समाचार

    Showing 13,051-13,060 of 25,799 items.
  • आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाण्डौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ। अर्थमन्त्री पौडेलले आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिने छन्।यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’

    • प्रकाशित मितिः असार २, २०८२
    • 335 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो।निगमका अनुसार, पेट्रोल प्रतिलिटर १ रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर २ रुपैयाँ बढाइएको छ।

    • प्रकाशित मितिः असार २, २०८२
    • 406 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८७ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ प

    • प्रकाशित मितिः असार २, २०८२
    • 288 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरू मे

    • प्रकाशित मितिः असार २, २०८२
    • 422 पटक पढिएको
  • हेवा खोलाको निर्माणधिन बेलिबृज भाँचिदा ३ जना कामदारको मृत्यु

    पाँचथर— मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ स्थित हेवा खोलामा रहेको निर्माणाधिन बेलिबृज भाँचिदा ३ जना कामदारको मृत्यु भएको छ  । मृत्यु हुनेमा बारा सिमरा उप–महानगरपालिका–१२ का २२ बर्षीय रुपलाल चौधरी, २७ बर्षीय राजन चौधरी र २२ बर्षीय राकेश चौधरी रहेका छन । निर्माणाधिन बेलिबृज भाँचिदा ३ जना गम्भिर घाईते भएका छन । जेठ ३१ गते  बेलुका बेलीबृज जडान गर्ने क्रममा अचानक भाँचिदा घाईते भएका कामदारहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी सहितको प्रहरी टोलीले तत्काल उद्धार गरी पाँचथर अस्पतालमा ल्याई थप उपचारको लागि वि

    • प्रकाशित मितिः असार १, २०८२
    • 205 पटक पढिएको
  • किसान महासंघको चेतावनी : चैते धान खरिद नगर्ने हो भने आन्दोलन चर्किन्छ

    काठमाडौं  -  मुलुकको कृषि प्रणालीमा देखिएको लापरवाही, किसानका समस्याप्रति राज्यको उदासीनता र समर्थन मूल्यको अवमूल्यनविरुद्ध नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई तत्काल समाधानको माग गरेका छन् ।पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिना र अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले चैते धान, उखु, दूध, सुपारी र रासायनिक मलसम्बन्धी समस्याहरू उठाउँदै सरकारको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाए ।चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८६९ रुपैयाँ तोकिए पनि किसानले बजारमा सरदर प्रतिक्विन्टल १६२५ रुपैयाँमै धा

    • प्रकाशित मितिः असार १, २०८२
    • 376 पटक पढिएको
  • संसद अवरोध होइन्, अब बजेट छलफलमा ध्यान दिऔं : वर्षमान पुन

    काठमाडौं -  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको विगतको सहकार्य स्मरण गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा पार्टीको धारणा राख्दै पुनले केही दिनअघिसम्म संसद अवरोधमा सँगै उभिएको स्मरण गर्दै रास्वपालाई बजेट छलफलमा सहभागी हुन आग्रहसमेत गरेका छन् ।पुनले भने,‘हामीले आमज नताको भावना र सुझावलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेका थियौं । तर, राजीनामा दिने नदिने कुरा व्यक्तिको निजी निर्णय हो । गृहमन्त्रीले छानविनका लागि तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ ।’उनका अनुसार, छानविन प्रक्रिया अगा

    • प्रकाशित मितिः असार १, २०८२
    • 230 पटक पढिएको
  • विपक्षीको विरोधका कारण अधिकांश कुर्सी खाली,संसद्‍मा मात्र बजेट छलफल

    काठमाडौं — प्रतिनिधि सभामा आइतबार आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल सुरु भएको छ। तर, विपक्षी दलहरूको विरोध र नाराबाजीका कारण सभामा अधिकांश कुर्सीहरू खाली देखिएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले घेराउ गर्दै नाराबाजी गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बैठक बहिष्कार गरी बाहिरिएका छन्।विरोधका कारण प्रतिपक्षतर्फका झन्डै सबै सिट खाली छन् भने सत्तापक्षका सांसदहरूको उपस्थिति पनि उल्लेख्य देखिएन।बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल अघि बढाउने प्रस्ताव प्रस्तुत गरेका छन्। त्यसमा सांसदहरूले आ–आफ्ना धारणा राख्न थालेका छन्।

    • प्रकाशित मितिः असार १, २०८२
    • 212 पटक पढिएको
  • चार महिनामा एक करोड ८२ लाखको अवैध सामान बरामद

    रौतहट— सशस्त्र प्रहरीले पछिल्ला चार महिनामा रौतहटबाट एक करोड ८२ लाख ९५ हजार ६५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर, रौतहटले फागुन १ गतेदेखि जेठ मसान्तसम्मको अवधिमा सीमा क्षेत्रमा सक्रियता बढाउँदै यस्तो परिणाम निकालेको हो।प्रहरीले ६९ लाख ३२ हजार रुपैयाँ बराबरका सवारीसाधन नियन्त्रणमा लिएको गणपति सन्तोषकुमार बस्नेतले जानकारी दिए । तीमध्ये एक थान स्कार्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल रहेका छन्।यसैबीच, ८५ लाख ६८ हजार २२४ रुपैयाँ बराबरका अवैध किराना, कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टससमेत बरामद भएका छन्।यसबाहेक, स्रोत

    • प्रकाशित मितिः असार १, २०८२
    • 290 पटक पढिएको
  • प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई सहज, सरल र प्रभावकारी ढंगले सेवा पुर्‍याउन सकेमा लोकतन्त्र बलियो हुने बताएका छन्। उनले सरकारी कर्मचारीलाई जनतामुखी सेवा प्रवाहमार्फत जनताको मन जित्न आग्रह गरे।शनिबार लोक सेवा आयोगको हीरक जयन्ती समारोहमा बोल्दै राष्ट्रपति पौडेलले भने, "कर्मचारीतन्त्रले जबसम्म नागरिकको पहुँचलाई सहज बनाउन सक्दैन, तबसम्म लोकतन्त्र पनि बलियो हुन सक्दैन।"उनले सुशासनलाई सुदृढ गर्न कर्मचारीहरूले आधुनिक प्रविधि, दक्षता र पारदर्शितामार्फत सेवा दिनुपर्ने बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका लागि जनताको चाहना सम्बोधन गर्न कर्मचारीतन्त्रको भूमिका महत्व

    • प्रकाशित मितिः असार १, २०८२
    • 207 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.