समाचार

    Showing 12,801-12,810 of 25,799 items.
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित हुने

    काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतमा उपस्थित हुने भएका छन्।नेपाल निकट एक कानुन व्यवसायीका अनुसार, आफूविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाका सन्दर्भमा उनी अदालतमा हाजिर हुन लागेका हुन्। "अदालतमा उपस्थित हुन पाउने मागसहितको निवेदन विशेष अदालतमा दर्ता भइसकेको छ," ती कानुन व्यवसायीले जानकारी दिए। "अब सोही निवेदनका आधारमा पेसी तोकिनेछ र उहाँ अदालतमा उपस्थित भई बयान दिनुहुनेछ।"नेपाल पक्षका कानुन व्यवसायीहरुले बुधबारदेखि सुरु हुने बयान प्रक्रिया छिटो टुंग्याउने तयारी गरेका छन्। बयान सकिएपछि हुने थुनछेक बहसम

    • प्रकाशित मितिः असार ११, २०८२
    • 254 पटक पढिएको
  • दुई बालबालिकाको सेफ्टि ट्यांकीमा खसेर मृत्यु

    रौतहट - रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टि ट्यांकीमा खसेका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह सेफ्टिक ट्यांकीमा खसेका हुन । घटनाको जानकारी पाउनसाथ तत्काल उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पतालमा लगिएको थियो तर चिकित्सकहरुले ८ः१५ बजे मृत घोषणा गरेको उनले जानकारी दिए ।घटनाबारे थप अनुसन्धा

    • प्रकाशित मितिः असार ११, २०८२
    • 245 पटक पढिएको
  • मौलापुरमा शून्य करदेखि फ्री बिजुलीसम्मको योजना, बजेट अधिवेशनमा जनमुखी कार्यक्रम घोषणा

    रौतहट -  मौलापुर नगरपालिकाले नयाँ आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा जनतालाई सिधै फाइदा पुग्ने कार्यक्रमहरू सार्वजनिक गरेको छ ।मंगलबार नगरपालिकाको बजेट अधिवेशन बसेको थियो, जसमा कर छुट, निःशुल्क सेवा, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ ।नगरप्रमुखको नेतृत्वमा आएको बजेटले अब मौलापुरमा कुनै पनि कर लाग्ने छैन। विद्युत् र खानेपानी पनि नगरवासीले निःशुल्क पाउने व्यवस्था मिलाइनेछ। नगरमा सुरक्षाका लागि प्रहरीको सट्टामा ‘नगरमास्टर’ राखिनेछ भने स्वास्थ्य सेवा सहज बनाउन ‘नगरडाक्टर’ आउने छन्।‘छोरीसँग मेयर कार्यक्रम’मार्फत छोरीको बिहेमा आर्थिक सहयोग दिने व्यवस्था गरिनेछ। नगरले

    • प्रकाशित मितिः असार ११, २०८२
    • 274 पटक पढिएको
  • टेबलटेनिस टोली उज्वेकिस्तान जादैँ

    काठमाडौं -  एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन नेपाली टोली आज उज्वेकिस्तान जादैँछ । बुधबार ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको हो । असार १२ देखि १८ गतेसम्म हुने प्रतियोगितामा समान ३÷३ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी पौडेल, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन् ।टोली प्रमुखमा ज्याकी महर्जन तथा प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक का

    • प्रकाशित मितिः असार ११, २०८२
    • 301 पटक पढिएको
  • श्रीमान–श्रीमतीले भिरबाट हामफाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    चितवन— चितवनको राप्ती नगरपालिका–४ मा घरायसी विवादपछि एक दम्पतीले भिरबाट हाम फालेका छन्। हामफाल्ने घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।मंगलबार (हिजो) ४२ वर्षीया कुमारी प्रजा र उनका श्रीमान् लीलाबहादुर प्रजाबीच घरायसी विवाद भएको बताइएको छ। विवादपछि कुमारीले घरनजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार घटनास्थलमै कुमारीको मृत्यु भएको हो।कुमारीले हाम फालेपछि उनका श्रीमान् लीलाबहादुरले पनि सोही भिरबाट हाम फालेका थिए। उनी गम्भीर घाइते छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले

    • प्रकाशित मितिः असार ११, २०८२
    • 388 पटक पढिएको
  • मन्त्री सिंहको चिन्ता : ‘शिक्षा नाजुक बन्दै, स्थानीय तहले नेतृत्व लिनुपर्छ’

    जनकपुर -  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन् ।मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा लागूऔषध दुव्र्यसनको समस्या गम्भीर बन्दै गएको बताएका हुन् ।‘मधेशका जनशक्ति विगतमा शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा देशका विभिन्न भागमा नेतृत्व गर्थे,’ मुख्यमन्त्री सिंहले भने, ‘तर आज मधेशकै शिक्षा अवस्था नाजुक बनेको छ। स्थानीय तहले अब नेतृत्व लिनैपर्छ।’उनले सरकारी विद्यालयमा भ

    • प्रकाशित मितिः असार ११, २०८२
    • 462 पटक पढिएको
  • नेपाल टेलिकमले अनलाइन मिडियालाई विज्ञापन दिँदै

    काठमाडौं— नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशनका लागि सूचीकरण प्रक्रिया सुरु गरेको छ । यसका लागि टेलिकमले इच्छुक अनलाइन मिडियाहरूबाट प्रस्ताव आह्वान गरेको हो ।बुधबार एक सूचना प्रकाशित गर्दै कम्पनीले आगामी ३१ असारसम्म कार्यालय समयभित्र प्रस्ताव दर्ता गर्न अनुरोध गरेको छ ।सूचीकरणका लागि प्रस्ताव पेस गर्दा सञ्चालक संस्थाको स्पष्ट सम्पर्क विवरणसहितको औपचारिक प्रस्ताव पत्र, संस्था दर्ता र भ्याट वा प्यान दर्ता प्रमाण(पत्रको प्रतिलिपि, सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता तथा नवीकरण (२०८२ असार ३२ सम्म) भएको प्रमाण(पत्रको प्रतिलिपि, आर्थिक वर्ष २०

    • प्रकाशित मितिः असार ११, २०८२
    • 453 पटक पढिएको
  • पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

    वीरगञ्ज— वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ७३ अर्ब १८ करोड सङ्कलन गरेको छ । कार्यालयले चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्न रु एक खर्ब ७४ अर्ब नौ करोड रकम खर्चिएको छ । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव ४३ प्रतिशत रहेको छ ।  वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए। त्यस्

    • प्रकाशित मितिः असार ११, २०८२
    • 524 पटक पढिएको
  • वीरेन्द्रनगरको बजेट ४ अर्ब ३८ करोड

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ का लागि चार अर्ब ३८ करोड २७ लाख १५ हजारको बजेट नगर सभामा प्रस्ताव गरेको छ । मंगलबार भएको वीरेन्द्रनगरको सत्रौ नगर सभामा नगरपालिकाले आगामी बर्षको निती, बजेट, योजना र कार्यक्रमसहितको आय व्ययमा सो प्रस्ताव गरिएको हो । नगर सभामा नगर उपप्रमुख निलकण्ठ खनालले ५१ करोड ६३ लाख ५० हजारको आन्तरिक आयसहित कूल चार अर्ब ३८ करोड २७ लाख १५ हजारको रुपैयाँको बजेट विनियोजन गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले संघीय सरकारको वित्तीय सामानीकरण अनुदान २४ करोड  २४ लाख,  संघीय सरकारको सशर्त अनुदान २ अर्व २० करोड ८ लाख, सं

    • प्रकाशित मितिः असार ११, २०८२
    • 320 पटक पढिएको
  • भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    चितवन, ११ असारः चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमान्सँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् । लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए । कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । उनको भरतपुर अस्पतालमा उपचार भइ

    • प्रकाशित मितिः असार ११, २०८२
    • 296 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.