समाचार

    Showing 1,321-1,330 of 26,787 items.
  • दोलखामा पहिरो, एक वृद्ध बेपत्तास चार कर्मचारीको सकुशल उद्धार

    दोलखा। अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोले एक वृद्ध बेपत्ता भएका छन्। पहिरोले स्थानीय बस्ती र जलविद्युत् आयोजनालाई जोखिममा पारे पनि आयोजनामा कार्यरत चार कर्मचारीलाई भने उद्धार टोलीले सुरक्षित स्थानमा पुर्‍याएको छ। खोजीका लागि सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त टोली परिचालित भएको छ। स्थानीयका अनुसार पहिरोले तामाङलाई बगाएपछि तत्काल खोज तथा उद्धार अभियान सुरु गरिएको हो। मौसम प्रतिकूल रहे पनि बेपत्ता वृद्धको अवस्था पत्ता लगाउन निरन्तर प्रयास भइरहेको छ।यता, पहिरोको जोखिममा परेको नजिकैको जलविद्युत् आयोजनामा कार्यरत चार कर्मचारीलाई भने उद्धार टोलीले सकुशल बाहिर

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 118 पटक पढिएको
  • संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता

    भद्रपुर। यहाँको बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर बनाइएका अनधिकृत संरचना हटाउन १५ दिने अन्तिम म्यादसहित पुनः ताकेता गरेको छ ।नगरपालिकाले सोमबार दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सिमाना पर्ने महानन्द चोकदेखि मुक्तिचोक हुँदै देवनियासम्मको सडक क्षेत्रभित्र पर्ने भौतिक संरचना १५ दिनभित्र आफैँ हटाउन अनुरोध गरेको हो ।सडक विभागको समन्वयमा नापजाँच र रेखाङ्कन कार्य सम्पन्न भइसकेको उक्त सडकको केन्द्र भागबाट दुवैतर्फ १५–१५ मिटर (कुल ३० मिटर) क्षेत्राधिकार तोकिएको छ । यसअघि नगरपालिकाले गत जेठ २७ गते पहिलोपटक ३५ दिने सूचना जारी गरेको थियो । तर, तोकिएको अव

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 207 पटक पढिएको
  • सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै

    बागमती। बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढाएको छ ।सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा यातायात सेवालाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाएको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो । ‘प्रविधि र पारदर्शिताः सेवा प्रवाहको नयाँ परिभाषा’लाई आत्मसात् गर्दै यातायात कार्यालयबाट प्रदान गर्ने सेवाहरू क्रमशः अनलाइन माध्यमबाट प्रवाह गरिने उहाँले बताउनुभयो । त्यसका लागि आवश्यक पूर्वाधार विकास, पुराना कागजी फाइल तथा ढड्डाहरूको विद्युतीय अभिलेख सृजना, सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणालीम

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 243 पटक पढिएको
  • अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

    चितवन। ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो ।नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ४५० बाट ५०० पुगेको छ । मध्यम अण्डा रु ४२० वाट ४७० पुगेको छ । सानो अण्डा रु ४१५ पुगेको छ । सबैमा प्रतिक्रेट रु ५० बढेको हो ।नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनुभयो । दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 249 पटक पढिएको
  • सर्लाहीमा मिटरब्याजको विवादले लियो उग्र रुप,एकै परिवारका चार जना घाइते

    सर्लाही। सर्लाहीमा मिटरब्याजको विवाद फेरि हिंसात्मक बनेको छ। ऋण चुक्ता गरिसकेको दाबी गर्ने एक परिवारमाथि सामूहिक आक्रमण भएको आरोप लागेको छ। घटनामा एकै परिवारका चार जना घाइते भएका छन् भने पीडित पक्षले न्यायको माग गरेको छ।  मिटरब्याजसँग जोडिएको पुरानो विवादले सर्लाहीमा फेरि हिंसात्मक रूप लिएको छ। बसबरिया गाउँपालिका–२ निवासी इन्दल सहनी र उनका परिवारमाथि कुटपिट भएको घटनाले स्थानीय क्षेत्रमा तनाव सिर्जना गरेको छ।घटनामा इन्दल सहनी, उनका दुई छोरा र श्रीमती गरी एकै परिवारका चार जना घाइते भएका छन्। उनीहरूको बरहथवास्थित अस्पतालमा उपचार भइरहेको छ।पीडित परिवारका अनुसार केही वर्षअघि उनीहरूले ८ ला

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 466 पटक पढिएको
  • कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मक

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 205 पटक पढिएको
  • बागमतीमा कांग्रेस–एमाले गठबन्धन टुट्यो, ६ मन्त्री बाहिरिए

    हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका छन्। पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाइएसँगै एमालेले सरकारसँगको सत्ता सहकार्य औपचारिक रूपमा अन्त्य गरेको हो।एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको जानकारी दिएका छन्। उनले संविधानको धारा १६८९२० बमोजिम बदलिएको राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै समर्थन फिर्ता लिइएको उल्लेख गरेका छन्।राजीनामा दिने मन्त्रीहरूमा मधुसुदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी, किरण थापा

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 163 पटक पढिएको
  • मेची भन्सारमा १७ अर्ब ६७ करोड राजस्व, लक्ष्य भने पूरा भएन

    झापा।  मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०८२/८३ मा १७ अर्ब ६७ करोड ७२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ७४ करोड ६० लाख रुपैयाँ बढी हो, जसले कार्यालयको राजस्व संकलनमा करिब ११ प्रतिशतको वृद्धि भएको देखाउँछ।राजस्व बढे पनि सरकारले निर्धारण गरेको १८ अर्ब ८७ करोड ७४ लाख रुपैयाँको लक्ष्य भने पूरा हुन सकेन। कार्यालयले वार्षिक लक्ष्यको करिब ९३ प्रतिशत मात्रै हासिल गरेको जनाएको छ।अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यही भन्सार कार्यालयले १५ अर्ब ९३ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। पछिल्लो वर्षको वृद्धिले पूर्वी नाकाबाट हुने व्याप

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 139 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना

    काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना घटेका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् । सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार, सर्पदंश आठ, आगलागी सात, बाढी छ, पहिरो १७, अविरल बर्षा १०, चट्याङ र जनावर आक्रमणका एक÷एक र भूकम्पका दुई वटा घटना भएका छन् । विपद्का कारण रु १० लाख ७४ हजार ५०० बराबरको क्षति भएको छ । सात स्थानमा सडक अवरोध भएको थियो । वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढी पहिरो

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 215 पटक पढिएको
  • ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने

    काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासका लागि नीतिगत सामञ्जस्यता कायम गर्दै अगाडि बढ्ने विषयमा बृहत्तर छलफल भएको छ । त्यसका लागि तीन तहका सरकारबीच समन्वय सुदृढ गर्ने विषयमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको विषयगत समितिको बैठकमा महत्वपूर्ण छलफल भएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा विषयगत समितिका अध्यक्ष विराज भक्त श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको बैठकमा सङ्घीयताको मर्मअनुसार ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानी क्षेत्रको विकासका लागि नीतिगत सामञ्जस्यता कायम गर्दै आपसी समन्वय कायम गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।बैठकमा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथ

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 229 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.