काठमाण्डौ । काठमाण्डौ प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा बिएण्ड बी अस्पतालमा घाइतेहरु भेटेर फर्किने क्रममा पक्राउ परेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल लगायतका केही व्यक्ति शुक्रबार साँझ पक्राउ परेका छन्। मिश्र र राणालाई सातदोबाटो र नेपाललाई पुतलिसडकबाट पक्राउ गरिएको हो।

राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरी प्रदर्शनमा परिचालित भएका थिए। मिश्र, राणा र नेपालले राजावादीको नाममा गरिएको तीनकुनेस्थित प्रदर्शनमा अगुवाई गरेका थिए।
नेपाल राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिको पदाधिकारीका रूपमा प्रदर्शनमा अगुवाई गरेका थिए। शुक्रबार भएको हिंसात्मक आन्दोलनको अनुसन्धानकोलागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। राजावादीहरूले शुक्रबार तिनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गरेका थिए। जसकारण एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने निजी तथा सरकारी सम्पत्तिमाथि ठूलो क्षतिसमेत पुर्याएको छ।