समाचार

    Showing 13,561-13,570 of 25,809 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रुपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ र

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 324 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा  मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का द

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 308 पटक पढिएको
  • उर्जामन्त्री खड्का भन्छन देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण

    काठमाडौं— उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत क्षेत्रमा नीजि क्षेत्रको सहभागीता बढाउनका लागि आफूले पहल गरिरहेको बताएका छन् ।उर्जामन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसदहरु देवी भट्टचन र जीत सेरचनसँगको संयुक्त भेटमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।आफूले उर्जामन्त्रालयको नेतृत्व सम्हाले यता जलविद्युतको क्षेत्रमा उल्लेख्य काम भएको बताउँदै सरकारको नीति नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने बताए ।सो अवसरमा मन्त्री खड्काले नव निर्वाचित एनआरएनएका अध्यक्ष श्रेष्ठ नेतृत्वको कमिटीलाई बधाई ज्ञापन गर्दै देश विक

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 252 पटक पढिएको
  • रवि विरुद्ध प्रहरी प्रतिवेदनमा आधार बनाइएको निवेदन झन् विवादास्पद

    काठमाण्डौ  ।   बुटवलको सुप्रिम सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रहरी प्रतिवेदनमा आधार बनाइएको निवेदन झन् विवादास्पद बन्दै गएको छ। निवेदिका पूजा न्यौपानेले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा आफूले कुनै व्यक्ति विशेषलाई लक्षित गरेर उजुरी नदिएको स्पष्ट पारेकी छन्। उनले आफ्नो पैसा फसेकाले फिर्ता पाउन मात्रै निवेदन दिएको बताउँदै सो निवेदनलाई राजनीतिक प्रतिशोधको उपकरण बनाइएकोमा आपत्ति जनाएकी छन्। यसअघि पनि दुईजनाले यस्तै किसिमको आपत्ति जनाइसकेका छन्।सहकारी पीडित पूजा न्यौपाने सामाजिक संजालमा लेख्छिन्, " म सुप्रीम सहकारीको बचतकर्ता र सहकारीपीडित हुँ । मैले आफ्नो ब्यापारबाट आएको

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 308 पटक पढिएको
  • ‘लोकतन्त्रको मान्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’

    काठमाडौ । लोकतन्त्रको मान्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्ने सांसद इश्वर बहादुर रिजालले बताएका छन । बिहीबार प्रतिनिधीसभाको सुन्ने समयमा बोल्दै एमाले सांसद रिजालले पुँजीबादको चरित्र अराजक हुनुपर्ने बताएका हुन् । उनले लोकतन्त्रमा खबरदारी हुनुपर्ने समेत बताएका छन् । उनले अराजकतामा अनुसाशन नहुने बताएका हुन्। सांसद रिजालले राम्रा कुरामा खण्डन मात्र नभइ मनन गर्नुपर्ने बताएका हुन्  ।उनले लोकतन्त्र भित्रको सरकार सङ्ख्याले   चल्छ तर संख्या भित्रको सरकार  लोकतन्त्रले नचल्ने बताए छन् । उनले लोकतन्त्रक मालिक र  दास नभई  लोकतन्त्र भनेको जनता सरह हु

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 300 पटक पढिएको
  • झापामा हुरीले घर भत्कँदा एक जनाको मृत्यु

    भद्रपुर— झापामा गएराती आएको हावाहुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगर रहेका छन्।गए राती आएको हावा हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 255 पटक पढिएको
  • ३ अर्बको भ्रष्टचार मुद्दामा मुछिए कांग्रेस नेता मोहन बस्नेतसहित १६ जना, को को हुन १६ जना ?

    काठमाडौं— कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो तथा सजाग माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमको खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बस्नेतलगायतलाई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।अख्तियारका अनुसार तत्कालीन सञ्चारमन्त्री बस्नेत, दूरसञ्चारका तत्कालीन अध्यक्षहरू झा र पुरुषोत

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 491 पटक पढिएको
  • अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरे, चोरी भएका ११ ल्यापटप माटोमा गाडिएको अवस्थामा भेटियो

    ताप्लेजुङ— ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट एक वर्षअघि ११ वटा ल्यापटप चोरी भएका थिए ।विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ती ल्यापटप ह्युमन प्राक्टिस फाउन्डेसनले उपलब्ध गराएको थियो । फाउन्डेसनले विद्यालयलाई हस्तान्तरण गरेको केही समयमै अर्थात् ०८० साल पुस २२ गते राति अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरेको थियो । घटनालगत्तै विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गरायो । खोजीका क्रममा त्यतिबेला तीनवटा ल्यापटप मात्र भेटिएका थिए। हराएका आठवटा ल्यापटप फेला पार्न प्रहरी प्रशासन, विद्यालय प्रशासन र वडालाई एक वर्ष

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 394 पटक पढिएको
  • सांसद अमरेश सिंहको प्रश्न: नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो ?

    काठमाडौं — स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई गभर्नर बनाइनु नपाउनुमा लैंगिक पूर्वाग्रह देखिएको भन्दै प्रश्न उठाएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सोधे, “डेपुटी गभर्नरलाई गभर्नर बनाउँदा के फरक पर्छ? महिला भएको कारणले बनाउन नमिल्ने हो? राष्ट्र बैंककी कर्मचारी भएकैले अयोग्य मान्ने हो?”सांसद सिंहले गभर्नर नियुक्तिमा पारदर्शिता र योग्यता मापदण्डको ख्याल हुनुपर्ने बताए। साथै उनले हालका गभर्नर महाप्रसाद अधिकारी सेवानिवृत्त हुनुभन्दा एक महिना अघि नै किन नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि नबढाइएको भनेर सरकारसँग जवाफ मागे। उनले थपे, “सरकार कानुन मिच्ने छुटमा रह

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 309 पटक पढिएको
  • डिउटीमा रहेका प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर शाह परे कारबाहीमा

    काठमाडौं— काठमाडौंको नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साह कारबाहीमा परेका छन् । बुधवार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  सहायक हवल्दारमाथि कुटपिट गर्ने प्रहरी निरीक्षक साहको जिम्मेवारी खोसिएको प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङले जानकारी दिए। साहमाथि छानबिन सुरु भएको उनले बताए । साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ ल्याइएको बताउँदै अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले बताए । घटना बुधबार दिउँसो भएको उनको भनाइ छ ।&

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 506 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.