समाचार

    Showing 12,841-12,850 of 19,849 items.
  • कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त चोरी मुद्दामा कारागारमा

    काठमाडौं     ।    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त नकवजनी चोरी मुद्दामा कारागारमा रहेको पुष्टि भएको छ। कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ तल्लो पोखरा घर भएका ४६ वर्षीय शिवराम अधिकारी नाम परिवर्तन गरी नकवजनी चोरी गरेको मुद्दामा कारागारमा रहेको पुष्टि भएको छ । काठमाडौं महानगरपालिका-१४ बल्खु बोक्सीदह डाँडामा मकवानपुर मनहरा गाउँपालिका-३ बस्ने ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिना २०७४ पुस ३० गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 142 पटक पढिएको
  • नक्कली भनेर पक्राउ परेका डाक्टर सक्कली भएको पुष्टि

    काठमाण्डौ   ।   नक्कली भनेर पक्राउ परेका डाक्टर सक्कली भएको पुष्टि भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ गरेको महोत्तरीको पिपरा–८ घर भएका डा. रञ्जित कुमार यादव सक्कली चिकित्सक भएको पुष्टि भएको छ।नाम जुधेको कारण सीआईबीले डा. रञ्जितलाई पक्राउ गरेको बताइएको छ।ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो ।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 149 पटक पढिएको
  • ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गरिने

    काठमाण्डौ   ।    ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गरिने भएको छ।गोरखा नगरपालिका–७, सतिपीपलस्थित चन्द्रमान शाहीको घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ । अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र  गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाइने भएको हो। गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी सङ्घसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार सर्वपक्षी

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 168 पटक पढिएको
  • ब्रेक शु मा तस्करी गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम

    काठमाण्डौ  ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुनको तौल ६० किलो ७८९ ग्राम भएको छ ।ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताएका छन।जसको अहिलेको बजार मूल्य ५८ करोड ६७ हजार २०९ रूपैयाँ रहेको छ ।राजस्व अनुसन्धान विभागले सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 153 पटक पढिएको
  • रेनु दाहालबाट नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगल निरीक्षण

    भरतपुर   ।   भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सोमबार भरतपुर– २७,  न्यूरेचोक,भरतपुर–२८ को लौखरीको तामाङ टोल र वडा नं २६ को भगडीको शिवालय मन्दिर नजिक आइतबार नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगल निरीक्षण गरेकीछिन। उनले त्यसक्रममा नदी बस्तीमा नपस्ने आश्वासन दिएकी छिन।सरोकारवालासहित नदी तटीय क्षेत्रमा निरीक्षणमा पुगेकी प्रमुख दाहालले तटबन्धको काम धमाधम भइरहेकाले अर्को वर्षबाट समस्या नहुने बताएकी छिन।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 201 पटक पढिएको
  • नवनियुक्त मन्त्री अनितादेवीले लिइन सपथ

    काठमाडौं । जनमतपार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । राष्ट्रपति कार्यालयमा आज विहान राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त मन्त्री शाहलाई शपथ ग्रहण गराएका हुन् । साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । सरकार छाडेको चार महिना पछि जनमत पार्टी पुन: सरकारमा गएको हो । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए । यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभा

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 204 पटक पढिएको
  • साउनको अन्तिम सोमबार भगवान शिवको विशेष पुजा

    काठमाडौं  ।   हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ। पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भ

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 161 पटक पढिएको
  • अवैध सुनमा महरा कनेक्सनले प्रचण्ड अप्ठ्यारोमा

    काठमाण्डौ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चौतर्फी आलोचनाले घेरिएका छन् । उनको भ्रष्टाचार विरोधी अभियानप्रति आशंका गर्ने प्रशस्तै आधार रहेको आरोप लगाउँदै उनको आलोचना चर्केको छ । विशेषगरि, इलेक्ट्रिक सिगरेट भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिँदासमेत उनलाई छानबिन नगरेपछि प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ आलोचनाले घेरिएका हुन् । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समेत सरकारको नियतमाथि नै प्रश्न उठाएका छन् । चिनियाँ तस्करसँग माओवादीका ठालुहरूको सय पटक भन्

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 216 पटक पढिएको
  • उपराष्ट्रपति यादव आज चीन भ्रमण जाँदै

    काठमाडौं । सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति राम सहाय यादव आज चीन जान लागेका हुन् ।उपराष्ट्रपति राम सहाय यादव आज अपराह्न ४:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त मेला यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । सो मेलाको उदघाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी पत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 146 पटक पढिएको
  • झापा-इलाम जोडने बिरिङ खोलाको पक्की पुल भासियो

    बिर्तामोड ।  झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल वर्षाका कारण भासिएको छ । आइतबार बिहानैदेखि अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढीका कारण पुल भासिएको हो। पुल भासिएपछि बिर्तामोड हुँदै शनिश्चरे–खुदुनाबारी र इलामको दक्षिणी पालिका माई जोड्ने सडक अवरुद्ध भएको छ ।पुल भासिएपछि सवारी आवतजावतमा रोक लगाइएको छ। पुल भासिनुअघि दुवैतर्फ आवागमन ठप्प पारिएको थियो । बिरिङ खोलामा पानीको बहावलाई परिवर्तन गरी जाली भर्ने काम भए पनि तीव्र कटानका कारण पुल भासिएको हो । बाढीका कारण पुल भासिए पनि दुई वैकल्पिक मार्ग भने रहेका छन् । २०६५ सालमा भारत सरकारको दुई करोड सहयोगमा पुल निर्माण गरि

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 216 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा