काठमाण्डौ । अब विदेशमा रहेका नेपालीहरूले पनि आवधिक चुनावमा भोट हाल्न पाउने भएका छन् ।शुक्रबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विदेशमा रहेका नागरिकलाई चुनावमा सहभागी गराउने घोषणा गरेका हुन् ।
काठमाडौं । सरकारले बन्द रहेका उद्योग पुनःसञ्चालन गर्ने घोषणा गरेको छ।राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्ण सञ्चालनको सम्भावना रहेका हेटौंडा कपडा उद्योग, गोरखकाली टायर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने बताएका हुन् ।राष्ट्रपति पौडेलले लामो समयदेखि बन्द तथा रुग्न अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिने बताए ।निजी क्षेत्रको सहकार्य र साझेदारीमा औद्योगिक क्षेत्र विषेश, औद्योगिक ग्रामको पूर्वाधार तथा सञ्चालन गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा समेटिएको छ
काठमाडौं । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका रामचन्द्र पौडेल आज पहिलो पटक प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न नयाँबानेश्वरस्थित संसद भवनमा पुगेका छन् ।आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न उनी संसद भवन पुगेका हुन् ।
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका ३ लिङखिम सिँवाका १९ वर्षीय सन्दिप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिएका छन । कार्किका अनुसार बिहीबार राति मैवाखोला गाउँपालिका १ तेल्लाबुङतर्फ बालुवा लिएर जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तामाङको घटनास्थलमै मृत्यु भएको हो । चालक मिक्वाखोला गाउँपालिका १ का कुशल लिम्बू भने दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजीकार्य जारी रहेको बताईएको छ ।
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भ
काठमाडौं । आज सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश हुँदैछ । संघीय संसदको दुवै सदन प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।संयुक्त बैठक अपरान्ह ४ बजे बोलाइएको छ । भारतमा उपचार गराएर फर्किएका पौडेलको अझै स्वास्थ्य अवस्था पूर्ण ठीक नभइसकेकाले नीति तथा कार्यक्रम वाचन गर्न सुरू पछि प्रधानमन्त्री प्रचण्डले पढ्ने तयारी थियो । स्वास्थ्यमा सुधार आएकाले पौडेलले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपतिको सचिवालयले बताइसकेको छ ।
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले सहकारी सञ्चालक सञ्चालकहरु पुष्कर मल्ल र अनिश राज भण्डारी र सहकारीका सञ्चालक केदारनाथ शर्माकी श्रीमती गीता शर्मालाई पक्राउ गरेको छ । गीता शर्मा शिव शिखर सहकारी संस्थाको मुख्य साझेदारी रहेको शिखर अर्गनाइजेसन प्रालिकी निर्देशक हुन् ।सहकारी संस्थाका सदस्यहरुलाई आर्कषक ब्याजको प्रलोभन देखाई बचत, मुद्दती निक्षेप तथा सेयरमा समेत रकम जम्मा गर्न लगाई बचत गरेको रकम तथा मुद्दती खातमा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी निक्षेप रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । स्वास्थ्यका कारण उनले वाचन नगर्ने आशंका गरिएको थियो ।राष्ट्रपति कार्यालय सोतका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल तयार छन् । राष्ट्रपतिले नै प्रस्तुत गर्ने छन । बाहिर आएको कुरा हल्ला मात्र हो राष्ट्रिपतिको सचिवालयले भनेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बीचमा समस्या आएमा अर्कोलाई वाचन गर्ने दिने तयारी पनि छ ।राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् । संसद सचिवालयले पनि शुक्रबार राष्ट्रपति पौ
काठमाण्डौ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई आफूले पहिलो नम्बरमा प्रश्न दर्ता गराए पनि पछाडि पालो दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । स्वतन्त्र र साना पार्टीहरुलाई बोल्न नदिने गरिएको उनको आरोप छ । कांग्रेस र एमालेका धेरै सांसदहरुले बोल्न आवश्यक नभएको उल्लेख गर्दै उनले भने, ‘एक नम्बरमा प्रश्न दर्ता गरे पनि ठूला पार्टीले जहिले पनि हेप्ने, स्वतन्त्रलाई बोल्न नदिने, साना पार्टीलाई बोल्न नदिने, आफूलाई नै संसद भवन ठान्ने । संसदमा विचारको प्रतिनिधित्व हुने स्थान रहेको भन्दै उनले भने, ‘काग्रेसको चारजना किन बोल्नुपर्यो ? एमालेको तीनजना किन बोल्नुपर्यो ? एक
काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ । स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँस्थित भारतीय राजदूतावासबीच हिजो सम्झौता भएको हो ।रामेछापको मालागिरी शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस निर्माणका लागि सम्झौता भएको हो । दुवै परियोजनामा कूल रु आठ करोड ३३ लाख लगानी हुने अनुमान गरिएको छ । परियोजना रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । परियोजना निर्माणले स्थानीयलाई गुणस्तरीय स्वास्थ्य तथा शैक्षिक सुविधा पुग्ने विश्वास
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.