समाचार

    Showing 13,841-13,850 of 25,809 items.
  • ५ वर्ष कैद सजाय र नगद २५ हजार रुपैयाँ जरिवानाका तोकिएका प्रतिवादी पक्राउ

    काठमाडौं— प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी  गोरखा नगरपालिका–११ घर भएका २१ वर्षीय नीरज ढकाललाई मङ्गलवार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंको गत मङ्सिर ५ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय र नगद २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई मानव बेचबिखन ब्युरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा नगरपालिका–११ बाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानक

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 200 पटक पढिएको
  • आन्दोलनरत शिक्षक र सरकारबीच आज वार्ता हुने

    काठमाडौं— आन्दोलनरत शिक्षक र सरकारबीच आज छलफल हुने भएको छ। शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न भन्दै शिक्षा मन्त्रालयले बोलाएपछि नेपाल शिक्षक महासंघ संवादका लागि तयार भएको हो।छलफलका लागि मन्त्रालयले बोलाए पनि समय यकिन भइनसकेको शिक्षक महासंघकी सहअध्यक्ष एवं काठमाडौं केन्द्रित आन्दोलनकी संयोजक नानुमाया पराजुलीले जानकारी दिइन्।मन्त्रालयबाट महासंघको समय अनुकुल आउन भनिएको जानकारी दिँदै पराजुलीले आन्तरिक छलफलपछि जाने बताइन्। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार सरकारसँग वार्तामा बस्न लागेको नभई मन्त्रालयमा आफ्ना कुरा राखेर फर्कने जानकारी दिए। ‘नेपाल शिक्षक महासंघले सरकारलाई रेस्पोन्स

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 380 पटक पढिएको
  • झ्याप भएर गाउँपालिका पुगेका उपाध्यक्षले गरे कम्प्युटर तोडफोड गरेपछि...

    काठमाडौं— जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् ।मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ ।तोडफोडबाट दुई थान कम्प्युटर फुटेको प्रहरीले बताएको छ । यो भन्दा अगाडी पनि आफ्नै कार्यकक्षमा मदिरा सेवन गरेर जथाभावी गरेपनि उनको भिडियो समाचार सञ्जालमा सार्वजनिक भएको थियो ।गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाही समेत मदिरा सेवन गरेर कार्यालयमा आउने गरेको आरोप लागेको छ ।मदिरा सेवन गरेर तोडफोडमा उत्रिएका शाहीले गाउँपालिकाका अध्यक्षले आ

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 415 पटक पढिएको
  • २७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान्

    काठमाडौं— नेपाल सरकारले म्यान्मार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोगस्वरूप पठाएको छ । परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी, पत्रकारलगायत १६ सदस्यीय टोली उक्त राहत सामग्री लिएर बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।टोलीले आज बिहान राहत सामग्री म्यान्मार सरकारका प्रतिनिधिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए । निजी क्षेत्र र सरकारको तर्फबाट २७ टन सामग्री हस्तान्तरण गर्न लागिएको हो ।म्यान्मारमा गत शुक्रबार सात दशमलव सात म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट तीन हजार बढीको मृत्यु भएको छ । भू

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 233 पटक पढिएको
  • उपत्यकामा आज रातिसम्म वर्षा हुने

    काठमाडौं— काठमाडौं उपत्यकामा अहिले वर्षा भइरहेको छ। मध्याह्न,अपराह्न र राति पनि सामान्यरूपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले जानकारी दिए । वर्षासँगै उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिकरूपमा हट्ने उनले बताए। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी र मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा एवं हिमपातको अनुमान छ।दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 221 पटक पढिएको
  • तीनकुने घटनाको अनुसन्धान गर्न नेपालीको नेतृत्वमा नागरिक आयोग गठन

    काठमाण्डौ । चैत १५ गते तीनकुनेमा राजसंस्था पुनः स्थापनाका लागि गरेको शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्किएर भएको घटबारे अनुसन्धान गर्न देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन भएको छ ।संयुक्त जनआन्दोलन परिचालन समितिले उक्त घटनामा भएको मानवअधिकार हननको घटनाबारे अनुसन्धान गर्न नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन गरेको समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।आयोगको सदस्यमा पूर्व एआइजी रविराज थापा, डा.रामप्रसाद उप्रेती,डा.ज्ञान बस्नेत र हरि कट्टेल रहेका छन् । 

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 378 पटक पढिएको
  • डा. जगमान गुरुङको सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम

    काठमाण्डौ  ।  राजावादी संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा गर्न सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिँदै, सरकारले सुनवाइ नगरेको खण्डमा २२ गते आफूहरूले सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 405 पटक पढिएको
  • चट्याङ लागेर एकको मृत्यु, जयपृथ्वी राजमार्गमा पहिरो

    काठमाण्डौ । बझाङमा चट्याङ लागेर एक जनाको निधन भएको छ। बुधबार साँझ वित्थडचिर गाउँपालिका–३ मा पानी परेसङै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए। जिल्लामा वर्षा र चट्यानको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे।त्यसैगरि केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। बुधबार साँझको पानीपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो।यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला छ।

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 340 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएको हो।महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही ठाउँमा भारी वर्षा भइरहेको छ। काठमाडौं, भक्तपुर र ललितपुरमा हावाहुरी र चट्याङसहित वर्षा भएको हो।यसैगरी, कोशी प्रदेशको झापा, सुनसरी, सोलुखुम्बु क्षेत्रमा वर्षा भइरहेको छ।अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। महाशाखाका अनुसार केही समय रोकिए पनि बिहीबार दिनभर र शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको जानकारी छ। बुधबारसमेत काठमाडौं उपत्यकाका केही स्थानमा वर्

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 273 पटक पढिएको
  • कांग्रेसबाट निकालिएका कर्ण मल्ल अन्ततः राजावादी मोर्चामा

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट निकालेका कांग्रेस नेता कर्णबहादुर मल्ल अन्ततः राजावादी मोर्चामा पुगेका छन् । आफ्नै गृहजिल्ला डडेल्धुराका काग्रेस सभापति मल्ललाई देउवाले १४औँ महाधिवेशनमा जिल्ला अधिवेशनदेखि नै वञ्चित गरी महाधिवेशनमा सहभागी हुनबाट रोकेका थिए । नेता विमलेन्द्र निधि क्याम्पमा उभिन पुगेपछि संकटमा परेका मल्ल त्यसपछि नेपाली कांग्रेस बीपीमा गएर उपसभापति बनेका थिए । अहिले भने उनले राजावादी मोर्चा रोजेका छन् । देउवाले राजावादी भएकै कारण आफूलाई पार्टीबाट निकालेको मल्लले स्वीकार गरेका छन् । “म कांग्रेसमै हुँदादेखि राजावादी थिएँ । राष्ट्रवादी भएकैले म

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 334 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.