समाचार

    Showing 1,241-1,250 of 25,313 items.
  • बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन

    काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको अनुगमन गरेको छ । काठमाडौँ महानगरपालिका–२६ को मानव बेचबिखन तथा ओसारपसार समितिले अनाहत नेपाल, नेपाल प्रहरी, महानगर प्रहरीसहितको सहकार्यमा बुधबार ठमेल क्षेत्रमा हुने बाल यौन बेचबिखन र श्रम शोषणको अन्त्यका लागि अनुगमन गरेको हो । अनुगमनका क्रममा आचारसंहिता विपरीत मसाज तथा स्पा सेन्टर सञ्चालन, दर्ता नगरी स्पा तथा मसाज सेन्टर सञ्चालन गरेको पाइएको समितिका संयोजक शान्ता प्रजापतिले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–२६ भित्र सञ्चालित होटेल, मसाज सेन्टर, स्पा, खाजाघर, लज तथा गेष्ट हाउसमा विभिन्न बहानामा १८ वर्षमुनिका बालि

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 234 पटक पढिएको
  • महानगरद्वारा चक्रपथमा विद्युतीय बस सेवा विस्तार

    काठमाडौँ। महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाको चक्रपथमा बुधबारदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।  विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा राम्रो आम्दानी भइरहेको बताइएको छ । अत्याधुनिक सुविधा समावेश गरिएका आरामदायी सिटको व्यवस्था गरिएको नयाँ विद्युतीय बसहरू ३३ सिट क्षमताका  छन् । यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण बसहरू सुविधा सम्पन्न छन् । शशिला मोटर्स प्रालिले चीनबाट आयात गरेको यी बस

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 279 पटक पढिएको
  • लिपुलेखदेखि दक्षिण एसियाको नयाँ भू-राजनीति: विवादको चोकमा उभिएको त्रिदेशीय त्रिकोण र चौथो शक्ति

    देबेन्द्र किशोर:  नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को तल्लो सदनमा दिएको एउटा भनाइले फेरि एकपटक नेपाल–भारत सीमा विवादलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा पुर्‍याएको छ। उनले 'भारतले मात्र होइन, नेपालले पनि अतिक्रमण गरेको छ' भनेर दशगजा र नो–म्यान्स ल्याण्डको प्रसङ्ग उठाएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिनुपर्ने स्थिति आयो। तर यस भनाइको वास्तविक  कारण भनेको त्यसले छोएको मुद्दा हो – लिम्पियाधुरा, लिपुलेख र कालापानी। २०२० मा भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि र नेपालले संविधान संशोधन गरेर ती क्षेत्रलाई आफ्नो नक्सामा राखेपछि चिसिएको सम्बन्ध अहिले बालेनको अभिव्यक्

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 286 पटक पढिएको
  • लुम्बिनी सरकार पुनर्गठनको तयारी, एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

    काठमाडौं— लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्।मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारू तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री सीता शर्मा चौधरीले पदबाट राजीनामा बुझाएका हुन्।मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको कार्यकालको प्रशंसा गर्दै उनीहरूलाई धन्यवाद दिएका छन् भने बुझाइएका राजीनामा स्वीकृतसमेत गरेका छन्।प्रदेश सरकारको संरचना पुनर्गठन गर्ने योजनाअनुसार मन्त्रीहरू परिवर्तन गरिएको जनाइएको छ। यसअघि नै लुम्बिनी सरकार

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 466 पटक पढिएको
  • तिर्थबाट फर्किएका यात्रु सवार भ्यान दुर्घटना हुँदा ७ जना घाइते

     धादिङ— धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ।बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेँसी र सल्यानटारतर्फ पठाइएको छ।

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 413 पटक पढिएको
  • नीति तथा कार्यक्रम पढ्दै गर्दा कर्णालीका प्रदेश प्रमुख अस्वस्थ बनेपछि...

    काठमाडौं— नीति तथा कार्यक्रम पढ्दापढ्दै कर्णालीका प्रदेश प्रमुख कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ बनेका छन् ।बुधबार प्रदेश सरकारले सार्वजनिक गर्न लागेका आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम पढ्दै गर्दा प्रदेश प्रमुख जोशीले आफू असहज महसुस भएको बताएका छन् ।आफूले नीति तथा कार्यक्रमको पूर्ण पाठ पढ्न नसक्ने बताएपछि मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।असहज महसुस गरे पनि प्रदेश प्रमुख जोशीले संसदमै बसेर सरकारको नीति तथा कार्यक्रम सुनिरहेका छन् ।

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 413 पटक पढिएको
  • मनमैजुमा हात्तीको दाह्रा र लागूऔषधसहित पाँच जना पक्राउ

    काठमाडौं— काठमाडौंको तारकेश्वर–मनमैजु क्षेत्रमा हात्तीको दाह्रा अवैध रूपमा लुकाइराखेको तथा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले जेठ १९ गते गरेको कारबाहीका क्रममा दुई थान हात्तीको दाह्रा र १५० क्याप्सुल लागूऔषध बरामद गरेको जनाएको छ।प्रहरीका अनुसार तारकेश्वर–९ स्थित राजिव महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा हात्तीको दाह्रा फेला परेको थियो। अनुसन्धानलाई विस्तार गर्ने क्रममा थप दुई टुक्रा दाह्रा टोखा–२ निवासी पुरन बोहरासँग र अन्य दुई टुक्रा मनमैजुका सन्तबहादुर भुजेलको कोठाबाट बरामद गरिएको प्रहरी

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 529 पटक पढिएको
  • एनएसएलमा सहभागी टोलीको संख्या १० पुर्याइने

    काठमाडौं— नेपाल सुपर लिग (एनएसएल) को सहभागी टोलीको संख्या १० पुर्याइने भएको छ। भदौं २० गते अर्थात् आजदेखि होम एन्ड अवेका आधारमा हुने घोषणा गरिएको एनएसएलको चौथो संस्करणका लागि ३ टोली थपिने भएको छ। तेस्रो संस्करण ७ टोलीले खेलेका थिए । एनएसएलले नयाँ क्लब सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी, समूह तथा फुटबल संस्थाहरूलाई आवेदन दिन आज आह्वान गरेको छ।लिगले विशेष गरी विराटनगर, धरान, वीरगञ्ज र सुर्खेत (कर्णाली) क्षेत्रबाट आवेदन प्राप्त गर्न चाहेको पनि एनएसएलले जनाएको छ। यद्यपि, अन्य क्षेत्रबाट आउने उत्कृष्ट प्रस्तावलाई पनि विचार गरिनेछ । एनएसएलमको घोषणा सभामा यसपटक १० देखि १२ टोलीको सहभागिता रहने ज

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 403 पटक पढिएको
  • लमजुङको दोर्दीमा १५० मिटर तल खस्यो अटो, पाँच जना घाइते

    लमजुङ। लमजुङको दोर्दी गाउँपालिका–७ दारिमबोटमा अटो दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्। बुधबार दिउँसो उदिपुरबाट दारिमबोटतर्फ जाँदै गरेको ग.प्र.०३–००१ ह ००३७ नम्बरको अटो अचानक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।प्रारम्भिक अनुसन्धानअनुसार उकालो सडकमा गुडिरहेको अटोको ब्रेक फेल भएपछि पछाडि सर्दै दुर्घटनामा परेको हो। दुर्घटनामा चालक ३० वर्षीय नबिन गुरुङसहित गम माया गुरुङ, कुशल गुरुङ, हिना लामा गुरुङ र हर्कबहादुर गुरुङ घाइते भएका छन्। उनीहरू सबै दोर्दी गाउँपालिका–७ का स्थानीय बासिन्दा हुन्।घाइतेमध्ये केहीको टाउको, घाँटी, छाती, ढाड र खुट्टामा चोट लागेको प्रहरीले

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 98 पटक पढिएको
  • गुहेश्वरी क्षेत्रमा अवैध टहरा हटाउँदै काठमाडौं महानगर

    काठमाडौं— काठमाडौं महानगरपालिका–८ र काठमाडौं महानगरप्रहरी बलको संयुक्त टोलीले गुहेश्वरी क्षेत्र नजिक सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अवैध टहरा तथा अस्थायी संरचनाहरू हटाएको छ। बुधबार गरिएको अनुगमन तथा कारबाहीका क्रममा टोलीले डोजर प्रयोग गरी सार्वजनिक स्थानमा बनाइएका टहरा भत्काएको हो। महानगरले सार्वजनिक सम्पत्तिमा अनधिकृत रूपमा निर्माण गरिएका संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ। साथै, सार्वजनिक जग्गा अतिक्रमण नगर्न र कानुनको पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।स्थानीयवासीका अनुसार अव्यवस्थित रूपमा निर्माण गरिएका टहराले क्षेत्रको सौन्दर्यमा असर पार्नुका साथै आ

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 391 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.