन्त्रणमा लिन सरकारले तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 292 पटक पढिएको
  • सबै समुदायको आस्थाको केन्द्र बन्दै ‘विक्रमबाबा’

    चितवन । यहाँका आदिवासी थारु समुदायले सदियौँदेखि पुज्दै आएको विक्रमबाबालाई अहिले सबै समुदायले आस्थाको केन्द्र बनाएका छन् । थारु समुदायले तीनै लोकका ठकुराइन (मालिक) का रुपमा पुज्ने गरेको विक्रमबाबालाई पछिल्लो समय सबै जातजातिले पुज्ने गरेका हुन् ।चितवन राष्ट्रिय निकुञ्जभित्र रुखको फेदमा रहेको विक्रमबाबा पूजास्थलमा तराई र पहाडी मूलका साथै सबै जातजातिले पुज्ने गरेका छन् । थारु कल्याणकारी सभा चितवनका सचिव एवं पत्रकार सन्तकुमार चौधरी थारु समुदायको पनि गुरौँ घरानाले मात्रै पुज्ने गरेको विक्रमबाबामा विस्तारै थारुकै अरु समुदाय पनि भाकल गर्न जाने गरेको बताउँछन् । उनले भने, ‘थारु समुदायको पनि गुरौँ घरानाल

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 413 पटक पढिएको
  • राजावादीहरुको आन्दोलनमा एक प्रदर्शनकारीको मृत्यु

    काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने बर्ष २९ को सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै राजावादीहरुको आन्दोलनका क्रममा कमाण्डर दुर्गा प्रसाईले गरेकाले उनी र आयोजक संस्थाले नै क्षतिको जिम्मेवारी लिनुपर्ने गृहको दाबी छ । तर यता समाजवादी मोर्चाको आन्दोलनमा शान्तिपूर्ण भएको र १८ हजार सहभागि भएको गृह मन्त्रालयको भनाइ छ । गृहका अनुसार निजी संरचना, अस्पताल तोडफोड गर्ने काम भएकाले त्यो क्षमायोग्य छैन् । आपराधिक कृयाकलापमा संलग्न सबैलाई कानुनी कारवाहीलाई ल्याइनेपनि गृह मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 359 पटक पढिएको
  • जनआन्दोलन जनताकै नियन्त्रणमा हुन्छ; संयुक्त जनआन्दोलन परिचालन समिति

    काठमाण्डौ । राजसंस्था पुनर्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनमा सरकारले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेको छ ।समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै सत्ताधारीहरूले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेका हुन् । उनले निजी घरभित्रबाट समेत भएको दमनका कारण आक्रोशित जनसमुदायबाट आत्मरक्षाका लागि प्रतिकार भएको दावी पनि गरेका छन् ।प्रेस विज्ञप्ति                                       मिति : २०८१।१२।१५जनआन्दोलन जनताकै नियन्त्रणमा हु

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 415 पटक पढिएको
  • राजावादीहरुको प्रदर्शनमा तीन सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते

    काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजवादीहरुको प्रदर्शनमा हालसम्म तीन जना सुरक्षार्की र १५ जना प्रदर्शनकारी घाइते भएका छन् । नेपाल न्यूजबैंकसँगको कुराकानीमा प्रहरी प्रवक्त डीआईजी दिनेश आचार्यले अहिलेसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकरी दिए । उनले भने,अहिलेसम्म तीन जना सुरक्षाकर्मी घाइते हुनुभएको छ । साथै १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।’उनले कफ्र्यु आदेश गरिसकेको भएपनि अवस्था सामान्य नबनेको बताए । आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 229 पटक पढिएको
  • रोकियो उडान, राजाबादिले गरे बिमानस्थल वरिपरि आगजनी

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोकिएको छ ।प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास लागो लगाएपछि सुरक्षाको कारण देखाउँदै उडान रोकिएको हो ।प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडी आगो बालेका थिए । आगो विमानस्थल क्षेत्र भित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द भएको हो ।अहिले अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड गरिएको छ । 

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 264 पटक पढिएको
  • रोकिएन राजाबादिको आन्दोलन ट्याक्सी र स्कार्फियो जलाए

    काठमाडौं । तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरूले अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् । सोही क्रममा उनीहरुले नेकपा एमालेको कार्यालय नजिकै एउटा ट्याक्सी र बालकुमारीमा स्कार्फियो जलाएका छन् ।त्यसअघि प्रदर्शनकारीले कोटेश्वरको पेरिसडाँडा क्षेत्रमा एउटा गाडीमा आगजनी गरेका थिए भने मोटरसाइकल तोडफोड गरेका थिए । त्यस्तै प्रदर्शनकारीहरूले एकीकृत समाजवादीको पार्टी कार्यालयभित्र पनि तोडफोड र आगजनी गरेको छ ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 366 पटक पढिएको
  • राजावादीले कोटेश्वरको भाटभटेनीमा तोड्फोड गरे

    काठमाडौं—  राजावादी समूह प्रवेश गरेर कोटेश्वरको भाटभटेनी तोडफोड गरेका छन् । दिउसो ३ बजेर ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर  तोड्फोड गरेका हुन।“कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका छन्, तोडफोड गरे,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले भने ।प्रहरीलाई समयमै खबर गरिएको भए पनि अहिलेसम्म पुगेको छैन । प्रदर्शनकारी स्टोरमा छिरेर तोडफोड गरेका छन् । 

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 304 पटक पढिएको
  • तीनकुनेमा भएको घटना केवल सुरुवात मात्र; रविन्द्र मिश्र

    काठमाण्डौ  ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले तीनकुनेमा भएको घटना केवल सुरुवात मात्र भएको बताएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रश्न गरे, "व्यवस्था परिवर्तनका आन्दोलनहरू कुनै नेताको नियन्त्रणमा रहन्छन् र? अघिल्ला आन्दोलनहरूमा धनजनको क्षति भएको थिएन?" उनले अघि भने, "त्यही क्षति रोक्न पहिले नै नवीन समझदारीमा जान आग्रह गरेका थियौँ। अहिले जे भयो, त्यसले सत्बुद्धि पलाओस्। यो आन्दोलन रोकिने होइन, जारी रहनेछ।"

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 470 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.