समाचार

    Showing 12,791-12,800 of 19,849 items.
  • जेबी टुहुरेलाई सरकारले जनगायकको उपाधिबाट सम्मान गर्ने

    काठमाडौं । सरकारले जनगायक जुठबहादुर खड्की जेबी टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको छ ।बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।पर्यटनमन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।जेबी टुहुरेको २०७८ साल भदौ १० गते निधन भएको थियो।

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 170 पटक पढिएको
  • पर्यटनमन्त्री किराँतीलाई पितृ शोक

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।मन्त्री किराँतीका पिता हर्कबहादुर राईको आज बिहान वीर अस्पतालमा निधन भएको हो । सामाजिक सञ्जालमार्फत मन्त्री किरातीले बुबाले छाडेर गएको भन्दै उनको निधन भएको जानकारी दिएका छन् ।आजदेखि आफूहरु पूर्ण रुपमा टुहुरा भएको तर कर्तव्यबाट टुहुरो बन्न नमिल्ने उल्लेख गरेका छन् । मन्त्री किरातीले सारा नेपाली आफ्ना आमा बुबा भएकाले बाँकी जीवन उनीहरुको सेवामा लगाउने जनाएका छन् । बुबाको निधनले आफू निशब्द रहेको उल्लेख गर्दै बुबाप्रति हार्दिक श्रद्धान्जलि अर्पण गरेका छन् । मन्त्री किराँतीकी आमाको भने यसअघि नै निधन भइसकेको छ ।श्रद

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 186 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत

    काठमाडौँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जानकारी दिए।बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 146 पटक पढिएको
  • त्रिशुली नदीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

    काठमाण्डौ  । त्रिशुली नदीमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ भने १५ जना भन्दा बढी  घाइते हुनु भएको छ। त्रिशुलीमा खसेको बसमा यात्रा गरिरहेका ८ जनाको निधन भएको छ । बस काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको थियो ।उक्त बस बिहान ११ बजे धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो । जसमा परी ८ जनाको मृत्यु भएको प्रहरीको भनाई छ।धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ। घाइतेमध्ये पाँच जनालाई काठमाडौं पठाइएको बताइन

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 260 पटक पढिएको
  • एमसीसी भदौ १३ देखि लागू गर्ने निर्णय

    अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताको पूर्ण रूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स– ईआईएफ) तोकिएको छ ।गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ लाई ईआईएफ मिति तोकेको एमसीए नेपालले जानकारी दिएको छ ।एमसीसी नेपाल कम्याक्टअन्तर्गत कार्यान्वयन हुने विद्युत् प्रसारणलाइन र सडक निर्माणसम्बन्धी आयोजनाको काम ईआईएफ मिति घोषणा भएको पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्नेछ । यसरी पाँच वर्ष गणना थालिने अवधि यही भदौ १३ गतेलाई तोकिएको हो ।‘ए

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 128 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    मनसुनको न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज विभिन्न पाँच प्रदेशमा भारी वर्षाको सम्भावना छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल ‍अहिले न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर अवस्थित छ भने नेपालमा भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।न्यूनचापीय क्षेत्रको प्रभावका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आद दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 164 पटक पढिएको
  • सशस्त्र प्रहरीमा ५६ जना एसपी र ८४ जना डीएसपीमा बढुवा सिफारिस

    काठमाण्डौ  ।  सशस्त्र प्रहरी बल, नेपालले मंगलबार एकसाथ ५६ जना डीएसपीकाे एसपीमा र ८४ जना इन्स्पेक्टरकाे डीएसपीमा बढुवाका लागि नाम सिफारिस गरेको छ । एसपीमा बढुवा  सिफारिस हुने डीएसपी सि. सं. ३ र डीएसपीमा बढुवा  सिफारिस हुने इन्स्पेक्टर सि. सं. ७ का रहेका छन् ।२०६० भाद्र २९ गते भर्ना भएका सि.सं. ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना आज एसपीमा सिफारिस भएका हुन् । यसैगरी २०६४ सालको सि.सं. ७ बाट यसअघि ५६ जना डीएसपीमा बढुवा भइसकेका छन् भने आज बाँकी ८४ जना बढुवा सिफारिस भएका हुन् ।यसैगरी २०६६ मंसीर २१ गते भर्ना भएका सि.सं. ८ सशस्त्र प्रहरी न

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 213 पटक पढिएको
  • बाल सुधार गृह घटना : सुरक्षाकर्मीतर्फ १९ र बालबन्दीतर्फ १० घाइते

    काठमाण्डौ । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा सोमबार प्रहरी र बन्दीबीच भएको झडपमा २९ घाइते भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले सोमबार राति ९ बजे घटनामा घाइते र क्षतिको अन्तिम विवरण आएको जानकारी दिँदै सुरक्षाकर्मीतर्फ १९ र बन्दीतर्फ १० घाइते भएको बताए।घाइते प्रहरीमध्ये थिमि वृत्तका प्रहरी निरीक्षक सञ्जिव ओलीको दाहिने हात भाँचिएर मध्यपुर अस्पतालबाट थप उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज रिफर गरिएको छ। काठमाडौँ कारागार दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत ३४ वर्षीय प्रहरी हवल्दार चन्द्रमाया राईको दाहिने खुट्टा भाँचिएको भक्तपुर अ

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 154 पटक पढिएको
  • यात्रुबस पल्टिँदा २९ जना घाइते

    काठमाण्डौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘बे्रक फेल’ भएर सडक छेउमा पल्टिएको हो ।विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घाइते सबैको अवस्था खतरामुक्त रहेको उहा

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 100 पटक पढिएको
  • सशस्त्रका डीआईजी र एसएसपीको सरुवा

    काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका २ नायब महानिरीक्षक (डीआईजी) र १० वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ।सोमबार गृह मन्त्रालयले डिआईजी कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ। प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआईजी अभिकुमार खत्रीलाई भने बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाएको छ।एसएसपी बिनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलाली, प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 134 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा