काठमाण्डौ । राजावादी संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा गर्न सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिँदै, सरकारले सुनवाइ नगरेको खण्डमा २२ गते आफूहरूले सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।