समाचार

    Showing 13,181-13,190 of 25,799 items.
  • आज कविर दास जयन्ती, मधेशमा सार्वजनिक बिदा

    काठमाडौं— मधेश प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी कविर दास जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको जानकारी गराएको हो।मधेश प्रदेश सरकारले गएको चैत २२ गते प्रकाशित गरेको राजपत्रमा ०८२ सालमा दिइने थप बिदा सम्बन्धी सूचनामा आज कविर दास जयन्तीको अवसरमा पनि बिदा दिने उल्लेख थियो।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 241 पटक पढिएको
  • १३ लाखभन्दा बढी भन्सार छलेर भित्र्याइएका सामान बरामद

    पर्सा— सशस्त्र प्रहरी बल नेपालको पर्सा इकाइले भन्सार छलेर भित्र्याइएका १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सो परिमाणको भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरेको हो।सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज महानगर-१० बजरंगस्थित सुधा कुञ्जबाट धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याई गोदाममा भण्डारण गरी राखेको सात लाख ७० हजार ५०० मूल्यका कपडा बरामद गरेको छ।सशस्त्र प्रहरीले बीआर०५यु ४५३० नम्बरको करिब एक लाख ५० हजार मूल्य पर्ने सुपर स्प्लेन्डर भारतीय मोटरसाइकल पनि बरा

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 499 पटक पढिएको
  • चार वर्षअघि ५२ पदाधिकारीविरुद्धको रिटमा आज फैसला हुँदै

     काठमाडौं— संवैधानिक निकायमा ५२ पदाधिकारी ‘असंवैधानिक’ तरिकाले नियुक्त भएको जिकिरसहित चार वर्षअघि परेको रिटमा सर्वोच्च अदालतले आज फैसला गर्दै छ ।  संवैधानिक अंगमा विसं. २०७७ मंसिरमा ३२ जना र ०७८ वैशाखमा २० जना पदाधिकारी नियुक्तिका निम्ति सिफारिस भएका थिए । उनीहरूले संसदीय सुनुवाइबिनै ४५ दिनपछि नियुक्ति पाएका थिए । सोही विषयमा परेको रिटमा सर्वोच्चले फैसला सुनाउने मिति आजलाई तोकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्षताको संवैधानिक परिषद्ले नियुक्तिका निम्ति गरेको सिफारिस तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् । परिषद् बैठकमा तत्कालीन प्रधान

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 173 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाण्डौ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै छ। बैठक ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक-पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । राज्य व्यवस्था तथा सुशासन समितिक

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 302 पटक पढिएको
  • सरकारले ल्याएको बजेट चित्त बुझ्दो छैन: सभापति देउवा

    काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट आफू र पार्टीलाई चित्त नबुझेको गुनासो गरेको छ ।नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो गुनासो गरेको हो। उनले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई चित्त नबुझेको बताए ।सुनको आयातलाई पूर्णरूपमा खुला गरे लुकीछिपी ल्याउने काम बन्द हुने सभापति देउवाको भनाइ छ ।सभापति देउवाले नेपालले मानिस बाहेक अरु निर्यात गर्न नसकेको टिप्पणी गरेका छन् ।कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौँमा आयो

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 265 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६७ पैसा र बिक्रीदर १३७ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ १५ पैसा र बिक्रीदर १५६ रुपियाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ४७ पैसा र बिक्रीदर १८५ रुपियाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ४२ पैसा र बिक्रीदर १६७ रुपियाँ १५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ०६ पैसा र बिक्रीदर ८९ रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ८४ पै

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 344 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी प्रदेशका केही भूभागमा हल्लादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित अन्य स्थानमा भने बदलीको अवस्था छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।राति देशभर आंशिकदेखि साधार

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 353 पटक पढिएको
  • AIG बढुवामा सशस्त्र प्रहरी अधिकृत - जवानमा खुसियालि, प्रतिस्पर्धिको रुवाबाशी !

    काठमाण्डौ  ।  सशस्त्र प्रहरी बलको नेतृत्वमा एक दूरदृष्टि र निडर कमाण्डरको रूपमा चिनिएका गणेश ठाडा मगर सशस्त्र प्रहरी बल अतिरिक्त महानिरीक्षक AIG पदमा बढुवा भएका छन् । उनको यो बढुवा सशस्त्र प्रहरी संगठनको निष्ठा, अनुशासन र कार्यदक्षताको कदरको स्पष्ट सन्देश पनि हो । मगरले हालसम्म सम्हालेका कमाण्ड सबै युनिटहरू कार्यसम्पादन, अनुशासन, अपरेसन, तालिम तथा जन-उत्तरदायित्वका सूचकमा देशकै उत्कृष्ट बनाएका छन् । यस क्रममा DIG दर्जामा बाहिनीपतिको रुपमा कार्यरत रहंदा मधेशस्थित छिन्नमस्ता बाहिनी र बाग्मती स्थित गढीमाई बाहिनी दुबै स्थानमा आफुंभन्दा वरिष्ठ र अनुभवी अधिकृतहरूको नेतृत्वमा रहेका अन्य युन

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 4,780 पटक पढिएको
  • लागुऔषध कारोबारीलाई नियन्त्रण लिन टोखामा प्रहरीले गोली चलायो

     काठमाडौं— प्रहरीले काठमाडौंको टोखामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । टोखामा रहेको ग्रान्डी अस्पतालनजिकै गोली हानेर दुईजना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।गोली लागेर घाइते भएका दुई जनालाई अहिले प्रहरी अस्पताल लैजाँदै गरिएको जनाइएको छ । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रमुख एसएसपी कृष्ण कोइरालाले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिइएको जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 444 पटक पढिएको
  • ताला फोडेर निमित्त प्रशासकीय अधिकृतलाई पदभार गराउन खोज्दा झडप, कर्मचारी माथि कुटिपिट

    राजविराज— सप्तरीको राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको छ । तीनदेखि कार्यालयमा तालाबन्दी गरेकोले ताला फोडेर उपमेयर परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको बताइएको छ ।झडप भएपछि नगरपालिकाको कार्यालयमै कार्यवाहक मेयर इसरत परविन थुनिएकी हुन् । बाहिर आन्दोलन चर्काएपछि उनी करिब तीन घण्टादेखि बाहिर निस्किन सकेकी छैनन् । कार्यालयमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन भएका छन् ।स्थानीय राज रंगशाला स्तरन्नोतिको भ्रष्टाचार मुद्दामा मेयर भीमराज यादव निलम्बित छन् । उनका समर्थकले परविनलाई क

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 326 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.