समाचार

    Showing 12,471-12,480 of 25,792 items.
  • बेनिड्रोमको राहदानी शिविर हालसम्मकै उत्कृष्ट, २५२ जनाले पाए सेवा

    स्पेन— आलिकान्तेको बेनिड्रोममा दुई दिन चलेको राहदानी घुम्ती शिविरबाट नेपालीले सहजै सेवा पाउँदा खुशी भएका छन् । पहिलो दिन १ सय ७५, दोस्रो दिन ७७ जनाले सेवा लिएका थिए ।नेपाली राजदूतावास, म्याड्रिड स्पेनले राहदानी विभागसँगको समन्वयमा गरेको शिविरलाई नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सहजीकरण गरेका थिए ।काल्पे, आल्तेया, कास्पे, आल्भिर, खाबिया, डेनिया, आलिकान्ते, मुर्सिया, टोरटोसा लगायत क्षेत्रमा बस्ने नेपालीहरु आएर सेवा लिएका थिए । राहदानी (पासपोर्ट) बनाउन म्याड्रिड जानेआउने खर्च र समय बचत हुदा सेवाग्राही उत्साहित थिए । दूतावासबाट द्वितीय सचिव पुरक अधिकारी, सहचारी विपिन चन

    • प्रकाशित मितिः असार २३, २०८२
    • 596 पटक पढिएको
  • पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिन: निर्मल निवासमा समर्थकको उत्साहपूर्ण उपस्थिति

    काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह आज ७९ वर्षमा प्रवेश गरेका छन्। उनको जन्म २००४ साल असार २३ गते नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो सन्तानको रूपमा भएको थियो।पूर्वराजाको जन्मदिनको अवसरमा निर्मल निवासमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। राजावादी समर्थकहरू बिहानैदेखि शुभकामना दिन निर्मल निवास पुग्न थालेका छन्। राजावादी पार्टी राप्रापाले समेत जन्मदिनलाई आन्दोलनको स्वरूपमा मनाउने घोषणा गरेको छ।ज्ञानेन्द्र शाह आफ्नो जीवनकालमा दुईपटक नेपालका राजा बने। पहिलो पटक वि.सं. २००७ सालमा साढे तीन वर्षको उमेरमा, जब उनका हजुरबुवा त्रिभुवन भारत निर्वासित हुँदा प्रधानमन्त्री मोहन शमशेरले उनला

    • प्रकाशित मितिः असार २३, २०८२
    • 357 पटक पढिएको
  • 'कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी, सेटिङ शुल्क परिमार्जन

    काठमाण्डौं— त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्सी मानव तस्कारीमा एक महिना पछि पुनः सक्रिय हुन थालेका छन् ।  त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ प्रयोग गरेर पुन पठाउनको लागी तयार गरेको तथ्य प्राप्त भएको छ । विमानस्थलका केही कर्मचारी र ट्राभल एजेन्सीका सञ्चालकहरू दैनिक भेटघाट गरेर गृह मन्त्रालयको ग्रीन सिङनल भन्दै पुन ‘कोड वर्ड’ प्रयोग गरेर तस्करी गर्ने गरेका हुन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको सेटिङका विषयमा गत ७ जेठमा तत्कालिन त्रिभुवन विमान स्थलका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर वि

    • प्रकाशित मितिः असार २३, २०८२
    • 648 पटक पढिएको
  • चलचित्र विधेयकप्रति असन्तुष्टि बढ्यो, संसदबाट फिर्ता लिन आग्रह

    काठमाडौं – प्रस्तावित चलचित्र विधेयक २०८१ प्रति असन्तुष्टि जनाउँदै चलचित्रकर्मीहरूले अभिव्यक्ति स्वतन्त्रता, संघीयताको मर्म र शक्ति सन्तुलनको सिद्धान्त विपरीत रहेको भन्दै पुनरावलोकनको माग गरेका छन् ।चलचित्र निर्देशक मनोज पण्डितको संयोजकत्वमा बसेको चलचित्र सभाले चलचित्र क्षेत्रको सुदृढ विकासका लागि २० बुँदे पुनरावलोकन प्रस्तावसहित विधेयक संसदबाट फिर्ता लिन आग्रह गरेको हो ।चलचित्रकर्मीहरूका अनुसार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको हस्तक्षेपकारी भूमिका झल्कने गरी विधेयक निर्माण गरिएको छ । उनीहरूले चलचित्रसँग सम्बन्धित नीति, योजना र कार्यान्वयनको जिम्मेवारी संस्कृति मन्त्रालयअन्तर्गत रा

    • प्रकाशित मितिः असार २३, २०८२
    • 376 पटक पढिएको
  • ठगीको आरोपमा एक जना पक्राउ

    काठमाडौं— काठमाडौंको मुलपानीबाट ठगीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा केदार अर्याल रहेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।अर्यालमाथि आर्थिक ठगीको गम्भीर आरोप लागेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई सोमबार पक्राउ गरिएको हो। हाल उनलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।यस घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 550 पटक पढिएको
  • विदेश पठाउने बहानामा १ करोड ८० लाख ठग्ने एक जना पक्राउ

    काठमाडौं— लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड ८० लाख ९३ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–६ घर भई हाल काठमाडौं–६ बस्ने ३२ वर्षीय फिन्चु लामा रहेका छन्।रोहन भनिने लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। लामालाई काठमाडौं–१० बाट पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।लामाले ४५ जना युवायुवतीबाट उक्त बराबरको रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए।लामालाई थप अनुसन्धान तथा कारब

    • प्रकाशित मितिः असार २३, २०८२
    • 414 पटक पढिएको
  • नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध

    काठमाडौं – नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको हो ।आइतबार आएको बाढीले बगाएपछि सडक पुनः सडक अवरुद्ध हुन पुगेको हो । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिदा सडकमा यातायात अवरुद्ध भएको थियो ।अस्थायी रूपमा सञ्चालनमा ल्याइ आइतबार बिहानदेखि यातायात सञ्चालन भएको हो । शनिबार राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको थियो  । 

    • प्रकाशित मितिः असार २३, २०८२
    • 219 पटक पढिएको
  • टेक्सासको विनाशकारी बाढी : ८२ को मृत्यु, ४१ जना बेपत्ता

    काठमाडौं – अमेरिकाको टेक्सास हिल कन्ट्रीमा आएको विनाशकारी बाढीले कम्तीमा ८२ जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार ८२ जनाको ज्यान गएको छ भने ४१ जना अझै बेपत्ता छन्। टेक्सासको विनाशकारी बाढीले विभिन्न काउन्टीहरूमा ठूलो जनधनको क्षति पु¥याएको छ। केर काउन्टीमा सबैभन्दा बढी ६८ जनाको मृत्यु भएको छ। ट्राभिस काउन्टीमा ६ जना, बर्नेट काउन्टीमा ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीमा २ जना र टम ग्रीन काउन्टीमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ।स्थानीय समयानुसार शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएको थियो। केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट करिब एक दर्ज

    • प्रकाशित मितिः असार २३, २०८२
    • 469 पटक पढिएको
  • उच्च अदालतको अपत्यारिलो फैसलाः रौतहट बमकाण्डका घाइते गौरीशंकरलाई प्रमाण मान्न अस्वीकार

    काठमाडौं— रौतहटमा वि.सं. २०६४ को चैत २७ गते भएको बम विस्फोटको घटनाका प्रत्यक्षदर्शी तथा पीडित ४३ वर्षीय गौरीशंकर राम चमार अहिले पनि न्यायको खोजीमा छन्। शरीरभरि बमका खतै खत (जो कहिल्यै मेटिदैनन्) बोकेका गौरीशंकर उच्च अदालतको फैसलाबाट निराश छन्, जसले गर्दा उनले भोगेको पीडालाई बेवास्ता गरेको छ। गौरीशंकरले आइतबार पत्रकार सम्मेलमा आफुले लगाएको शर्ट खोलेर बम बिस्फोटमा कहिल्यै नमेटिने खतैखत देखाउँदै पीडा खोल्नु भएको हो । वि.सं. २०६४ साल चैत २७ गते साझ साँढे ६ बजे रौटहटको राजपुरस्थित मोहम्मद आफताब आलमको घरमा भोलिपल्ट हुने संविधानसभा निर्वाचनमा अरुलाई तर्साउने, आफूले बुथ कब्जा गर्ने योजन

    • प्रकाशित मितिः असार २३, २०८२
    • 1,630 पटक पढिएको
  • मन्त्री पाण्डे फ्रान्स प्रस्थान, तिलौराकोटलाई विश्वसम्पदामा सूचीकृत गराउने

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स गएका छन् ।  पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।मन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गरेका हुन् । मन्त्रालयका अनुसार यो भ्रमण तिलौराकोटलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाउने दिशातर्फको कोसेढुंगा सावित हुनेछ ।तिलौराकोटको ऐतिहासिक र पुरातात्

    • प्रकाशित मितिः असार २३, २०८२
    • 247 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.