पोखरा । भोटेकोशी बाढीपछि पोखरा ल्याइएका १०२ शवमध्ये १६ जनाको मात्रै पहिचान खुलेको छ। बाँकी शवको सनाखत हुन नसक्दा स्थानीय प्रशासनले सुरक्षित रूपमा अन्तिम व्यवस्थापनको तयारी अघि बढाएको छ।पहिचान खुल्न नसकेका शवलाई पोखरा महानगरपालिका–१६ स्थित सिँचाइको स्वामित्वमा रहेको जमिनमा समाधिस्थ गर्ने तयारी गरिएको छ। त्यसका लागि तीनवटा एक्साभेटर प्रयोग गरी खाडल खन्ने काम भइरहेको छ।भदौ १० गतेको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शव विभिन्न स्थानबाट संकलन गरी पोखरा ल्याइएको थियो। आफन्तको पहिचान र पर्खाइबीच ८६ शवको व्यवस्थापन गर्नुपर्ने अवस्था बनेको छ। स्थानीय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरेर शव व्यवस्थापन
रसुवा । भोटेकोशी बाढीले तहसनहस बनाएको स्याफ्रुवेंशीबाट दुई महिनाको शिशुसहित एक परिवारको सकुशल उद्धार गरिएको छ।बाढी प्रभावित क्षेत्रमा जोखिम बढेपछि उद्धार गरिएको परिवारलाई स्याफ्रुवेंशीबाट सदरमुकाम धुन्चे ल्याइएको थियो। त्यसपछि थप व्यवस्थापनका लागि उनीहरूलाई काठमाडौं ल्याइएको हो।बाढीपछि स्याफ्रुवेंशी र आसपासका क्षेत्रमा उद्धार अभियान तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली पनि खोज तथा उद्धारमा परिचालित छन्।दुई महिनाको शिशुसहित परिवारको उद्धारले विपद्को जोखिममा परेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने अभियान अझै जारी रहेको देखा
काठमाडौँ । भोटेकोशी बाढीको केन्द्र बनेको रसुवाको टिमुरेमा खोजी गर्दै जाँदा ६० वटा शव फेला परेका छन्, तर तीमध्ये एकजनाको मात्रै सनाखत भएको छ।बाढीको सबैभन्दा ठूलो मानवीय क्षति देखिएको टिमुरेमा भग्नावशेष र नदी आसपासबाट शव निकाल्ने क्रम जारी छ। आफन्तले पहिचान गरेपछि एक शवको सनाखत भएको प्रहरीले जनाएको छ।रसुवाको बेत्रावती क्षेत्रमा थप १७ शव भेटिएकामा पाँच जनाको पहिचान खुलेको छ। यससँगै रसुवामा मात्रै हालसम्म ७७ शव फेला परिसकेका छन्।यसबीच टिमुरे भन्सार कार्यालयका नवकुल शर्माको शव भने गोरखाको त्रिशूली नदी किनारमा फेला परेको छ। शव भेटिँदैछन्, तर पहिचान पर्खिरहेका परिवारको पीडा अझै उस्तै छ। खोजी अभियानला
सुर्खेत / कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका साथै पुनस्र्थापना, पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र विकासलाई लक्षित गर्दै ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीक
जाजरकोट / छेडागाड नगरपालिका–९ निवासी ४५ वर्षीय दलबहादुर महतारालाई लम्ती खोलाले बगाएर बेपत्ता बनाएको छ।उपचारपछि थलहबाट घर फर्किने क्रममा सोमबार साँझ छेडागाड नगरपालिका–१० र ११ को सीमामा पर्ने लम्ती खोलाले महतारालाई बगाएको स्थानीय कर्णबहादुर खड्काले जानकारी दिएका छन्। घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय (इप्रका) बडाबनबाट प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले महताराको खोजी कार्य जारी राखेको जनाइएको छ। रातिको समय भएकाले तथा लगातार वर्षा हुँदा खोलाको बहाव बढिरहेको अवस्थामा स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। खोलानाला तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत न
मुस्ताङ / रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ । रसुवामा गएको बाढीपछि मात्रै १०८ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ गएको सशस्त्र प्रहरी मुस्ताङका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार मुख्य उत्तरी नाकाहरू प्रभावित भएपछि चीनबाट सामान बोकेका कन्टेनरहरू काठमाडौं हुँदै चिनको लिची कोरला जाने क्रम बढेको हो । पछिल्लो समय कोरला नाकामा मालवाहक सवारीसाधनको चापसमेत बढ्दै गएको छ । बढ्दो व्यापारिक चापलाई ध्यानमा राख्दै सरकार तथा जनप्रतिनिधिले कोरला नाकाको सडक तथा पूर्व
काठमाडौं । संसद्को कार्यसूची र आगामी गतिविधिबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा सुरु भएको छ।बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समसामयिक विषय तथा संसद्को कार्यतालिकामाथि छलफल भइरहेको छ।
काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।प्राधिकरणले सार्वजनिक गरेको बिहान ९ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ रहेका छन् । चितवनलगायतका स्थानमा विभिन्न मानव अंगसमेत फेला परे
ताप्लेजुङ / पाथीभरा क्षेत्र विकास समितिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । समितिले सोमबार रसुवा,भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख कोषमा जम्म गर्ने निर्णय गरेको हो । साथै समितिले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका आर्थिक सहायता सम्बन्धी कार्यविधि बनाई लागू गर्ने निर्णयसमेत गरेको जनाएको छ । त्यस्तै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प
काठमाडौं / भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा अन्य जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल तथा त्यहाँ कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेका छन् । अस्पताल व्यवस्थापन तथा कर्मचारीहरूले संयुक्त रूपमा उक्त रकम उपलब्ध गराउँदै प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गरेका हुन् । गत बुधबार आएको अकल्पनीय बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरोका
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.