काठमाडौं — स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई गभर्नर बनाइनु नपाउनुमा लैंगिक पूर्वाग्रह देखिएको भन्दै प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सोधे, “डेपुटी गभर्नरलाई गभर्नर बनाउँदा के फरक पर्छ? महिला भएको कारणले बनाउन नमिल्ने हो? राष्ट्र बैंककी कर्मचारी भएकैले अयोग्य मान्ने हो?”
सांसद सिंहले गभर्नर नियुक्तिमा पारदर्शिता र योग्यता मापदण्डको ख्याल हुनुपर्ने बताए। साथै उनले हालका गभर्नर महाप्रसाद अधिकारी सेवानिवृत्त हुनुभन्दा एक महिना अघि नै किन नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि नबढाइएको भनेर सरकारसँग जवाफ मागे।
उनले थपे, “सरकार कानुन मिच्ने छुटमा रहन सक्दैन।”