काठमाडौं—  राजावादी समूह प्रवेश गरेर कोटेश्वरको भाटभटेनी तोडफोड गरेका छन् । दिउसो ३ बजेर ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर  तोड्फोड गरेका हुन।

“कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका छन्, तोडफोड गरे,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले भने ।

OM Sai Pathibhara Hospital

प्रहरीलाई समयमै खबर गरिएको भए पनि अहिलेसम्म पुगेको छैन । प्रदर्शनकारी स्टोरमा छिरेर तोडफोड गरेका छन् ।