समाचार

    Showing 12,791-12,800 of 25,799 items.
  • बागमती नदीमा एक पुरुषको शव फेला

    काठमाडौँ ।बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको हो । मृत भेटिएका व्यक्ति ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ३४ वर्षीय निरोज ढुंगाना रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः असार ११, २०८२
    • 271 पटक पढिएको
  • प्रतिबन्धित लागू औषधसहित झापा, मोरङ र धनकुटाबाट ८ जना पक्राउ

    विराटनगर— झापा, मोरङ र धनकुटाका विभिन्न स्थानहरूबाट प्रहरीले प्रतिबन्धित लागू औषधसहित ८ जनालाई पक्राउ गरेको छ। असार ९ गते भएका विभिन्न प्रहरी कारबाहीमा ब्राउन सुगर, ट्रामाडोल क्याप्सुल र भोमिन ट्याब्लेट बरामद गरिएको हो।मोरङको सुनवर्षी नगरपालिका–८ स्थित सिक्टीबाट डाइनिया तर्फ जाँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई चेकजाँच गर्दा त्यसमा सवार १९ वर्षीय अकमल मियालाई ४२ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।यसैगरी, लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका लम्जुङका २५ वर्षीय रामकुमार गुरुङ

    • प्रकाशित मितिः असार ११, २०८२
    • 413 पटक पढिएको
  • यातायात सेवा दुरुपयोगमा संलग्न ६ बिचौलिया गुर्जुधाराबाट पक्राउ

    काठमाडौं— चन्द्रागिरी नगरपालिका– ५ स्थित गुर्जुधारा यातायात व्यवस्था कार्यालयबाट प्रहरीले ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ घर भएका २९ वर्षीय विकाश तामाङ, मकवानपुर घर भएका २५ वर्षीय सुशील अधिकारी, सर्लाही घर भएका २४ वर्षीय अनिश ठकुरी, मकवानपुरका १९ वर्षीय छिरिङ ल्हो, धादिङका २७ वर्षीय मनोज तामाङ र गोरखा घर भएका २४ वर्षीय राजीव खत्री छन् ।  उनीहरुले मोटरसाइकल सम्बन्धी कामको सिलसिलामा आउने सेवाग्राहीहरूसँग  ‘छिटो काम गरिदिन्छौँ’ भनेर हैरानी दिने गरेको आरोपमा छ ।आरोपीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट

    • प्रकाशित मितिः असार ११, २०८२
    • 493 पटक पढिएको
  • एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बुधबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।  आजको बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।

    • प्रकाशित मितिः असार ११, २०८२
    • 212 पटक पढिएको
  • मुख्यमन्त्री सिंहको चिन्ता : ‘शिक्षा नाजुक बन्दै, स्थानीय तहले नेतृत्व लिनुपर्छ’

    जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन् ।मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा लागूऔषध दुव्र्यसनको समस्या गम्भीर बन्दै गएको बताएका हुन् ।‘मधेशका जनशक्ति विगतमा शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा देशका विभिन्न भागमा नेतृत्व गर्थे,’ मुख्यमन्त्री सिंहले भने, ‘तर आज मधेशकै शिक्षा अवस्था नाजुक बनेको छ। स्थानीय तहले अब नेतृत्व लिनैपर्छ।’उनले सरकारी विद्यालयमा भर्ना भ

    • प्रकाशित मितिः असार ११, २०८२
    • 223 पटक पढिएको
  • दुई बालबालिकाको सेफ्टि ट्यांकीमा खसेर मृत्यु

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टि ट्यांकीमा खसेका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह सेफ्टिक ट्यांकीमा खसेका हुन । घटनाको जानकारी पाउनसाथ तत्काल उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पतालमा लगिएको थियो तर चिकित्सकहरुले ८ः१५ बजे मृत घोषणा गरेको उनले जानकारी दिए ।घटनाबारे थप अनुसन्धा

    • प्रकाशित मितिः असार ११, २०८२
    • 203 पटक पढिएको
  • धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी कार्य जारी

    धादिङ— धादिङको गल्छी गाउँपालिका–१ मा एक महिला त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएकी छन्। ५६ वर्षीया साइली गिरीले बुधबार बिहान करिब ९ बजे छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।उनका अनुसार घटनापछि गिरीको खोजी कार्य सुरु गरिएको छ। खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन बेस आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीहरूको टोली परिचालन गरिएको थापाले बताए।हालसम्म महिलाको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन। खोजी कार्य जारी रहेको प्र

    • प्रकाशित मितिः असार ११, २०८२
    • 549 पटक पढिएको
  • खैरो हिरोइनसहित दुई जना पक्राउ

    काठमाडौं— लागू औषधको कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई काठमाडौंको एक होटलबाट २८.५७ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिका–३ स्थायी ठेगाना भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ४० वर्षीय दिपक राय र जिल्ला नुवाकोट, मेघाङ गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका ३३ वर्षीय सुरेन्द्र गुवाजु रहेका छन्।काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरीको एक होटलमा खैरो हिरोइनको खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले होटलको कोठा नं.४०१ मा छापा मार्दा दुई जना व्यक्ति लागू औषधसहित पक्राउ

    • प्रकाशित मितिः असार ११, २०८२
    • 476 पटक पढिएको
  • सफाइ पाएका व्यक्तिले गरे अनुसन्धान अधिकृतको ‘बर्थ डे सेलेब्रेसन’

    राजविराज — जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएलगत्तै अभियुक्तले जिल्ला प्रहरी कार्यालय सप्तरीको डिएसपी निवासमै भव्य पार्टी आयोजना गरेको घटना सार्वजनिक भएको छ।राजविराज नगरपालिका–६ का आकाश आदर्शले ४ जेठमा सप्तरी जिल्ला अदालतबाट सफाइ पाएपछि भोलिपल्टै ५ जेठमा प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिनको बहानामा प्रहरी परिसरभित्रै पार्टी आयोजना गरेका थिए। श्रेष्ठ नै उक्त मुद्दाका अनुसन्धान अधिकृत थिए। पार्टीमा डीएसपी जितेन्द्रकुमार बस्नेत, निरीक्षक श्रेष्ठ, प्रहरी निरीक्षक उदयकुमार राई र अभियुक्त आदर्श स्वयं सहभागी थिए।आरोपका अनुसार, आदर्शले आफैं सञ्चालन गरेको राजविराजस्थित ‘तन्दुरी रेस्

    • प्रकाशित मितिः असार ११, २०८२
    • 304 पटक पढिएको
  • फेसबुकमा 'बैंक म्यानेजर' बनेर अपुताली सम्पत्तिको बहानामा लाखौं ठगी गर्ने मेहता भारतबाट पक्राउ

    धरान — फेसबुकमार्फत ठगी धन्दा चलाउने सुनसरीको देवानगन्ज गाउँपालिका–१ का कुशेश्वर मेहता भारतको भिमनगरबाट पक्राउ परेका छन्।सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार, मेहताले फेसबुकमा ‘भिन्दा सुवन’ नामक फेक आइडी बनाएर थाइल्यान्डको Siam Commercial Bank को म्यानेजरको नक्कली परिचय दिंदै ठगी गर्दै आएका थिए।उनले कुर्मराज शाही नामका व्यक्तिलाई "एलेन अर्बी शाही" नामको खातामा रहेको अपुताली सम्पत्ति हस्तान्तरण गरिदिने बहानामा झुठो विश्वास दिलाउँदै विभिन्न मितिमा करिब ६२ लाख ७५ हजार २ सय रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ।शाहीको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डीएसपी योगराज खतिवडाको

    • प्रकाशित मितिः असार ११, २०८२
    • 309 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.