समाचार

    Showing 13,751-13,760 of 25,809 items.
  • नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा रिजाल विजयी

    काठमाडौं— नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा समीर रिजाल विजयी भएका छन् ।सोमबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी मोहम्मद प्रबेजलाई भारी मतले पराजित गर्दै रिजाल विजयी भएको क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले बताए ।उनका अनुसार निर्वाचितको औपचारिक घोषणा हुन भने बाँकी छ ।

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 266 पटक पढिएको
  • दाङमा आफैंमाथि गोली चलाएपछि...

    काठमाडौं— दाङमा एक व्यक्तिले आफैंलाई गोली चलाएका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए ।उनले घरमा लाइन्सेन्सवाला बन्दुक राखेका थिए । सोही बन्दुकले घरमै आफैंमाथि गोली चलाएको पाइएको प्रहरीले जानकारी दिएको छ ।आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलेको छैन । प्रहरीले सो बारे आज दिउँसो साढे ३ बजे जानकारी पाएको बताए । लगत्तै डीएसपी नेतृत्वको एक टोली घटनास्थलमा पुगेको थियो ।प्रारम्भिक अनुसन

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 508 पटक पढिएको
  • शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

    काठमाडौं— शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । आज दिउँसो आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच छलफल भएको थियो। प्रधानमन्त्रीसँग छलफल गर्न मन्त्री भट्टराई प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन ।

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 590 पटक पढिएको
  • शिक्षकहरुको प्रदर्शनले माइतीघर—बानेश्वर सडक अस्तव्यस्त

    काठमाडौं—  विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।सोमबार पनि काठमाडौंको माईतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरुले आज पनि प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् ।सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको छ ।सर

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 442 पटक पढिएको
  • प्रहरी जवान पदको परीक्षा दिने ६ जना नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौं— काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंद्वारा प्रकाशित विज्ञापन अनुसार सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौंको बालाजु बस्ने २३ वर्षिय मोहन सुनुवार,कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौंको लैनचौर बस्ने २४ वर्षिय गोपाल शाही, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौंको माछाप

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 281 पटक पढिएको
  • हाजिरी जमानीमा रिहा भए धवलशमशेर

    काठमाडौं— तीनकुनेमा राजावादीको आन्दोलनमा हिंसा भड्काउन प्रेरित गरेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्।गत चैत १५ मा पक्राउ परेका उनलाई बोलाएको बेला उपस्थित हुनेगरी रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए।क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गर्नुपरेको प्रहरीको भनाइ छ। उनको वैशाख १५ मा फलोअपको अपोइन्टमेन्ट रहेको बताइएको छ।

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 374 पटक पढिएको
  • पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु, दुई जना गम्भीर घाइते

    काठमाडौं— ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप बिहान ५ बजेतिर पोलबाट लत्रिएको तार छुँदाकरेण्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। उनका अनुसार त्यसलगत्तै जीपमा आगो लागेको थियो।मृतकको पहिचान भइसकेको छैन। ज्यान गुमानेमा दुई पुरुष र दुई महिला छन्। जलेका उनीहरूको शव पहिचान गर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ।घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरी निरीक्षक बस्नेतले बता

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 573 पटक पढिएको
  • निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दै

    काठमाडौं— निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ। त्यस कार्यक्रमका लागि अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न पनि आयोगले भनेको छ।निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम अद्यावधिक कार्यक्रम सञ्चालन हुन लागेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए।उक्त कार्यक्रम बमोजिम गत चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया प्रारम्भ भैसकेको छ।मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेवसाइटमा प्रकाशन समेत भएका

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 247 पटक पढिएको
  • झापाको भद्रपुर नाका तस्करिको लागि खुल्ला, प्रहरिले पक्राउ गर्यो लाखौको मोबाइल पार्टस

    झापा  ।  झापाको भद्रपुर नाकाबाट भन्सार छलेर भित्राइएको लाखौको मोबाइलका पार्टस तथा सामग्रीसहित एक पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ  । भद्रपुरको दोभान नाकाबाट भित्राइएको २० कार्टुन मोबाइल पार्टस बा १८ च ४६१६ नम्बरको पिकअपमा हालेर लैजाने क्रममा चलक भद्रपुर नगरापालिका निवासी २३ वर्षीय राहुल कामत सहित जिल्ला प्रहरी कार्यालय झापाले शनिबार राती करिब ८ बजे भद्रपुरको घोडामाराबाट नियन्त्रणमा लिएको हो। बरामद गरिएको मोबाइल पार्टस २९ लाख ८७ हजार २ सय, गाडीको ५ लाख गरी ३४ लाख ८७ हजार २ रुपैयाँ मुल्यांकन तोकेर गाडी चालक कामतसहितलाई कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बु

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 1,410 पटक पढिएको
  • पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौं परिसर भद्रकालीमा राखियो

    काठमाडौं— सिंहदरबारबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ ।सिंहदबारभित्र प्ले कार्डसहित प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको थियो ।उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 331 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.