समाचार

    Showing 1,321-1,330 of 17,370 items.
  • अष्टमीका अवसरमा उग्रचण्डी भगवती मन्दिरमा विशेष भीडभाड

    काभ्रे— नवरात्रिको अष्टमी तिथि पारेर आज काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण उग्रचण्डी भगवती मन्दिरमा भक्तजनहरूको विशेष भीडभाड देखिएको छ। बिहानैदेखि टिका, फूलमाला, धूपदीप र प्रसादसहित भक्तजनहरूको ओइरो लागेको हो।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन यहाँ विशेष पूजा, बलि, र भजनकीर्तन आयोजना गरिन्छ। यसवर्ष पनि स्थानीयवासीदेखि लिएर काठमाण्डौ, भक्तपुर, ललितपुर लगायतका विभिन्न स्थानहरूबाट दर्शनार्थीहरू मन्दिरमा उपस्थित भएका छन्।मन्दिर क्षेत्रका प्रमुख पुरोहितका अनुसार, आजको दिन देवी उग्रचण्डीलाई विशेष शक्तिशाली रूपमा पूजा गरिन्छ। “अष्टमीका दिन देवी प्रसन्न हुने विश्वास रहेकोले

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 396 पटक पढिएको
  • बाजुरामा बेवारिसे अवस्थामा एक महिला मृत फेला

    बाजुरा— बाजुरामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बुढीगंगा नगर लास पार्टमार्टमको लागी अस्पताल बाजुराको शव गृहमा राखिएको प्रहरीले बताएको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।पालिका वडा नं ६ स्थित  खोलामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको हो । मृत फेला पर्नेमा बुढिगङ्गा नगरपालिका वडा नम्बर ५ निमनी बस्ने वीर बहादुर थापाकी ४५ बर्षकी श्रीमती ईश्वरी थापा रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताए ।उनका अनुसार,कालापानीको झुलङ्गे पुल नजिकै उनको शव फेला परेको बताए । प्रहरीको टोली करिब पाँच बजे

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 414 पटक पढिएको
  • बाजुराको बुढीगङ्गाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान्न वितरण

    बाजुरा— बाजुराको बुढीगङ्गाका नगरपालिकाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर २ र ३ मा बसोबास गर्दै आएका १४ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । दशैं तिहारलाई लक्षित गर्दै गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान सामाग्री वितरण गरिएको सामाजिक अभियान्ता रिता शाहीले बताएकी छन्। उनका अनुसार,नेपाल भारत मैत्री सङ्घको आर्थिक सहयोगमा खाद्यान्न सामाग्री वितरण गरिएको बताएकी हुन् ।खाद्यान्न वितरणले गरिब,विपन्न घरपरिवारलाई दसैं तिहार मनाउन सहज हुने शाहीले बताईन्। प्रत्येक घरपरिवारलाई चामल ,दाल,नुन, तेल,चिनि ,सरव,सावुन, त्रिपाल,बल्याङकेट वितरण गरिएको सामाजिक अभियान

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 417 पटक पढिएको
  • नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि

    काठमाडौं— लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको युनिटी कप सिरिजको उपाधि हासिल गरेको छ । तीन खेल सम्मिलिन टी२० आई सिरिजको उपाधि नेपालले एक खेलअगावै जितेको हो ।सोमबार यूएईको शारजाहमा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको विशाल अन्तरले पारजित ग¥यो । त्यसअघि शनिबार भएको खेलमा पनि नेपाल १९ रनले विजयी भएको थियो ।सोमबार टस जितेर नेपालले पहिलो ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन जोडेको थियो । नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय अविजित पारी खेले । ४७ बलको सामना गरेका उनले ८ चौका र २ छक्काको मद्दतमा ६८ रन बनाए ।त्यसैगरी, सन्द

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 415 पटक पढिएको
  • वेष्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

    काठमाडौँ । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ ।सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा  गएराति भएको खेलमा  नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो ।वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 259 पटक पढिएको
  • बडादशैं एवं नवरात्रको आठौँ दिन, आज महागौरीको पूजाआजा गरिँदै

    काठमाण्डौ । बडादशैं एवं नवरात्रको नवौं दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौं महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ। तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौं दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौं दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।किंवदन्तीअनुसार महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एकदिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेका छन्।

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 302 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।दिउसो  कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना छ।राति कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रही बाँक

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 232 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ २८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ २१ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७२ पै

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 206 पटक पढिएको
  • जेनजी आन्दोलनमा घाइते भएका लक्ष्मण राईको निधन, मृतकको संख्या ७६ पुग्यो

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका–२ निवासी ३६ वर्षीय लक्ष्मण राईको उपचारका क्रममा निधन भएको छ। भदौ २४ गते आन्दोलनका क्रममा टाउकोमा गोली लागेर घाइते भएका राईको काठमाडौंस्थित ट्रमा सेन्टरको आइसियूमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनको अवस्था गम्भीर बन्दै गएपछि आइतबार मृत्यु भएको प्रहरीको भनाइ छ।जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ।गोली लागेर घाइते भएका राईको अवस्था सुरुदेखि नै चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका थिए। घटनापछि उनी निरन्तर चिकित्सकीय निगरानीमा रहेका थिए।सरकार र आन्दोलनकारीबीच ज

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 447 पटक पढिएको
  • इटहरीमा सर्फको पैसा नदिँदा कुटपिट, तीन जना घाइते

    इटहरी— इटहरी उपमहानगरपालिका–१६ मा दुई सय रुपैयाँको सर्फ बिक्रीको पैसा नदिएको विवादले कुटपिट भएपछि तीन जना घाइते भएका छन्।इटहरी–७ का दिलीप चौधरीले सर्फ र फिनेल बिक्री गरिरहेका बेला एक व्यक्तिले सर्फको रकम नतिर्दा विवाद सुरु भएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । कुटपिटमा व्यापारी दिलीप चौधरीसहित तीन जना घाइते भएका छन्। अन्य दुई घाइतेको नाम हालसम्म खुलाइएको छैन । उनीहरूलाई उपचारका लागि तत्काल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार घटनामा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 488 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा