काठमाण्डौ । काठमाण्डौमा शुक्रबार भएको आगजनी र लुटपाटमा घटनामा मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्ने भएको छ।

भिडलाई उक्साएर अराजकता मच्चाएको आरोपमा प्रहरीलाई प्रसाईँलाई समात्न आदेश दिइएको हो। उनीविरुद्ध शुक्रबार नै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन्। गृह मन्त्रालयका सहसचिव छवि रिजालले प्रसाईँलाई पक्रने तयारी भइरहेको जानकारी दिए।

आगजनी र लुटपाटपछि स्थिति नियन्त्रणमा लिन सरकारले तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।