समाचार

    Showing 12,801-12,810 of 19,849 items.
  • सिआईबीको अनुसन्धान सकिएपछि उच्चस्तरीय समिति बनाउने सहमति

    काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलहरुबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ।सोमबार सिंहदबारमा बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । यससम्बन्धी कार्यविधि तयार गर्ने जिम्मेवारी एमाले सुवास नेम्बाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक दिइएको छ ।सहमतिसँगै संसद्को अवरोध खुलाउन नेकपा एमाले पनि तयार भएको छ ।

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 139 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षा र एक(दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।राति कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थान

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 144 पटक पढिएको
  • अर्थमन्त्री महत क्यानडा उडे

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा उडेका छन । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार साँझ ९:३० मा क्यानडा गएका हुन ।अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा जानुभएको छ । यस्तै वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा गएका हुन ।अर्थमन्त्री डा. महत उक्त सभामा भाइस प्रेसिडेन्टका रुपमा सहभ

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • 172 पटक पढिएको
  • म्याग्दीमा पहिरो, सुवा गाउँका परिवार विस्थापित

    काठमाण्डौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् ।  साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् ।पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर पाइजाको घरमाथिबाट आएको पहिरोले घरमा पूर्णरुपमा क्षति पुर्याएको छ। पहिरोले आठ पहिरोको उच्च जोखिममा छन् भने थप १० घरधुरीसमेत पहिरोको जोखिममा रहेका छन् ।दानाको सुवासँगै पुलिबाङ, फगाम, कमेरेडाँडा, तितरलगायतका ठाउँमा समेत पहिरोको जोखिम बढेको छ । सुवा गाउँको शिर र पुछारबाट पह

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • 231 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । सातै प्रदेशमा आज बिहानै देखि वर्ष भईरहेको छ । काठमाडौं उपत्यकामा पनि रातभर परेको पानी बिहानीपख केही कम भएको छ । तर मौसम अहिले पनि मिलो र वर्ष फेरि हुनसक्ने सम्भावना नै देखिन्छ । काठमाडौं उपत्यकामा रातभर परेको पानी बिहानीपख केही रोकिएको भएपनि सिमसिम पानी परिनै रहेको छ । देशका केही भागमा आज अधिक वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । कोसी र वाग्मती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । सब

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • 155 पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा गएनन् ओली

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।सरकारी निवास बालुवाटारमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन् ।गत साउन १० गतेदेखि अवरुद्ध संसद् खुलाउन डाकिएको बैठकमा आफू नगएर ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई पठाएका छन् ।

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 118 पटक पढिएको
  • नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकको सरूवा

    काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरूवा गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पाँच जना एआइजीहरूको सरूवा गरेको गृह मन्त्रालयले जनाएको छ । पदस्थापन भएको साढे ४ महिनामा सरकारले एआईजीहरूको सरूवा गरेको छ ।सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेका श्यामलाल ज्ञवालीलाई हटाएको छ । ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा पठाएको छ । ज्ञवालीले अहिलेका आईजीपी बसन्तबहादुर कुँवरलाई दुई पटक हटाउने प्रयास गरेका थिए । दुबै प्रयासमा असफल भएपछि ज्ञवालीले रानीपोखरीमा चुपचाप बसेका थिए ।सरकारले एआइजी ज्ञवालीलाई रानीपोखरीबाट हटाएर हेडक्वाटरको प्र

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 95 पटक पढिएको
  • रसुवामा दुई केजी सुन सहित २ जना पक्राउ

    काठमाण्डौ  ।  रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीका अनुसार शनिबार साँझ ५ बजे प्रहरीले चेक गर्दा टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका २४ वर्षका सुदीप शेर्पा बिस्कुटको आकारको २ किलो सुनसहित पक्राउ परेका छन।स्याफ्रुवेशीबाट गएको नियमित प्रहरी चेकिङ टोलीले सुराक आएपछि उनलाई रोकेर खानतलासी गरेको थियो। शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए।सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरीका शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दि

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 138 पटक पढिएको
  • पेस्तोल सहित २ जना पक्राउ

    काठमाण्डौ । २ थान हतियार (पेस्तोल र कटुवा पेस्तोल)सहित सशस्त्र प्रहरीले सर्लाहीमा २ जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) संग्रामपुरबाट खटिएको टोलीले पेस्तोल र कटुवा पेस्तोलसहित शनिबार राति २ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका–६ बस्ने प्रकाश यादव र जीवन राय यादव रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा उनीहरको साथमा पेस्तोल र कटुवा पेस्तोल भेटिएको हो। सशस्त्र प्रहरीले उनीहरुको साथबाट उनिहरुको साथबाट ७।६५ मीमी पेस्तोल १ थान, म्यागेजिन १ थान र सोको गोली १५ राउण्ड तथा कटुव

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 124 पटक पढिएको
  • सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड

    काठमाडौँ  ।  हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिनुभयो ।तीन जना चिनियासँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको नागकिरता फेला परेको पनि उहाँले बताउनुभयो।हालसम्म उनीहरूसहित २३ जनालाई सुन तस्करी प्रकरणमा पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) अन

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 179 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा