समाचार

    Showing 13,011-13,020 of 25,799 items.
  • सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

    विराटनगर— इलाम र मोरङ जिल्लाको दुई स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा ३८ बर्षीय बिष्णु पराजुली र २२ बर्षीय सुरज सरदार रहेका छन् ।आइतबार इलाम नगरपालिका–११ स्थितमा बिर्तामोडबाट मंगलबारे तर्फ किराना सामान बोकेर जादै गरेको प्र १-०१-००१ प ९७७८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट करीब १ सय ५० मिटर तल खस्दा देउमाई नगरपालिका–९ नवमी बजारमा व्यवसाय गरी बस्ने ३८ बर्षीय बिष्णु पराजुलीको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएको थियो ।दुर्घटनामा मृतक पराजुलीका ८ बर्षीया छोरी प्रेयन्सा पराजुली र गाडी चालक इलामको देउमाई–९ जितपुर का २२ बर्षीय आइत ब

    • प्रकाशित मितिः असार २, २०८२
    • 387 पटक पढिएको
  • उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी

    काठमाडौं  -  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका महिला तथा युवाहरुले उद्यमशिलतामा नविनता ल्याएर प्रस्ताव गर्यो भने २५ लाखसम्मको सहुलियत पूर्ण कर्जा दिने बताएका छन् । सोमबार ललितपूर महानगरपालिकाद्वारा आयोजित चौथो उद्यमी महिला सम्मेलनलाई सम्वोधन गर्दै उनले कानुन अथवा नीति  नियमबाट नै उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले ठूला ठूला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए ।  मन्त्री भण्डारीले महिलाहरु उद्यमशिलतामा बढी आकर्षण गर्नुपर्ने र आ

    • प्रकाशित मितिः असार २, २०८२
    • 304 पटक पढिएको
  • एन्फा महिला लिग छनोटमा १६ टिमको सहभागिता, साउन २७ देखि प्रतियोगिता सुरु

    काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने आगामी महिला लिग छनोट प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउने भएका छन्। एन्फाले सोमबार जानकारी दिँदै लिग छनोटका लागि १६ टिमले आधिकारिक रूपमा दर्ता गरिसकेको जनाएको हो।दर्ता भएका टिमहरूमा बुटवल लुम्बिनी एफसी, छहारी युवा क्लब, चित्लाङ एफसी, चर्च ब्वाइज युनाइटेड एफसी, एफसी रियाले, झापा एफसी, ककनी खेलकुद प्रतिष्ठान, लम्की फुटबल तथा प्रशिक्षण केन्द्र, नेपाल बेस्ट म्यानेजमेन्ट, नेपाल खेलकुद क्लब, न्युरोड टिम (एनआरटी), राप्ती एफसी, आरएस रिसोर्ट तथा बिच फुटबल क्लब, संकटा एफसी, सिन्धुपाल्चोक एफसी र स्टुडेन्ट एफसी समावेश छन्।छनोट प्रतियोगिता आगामी सा

    • प्रकाशित मितिः असार २, २०८२
    • 418 पटक पढिएको
  • धरानमा ठूलो मात्रामा गाँजा बरामद, अदुवा–बन्दाकोपीको आडमा तस्करी प्रयास

    धरान — सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजासहित एक मालबाहक ट्रक बरामद गरेको छ।सशस्त्र प्रहरी बल नं. ४ गण, सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मलकुमार थापाका अनुसार सोमबार कोशी लोकमार्गस्थित शिवधारमा सशस्त्र प्रहरी बेस क्याम्प धरानबाट खटिएको एसपी सन्जीव पौडेलको नेतृत्वमा टोलीले चेकजाँचका क्रममा धनकुटाबाट धरानतर्फ आइरहेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा लुकाएर राखिएको गाँजा फेला पारेको हो।ट्रकमा अदुवा र बन्दाकोपी ल्याउने बहानामा गाँजा लुकाइएकाे थियाे। चेकजाँचमा ७० बोरा अर्थात् करिब २ हजार १३० केजी गाँजा बरामद भएको एसपी

    • प्रकाशित मितिः असार २, २०८२
    • 346 पटक पढिएको
  • सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीदगेटमा, कलंकीमा छौं कि पोखराको चिप्लेढुंगामा ?

    काठमाडौं  — प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटमाथिको छलफल जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको नाराबाजीबीच नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले संसदको मर्यादा उल्लंघन भएको भन्दै नियमापत्ति जनाएका छन्।माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बजेटसम्बन्धी धारणा राखिरहेका बेला थापाले उठेर प्रतिनिधिसभा नियमावलीको नियम २० को उल्लेख गर्दै सभामुखको ध्यानाकर्षण गराए। उनले संसदको अवस्था प्रष्ट नहुँदा आफू कुन स्थानमा बसेको हो भन्ने समेत थाहा नपाएको बताए।थापाले भने, “हामी रत्नपार्कमा छौं कि शहीदगेटमा, कलंकीमा छौं कि पोखराको चिप्लेढुंगामा — मलाई केही थाहा छैन। कुर्सी रोइरहेका छ

    • प्रकाशित मितिः असार २, २०८२
    • 377 पटक पढिएको
  • बजेट मन्त्रालयको कब्जामा परेको जस्तो देखिन्छ : प्रकाश ज्वाला

    काठमाडौं -  नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संसदको वर्तमान सञ्चालन शैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै  उनले प्रतिपक्ष दलका मान्यहरुले वेल घेराउ र नाराबाजी गरिरहेका बेला संसद चल्नु  आफैंमा दुखद  पक्ष भएको बताएका हुन् ।उनले भने, ‘मलाई एउटा कुरा अनौठों लागेको छ । वास्तवमा संसदमा प्रतिपक्ष दलका मान्यज्यूहरु वेल घेराउ र नाराबाजीमा हुनुहुन्छ । यता हामीले  संसद चलाईरहेका छौं । यो कस्तो परम्परा हामी बसाल्दै छौं । मलाई अचम्म लागेको छ हाम्रो  नियमावली र हाम्रो संसदीय अभ्यासले

    • प्रकाशित मितिः असार २, २०८२
    • 348 पटक पढिएको
  • भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग

    काठमाडौं  - प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणलाई तत्काल छानबिन समिति बनाएर गम्भीर ढंगले अध्यन र छानबिन गर्न माग गरेका छन् ।सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने अडान राखेको भन्दै यसविषयलाई गम्भीररुपमा लिएर तत्काल छानबिन समिति गठन गर्न माग गरेका हुन् । उनले भने, ‘यसबारे गम्भीर ढंगले अध्ययन र छानबिन गर्न जरुरी छ । सबैले उठाउँदै आइरहेको विषय यही थियो । उहाँहरूले छानबिन समिति नबनेसम्म सदन अवरोध गर्ने कुरा जानकारी गराउनु भएको छ । सरकारले ३० दिन भित्र छ

    • प्रकाशित मितिः असार २, २०८२
    • 261 पटक पढिएको
  • बालाजुमा सकुशल फेला परे फेसबुकमा अलबिदा लेखेर बेपत्ता भएका चिकित्सक श्रेष्ठ

    काठमाडौं— फेसबुकमा अलबिदा लेखेर बेपत्ता भएका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको बालाजुमा सकुशल फेला पारेको छ । 'बालाजुमा उहाँ सकुशल भेटिनुभएको छ,' प्रहरी प्रवक्ता विनोद घिमिरेले भने । अहिले उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको नोट फेसबुकमा लेखेर सम्पर्कविहीन भएका थिए ।दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौँडा सरुवा भएका थिए । आफूले सेवा गरेको रामेछाप अस्पतालबाटै आफूमाथि अमानवीय व्यवहार

    • प्रकाशित मितिः असार २, २०८२
    • 359 पटक पढिएको
  • बजेट कांग्रेस, एमालेतिर मात्र ढल्किएर आयो भन्ने विचार नितान्त पूर्वाग्रहपूर्ण छ : सांसद गिरी

    काठमाडौं -  नेकपा एमालेका सांसद पदम गिरीले प्रस्तुत बजेट कांग्रेस, एमाले र स्वार्थ समुहतिर मात्र ढल्किएको भन्ने पुर्वाग्रह पुर्ण विचारहरु प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट स्वार्थ समुहतिर मात्र ढल्किएको छ भन्ने प्रतिपक्ष दलका सांसदहरुले राखेको विचार पूर्वाग्रहपूर्ण भएको भन्दै बजेटमा सम्पूर्ण क्षेत्रहरु समेटिएको दाबी गरे । उनले भने,‘ यो सरकार एमाले र कांग्रेस लगायत पार्टीको गठबन्धनमा बनेको छ । त्यसकारण यो बजेट कतै कांग्रेसतिर मात्रै ढल्किएको ,कतै स्वार्थ समुहतिर मात्र ढल्किएको जस्तो भयो भनेर प्रतिपक्षको सा

    • प्रकाशित मितिः असार २, २०८२
    • 321 पटक पढिएको
  • अहिलेको बजेटमा युवा जनशक्तिलाई देशमा रोक्ने योजना छैन : दिपक बहादुर सिंह

    काठमाडौं -  पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले यस वर्षको बजेटमा युवा शक्तिहरुलाई देशमा रोक्ने र कलकारखानाहरु खोल्ने उद्देश्य नराखेको बताएका छन् । संसदीय प्रशिक्षण शाखाको आयोजना तथा पूर्वाधार विकास समिति, प्रतिनिधि सभा र नेपाल पूर्वाधार पत्रकार समाजको सहकार्यमा सोमबार भएको नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी कार्यक्रममा बोल्दै उनले सांसदहरु आफ्नो क्षेत्रमा कसरी योजना धेरै पार्ने भन्नेमा मात्र केन्द्रित रहेको भन्दै फलदायी बजेट नआएको बताए । ‘हाम्रो उद्देश्य के हुन्छ भने मेरो चुनाव क्षेत्रमा कसरी योजना धेरै पार्ने र साढे २ वर्षपछि फेरी कसरी आउने भन्ने बाहेक हामीम

    • प्रकाशित मितिः असार २, २०८२
    • 223 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.