समाचार

    Showing 12,911-12,920 of 19,851 items.
  • बिर्तामोडमा माग्दै हिँड्ने २४ जना भारतीयलाई घर फर्काइयो

    बिर्तामोड / बिर्तामोडका सडक तथा पसलहरूमा विभिन्न बहाना बनाएर माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्काएको छ । नक्कली कागजपत्र बनाइ उनीहरूले विगत केही समययता  बिर्तामोडका बिभिन्न स्थानमा माग्दै आएका थिए । राजस्थान घर बताउने भारतीय नागरिक बसपार्कको एक होटेलमा ४ वटा कोठा भाडामा लिएर बस्दै आएको जनाइएको छ । मंगलबार दिउँसो सडक तथा पसलहरूमा विभिन्न बहाना बनाएर माग्दै हिँड्नेको सङ्ख्या बढेको सूचना प्राप्त भएपछि नगर प्रहरीको टोलीसहित खोजतलास गर्ने क्रममा उनीहरूको समूह नै फेला पारेको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले जानकारी दिए । बसपार्कको एक होटेलमा डेरा गरी बसेको फेला प

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 147 पटक पढिएको
  • आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुका साथै बङ्गलादेशको उत्तरी भूभाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ ।महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भ

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 221 पटक पढिएको
  • रोल्पामा भएको बस दुर्घटनामा परि १५ जना घाइते , तीनको अवस्था गम्भीर

    झापा / रोल्पामा मंगलबार दिउँसो भएको बस दुर्घटना परि १५ जना घाइते भएका छन् ।  घाइतेहरु मध्ये भने तीन जनाको अवस्था गम्भीर छ । रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका– ७ मा तिलाबजार नजिकै दुर्घटना भएको हो ।जिल्ला प्रहरी प्रमुख डीएसपी श्याम सारू मगरका अनुसार घाइतेहरूलाई रोल्पाकै रेउघास्थित स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ । बस सडकदेखि करिब १ सय मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 182 पटक पढिएको
  • बेरुजु रकम धेरै आएको भन्दै बुढीगंगा गाउँपालिकाले निकाल्यो २६ करारका कर्मचारी

    बिर्तामोड / मोरङको बुढीगंगा गाउँपालिकाले बेरुजु रकम धेरै आएका कारण २६ करारका कर्मचारीलाई कामबाट निकालेको छ  । कर्मचारी बढी हुँदा बेरुजु धेरै आएका कारण कार्यपालिकाको बैठकबाटै निर्णय गरेर करारका २६ जनालाई बिदा गरिएको पालिका उपाध्यक्ष अमृताकुमारी गच्छदार बताइन् । यता करारका कर्मचारी भने यतिबेला आन्दोलित बनेका छन् । गाउँपालिकाले सम्झौता नवीकरण नगरेपछि कामबाट निकालिएका  करारका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आफूहरूलाई पुनर्बहालीको माग राख्दै मङ्गलबारदेखि सुरु गरेका छन् । मंगलबार आन्दोलनमा उत्रिएका कर्मचारीले कार्यालयको गेटमा तालाबन्दी गरेर प्रदर्शन गरेका छन् ।तालाबन्दीका

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 170 पटक पढिएको
  • ताप्लेजुङको तोक्पेगोलामा गुम्बा निर्माण

    फुङलिङ / विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताए । उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएपछि नयाँ गुम्बा बनाउँन स्थानीय जुटेका हुन् । गुम्बा निर्माण लागत रु दुई करोड बजेटमा सम्पन्न हुने निर्माण समितिले जनाएको छ । तोक्पेगोलामा जन्मिएर रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिले ठुलो सहयोगमा ग

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 124 पटक पढिएको
  • धरानबाट काँकडभिट्टा आउदैँ गरेको बस इटहरीमा दुर्घटना

    बिर्तामोड /  धरानबाट झापाको काँकडभिट्टातर्फ आउदैँ गरेको मे १ ख २७४० नम्बरको बस तीव्र गतिका कारण दुर्घटनामा परेको छ । तरहराको होम्स नजिकै भएको दुर्घटनामा तीव्र गतिमा धरान तर्फबाट आइरहेको बस सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको हो । दुर्घटनामा १४ जना यात्रु घाइते भएको ट्राफिक प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । घाइते मध्ये ३ जनाको टाउकोमा चोट लागेकाको अवस्था गम्भीर रहेको छ भने अन्य ११ जना सामान्य घाइते भएका छन् । घाइतेहरूको धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । तीव्र गति र वर्षाका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको ट्राफिक प्रहरी का

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 152 पटक पढिएको
  • लट्ठी प्रहार गरि आमाको हत्या गर्ने छोरा पक्राउ

    झापा / पैंयाको लट्ठी प्रहार गरि सल्यानमा छोराले गरे आमाको हत्या गरेका छन् । मंगलबार बिहान जिल्लाको शारदा नगरपालिका -१३  माथिल्लो  सल्यानचौर निवासी २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् । घटना पश्चात नवीनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।लट्ठी प्रहारबाट गम्भिर घाइते भएकी भण्डारीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए । स्थानीय टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी हबल्दारको कमाण्डमा खटिएको तीन जनाको टोली घटनास्थलमा खटिएको थियो । पक्राउ परेका भण्डारीलाई जिल्

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 69 पटक पढिएको
  • एकतर्फी सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडकखण्ड

    काठमाडौं / चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन आएको छ । पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध रहेको उक्त सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको हो ।इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको हो ।सडक डिभिजन कार्यालयका अनुसार केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइनेछ ।

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 173 पटक पढिएको
  • ट्रकको ठक्करबाट युवतीको मृत्यु

    काठमाडौँ  / ट्रकको ठक्करबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–८ की २३ वर्षीया अनिता चौधरी रहेकी छिन् । उनलाई सोमबार राति करिब २ बजेको समयमा पूर्व- पश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–८ कै बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । युवतीलाई ठक्कर दिने ट्रक चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ बस्ने ३० वर्षीय होमबहादर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएर घ

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 154 पटक पढिएको
  • धारिलो हतियार प्रयोग गरी इलाममा आफ्नै श्रीमतीको हत्या

    बिर्तामोड / इलाममा धारिलो हतियार प्रयोग गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सूर्योदय नगरपालिका -२ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरिबस्ने पाँचथरका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्छी श्रीमतीको हत्या गरेका हुन् । घटनापछि तामाङ फरार रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुका अनुसार सोमबार राती पूर्णबहादुरले करिव ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटना अगाडि श्रीमान श्रीमती बिच सामान्य झगडा भएको थियो । झगडापछि राती पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 198 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा