समाचार

    Showing 14,111-14,120 of 25,809 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०६ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १४६ रूपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रूपैयाँ ६३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १७६ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७७ रूपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ८६ पैसा र बिक्रीदर ८६ रूपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ २४ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६६

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 486 पटक पढिएको
  • चिनी उत्पादन अनुपातमा ह्रास

    महोत्तरी । गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ ।सो उद्योगका अनुसार चालु आर्थिक वर्षमा एक क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ । गत वर्ष सोही परिणामको उखुबाट ९.११ केजी चिनी उत्पादन भएको उद्योगका महाप्रवन्धक सुरेन्द्र शुक्लाले बताए ।उद्योगले यसवर्ष लक्ष्यभन्दा करिब चार लाख क्विन्टल कम उखु ‘क्रसिङ्’ गरेको छ । गत मङ्सिर २६ गते सुरु भइ फागुन मसान्तसम्म सञ्चालनमा रहेको उद्योगले ३१ लाख चार हजार १६३ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरिएको शुक्लाले बताए । गत वर्ष उद्योगले २९ लाख चार हज

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 324 पटक पढिएको
  • तिनकुने घटनाको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ; रास्वपा

    काठमाण्डौ  ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तिनकुने घटनामा गृहमन्त्री जिम्मेवार रहेको आरोप लगाएको छ ।रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै आन्दोलन अराजक हुन सक्ने पूर्व सूचनाहरुका बाबजुद सरकार र गृह प्रशासन कत्ति पनि चिन्तित र तयार नरहेको घटनाक्रमहरुले देखाएको उल्लेख गर्दै विषम परिस्थितिमा सरकारको असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवारी गृहमन्त्रीले नै लिनपर्ने बताएका छन् ।रास्वपाले भनेको छ: शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार मात्र हैन, लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि पनि हो । लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु  स

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 389 पटक पढिएको
  • ​​​​राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल पक्राउ

    काठमाण्डौ  ।   काठमाण्डौ प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा बिएण्ड बी अस्पतालमा घाइतेहरु भेटेर फर्किने क्रममा पक्राउ परेका छन् ।​​​​राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल लगायतका केही व्यक्ति शुक्रबार साँझ पक्राउ परेका छन्। मिश्र र राणालाई सातदोबाटो र नेपाललाई पुतलिसडकबाट पक्राउ गरिएको हो। राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरी प्रदर्शनमा परिचालित भएका

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 389 पटक पढिएको
  • स्थिति सहज नभए पछि कर्फ्यु आदेशको समयावधि थपियो

    काठमाण्डौ  ।   स्थिति सहज भएको छैन भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौले कर्फ्यु आदेश लम्ब्याएको छ । प्रशासनको पछिल्लो सूचनाअनुसार कर्फ्यु शनिबार बिहान ७ बजेसम्म लागू गरिएको हो ।  कर्फ्यु लाग्ने स्थानहरु तल दिएको छ । बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म ।काठमाडौं प्रशासनले अवस्थाको विश्लेषण गर्दै यसअघि जारी भएको कर्फ्यु आदेशको निरन्तरता स्वरुप आज रातिीको १० बजेदेखि मिति भोलि बिहान ७ ब

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 254 पटक पढिएको
  • जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन: दुर्गा प्रसाइ

    काठमाण्डौ । राजसंस्था पुनर्स्थापनका लागि बनेको संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंले आफूलाई पक्राउ गर्न प्रहरी आइरहनु नपर्ने बताएका छन् । उनले भनेका छन "प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउछु।" सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ । मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिदैन किन कि दुर्गा अब व्यक्ती हैन बिचार हो, अभियान हो ।’उनले आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको बताएका छन् । आजको अप्रिय अवस्था सरकारकै दमनले गर्दा उत्पन्न भएको उनको आरोप छ ।‘ह

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 362 पटक पढिएको
  • राजावादीको आन्दोलनमा घरभित्र जलेर एभिन्युजका पत्रकारको मृत्यु

    काठमाण्डौ  ।  एभिन्युज टीभीले आफ्नो समाचारमा राजावादीको प्रदर्शनको खबर संकलनका लागि पुगेका पत्रकार आगजनी गरिएको घरमा जलेर मृत्यु भएको छ।राजावादीको आन्दोलनका क्रममा आगजनी भएको तीनकुनेको घरमा एक जनाको डढेको अवस्थामा शव भेटिएको छ। नेपाल प्रहरीका अनुसार आगजनी भएको घरमा एक जनाको शव भेटिएको हो। मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजक हुन्।उनी घरको छतबाट आन्दोलनको दृष्य कैद गर्दै थिए । त्यसक्रममा अचानक घरमा आगजनी भएपछि उनी बाहिर निस्किन भ्याएनन् ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 229 पटक पढिएको
  • राजावादीले आगजनी गरेको घरमा जलेर एक पत्रकारको मृत्यु

    काठमाडौं— राजावादी समूहले आगजनी गरेको घरमा जलेर एभिन्युज टीभीमा कार्यरत पत्रकारको मृत्यु भएको जनाइएको छ ।एभिन्युज टीभीले आफ्नो समाचारमा राजावादीको प्रदर्शनको खबर संकलनका लागि पुगेका पत्रकारको आगजनी गरिएको घरमा जलेर मृत्यु भएको समाचार प्रशारण गरेको छ । घरको चौथो तलामा एउटा शव फेला परेको प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिए ।उनले एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको हुन सक्ने अनुमान भए पनि पुष्टि नभएको बताए । एभिन्युजका पत्रकार शिव दाहालले दिएको जानकारीअनुसार घरको छतमा बसेर आन्दोलन कैद गरेका पत्रकार सुरेश रजक आजगनीपछि सम्पर्कमा थिएनन् ।रजकका भान्जा राजेशले दिएको जानकारीअनुसार मामा स

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 249 पटक पढिएको
  • गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई सरकारको अपिल

    काठमाडौँ । सरकारले अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई अपिल गरेको छ । गृह मन्त्रालयद्वारा आज साँझ जारी प्रेस विज्ञप्तिमा कानुनको उल्लङ्घन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ । पूर्व राजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनका क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिसात्मक प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 350 पटक पढिएको
  • थामेमा जलवायुजन्य विपद्को जोखिम कायमै

    काठमाडौँ । गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ स्थित थामेखोला जालाधारको माथिल्लो तटीय क्षेत्रमा हिमताल विष्फोटका कारण आएको बाढीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनले थामेमा अझै पनि यस्ता जलवायुजन्य प्राकृतिक जोखिम कायमै रहेको उल्लेख गर्दै न्यूनीकरणका लागि आवश्यक पहलका लागि सुझाव दिएको छ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले थामे र अन्य स्थानमा रहेका हिमताल विष्फोटको जोखिममा रहेको उल्लेख गर्दैै क्षति न्यूनीकरणका विषयमा छलफल आवश्यक रहेको बताए । ‘सम्भावित जोखिमका विषयमा विस्तृत अध्ययन गर्न जरुरी

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 234 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.