समाचार

    Showing 11,511-11,520 of 19,794 items.
  • भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री साउद

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन आज(बुधबार) नयाँदिल्ली प्रस्थान गर्दै छन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नेछन्। रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 208 पटक पढिएको
  • वन कार्यालयका वन अधिकृतसहित १९ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं  ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझेदारी वनको काठ कटान गरेर ठेकेदारसँग मिलोमतो गरी आर्थिक अनियमितता गरेको अभियोगमा कपिलवस्तु जिल्ला वन कार्यालयका वन अधिकृतसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णप्रसाद भट्ट, दुर्गाबहादुर कार्की र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन एकाइका तत्कालीन संयोजक महेन्द्रराज वाग्लेविरुद्ध २९ लाख १२ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।सहायक वन अधिकृत बह्मदेव महतो, रेञ्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशङ्कर प्रसाद र सहाय

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 900 पटक पढिएको
  • सेवा हदको विवादले प्रहरी ऐन रोकियो

    काठमाडौं । गृह मन्त्रालयले माघ महिनाभित्रै नयाँ संघीय प्रहरी ऐन ल्याउने बताए पनि मस्यौदा मन्त्रालयमै रोकिएको छ । सेवा हद लगायत विषयमा सहमति हुन नसक्दा नयाँ ऐनको मस्यौदा अघि बढ्न नसकेको हो ।गृहले तयार गरेको संघीय प्रहरी ऐनको मस्यौदामा ३० वर्षे सेवा हदको प्रावधान हटाउने प्रस्ताव छ । सेवा हदको प्रावधानले प्रहरी संगठनलाई कमजोर बनाएको सरकारको निष्कर्ष छ । प्रहरी अधिकारीले पनि सेवा हद हटाउनै पर्ने बताएका छन् ।अनुभवी प्रहरी अधिकारीले छिट्टै अवकाश पाउने र राज्यलाई पेन्सनको भार पनि बढाएको छ । साथै एसएसपीबाट एक वर्षमै आइजिपी बन्ने अवस्था सिर्जना भएको छ । यही कारण सेवा हद हटाउन विगतमा विभिन्न समितिले पनि

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 476 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मधेश प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 347 पटक पढिएको
  • अफगानिस्तानमा पहिरो जाँदा २५ जनाको मृत्यु

    एजेन्शी  ।  अफगानिस्तानमा आएको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ। जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार अफगानिस्तानको पूर्वी भागमा रहेको नुरिस्तान प्रान्तमा गएराति गएको पहिरोमा परेर ८ जना घाइते भएका छन् र कैयौ‌ पुरिएका छन्।अफगानिस्तानको विपत्त मन्त्रालयको सोमबार सार्वजनिक भएको तथ्यांकअनुसार मुसलधारे पानी परेर पहिरो गएको थियो।डीडब्लूले हिन्दू कुश हिमालय श्रृङ्खलाको दक्षिण छेउमा पर्ने नरिस्तान प्रान्तको पहिरोमा परेकाहरुको उद्धार गर्न सहायता निकायको अभावले समस्यामा परेको बताएको छ।सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी बहिर्गमन तथा तालिवानको पुनरागमनसँगै विदेशी सहायताहरु घटेपछि अफगान

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • 559 पटक पढिएको
  • मिटरब्याज पीडितहरू न्याय खोज्न काठमाडौं आउँदै

    काठमाण्डौ  ।  नेपालको पूर्वी र पश्चिमी क्षेत्रबाट सुरु भएको मिटरब्याज र लघुवित्त पीडितहरूको न्याय मार्चको टोली धादिङबाट काठमाडौंतर्फ अघि बढेको छ । तराईका २० जिल्ला र भित्री मधेशका ८ जिल्लाका गरी २८ जिल्लाका पीडितहरू अहिले पैदलै हिँडेर न्याय खोज्न काठमाडौं हिँडेका हुन् ।लत्ताकपडा र झोला भिरेर सयौं किलोमिटरको राजमार्गमा पैदल यात्रा गरिरहेका मिटरब्याज र लघुवित्तपीडितले आफ्ना मागहरु पूरा नभएसम्म घर नफर्किने बताएका छन् । मिटर व्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको सर्लाहीकी ६६ वर्षीय इन्द्रदेवी लोहारले बताए ।तीन वर्षदेखि सरकारले आश्वासन द

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • 516 पटक पढिएको
  • दोलखा केन्द्रबिन्दु भएर भूकम्प गयो

    काठमाडौँ  ।  दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज (मंगलवार) बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो।केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको थियो। यसअघि शुक्रवार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • 370 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं  ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु लागेको छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। बाँकी उच्च पहाडी तथा हिमाली भूभा

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • 196 पटक पढिएको
  • नेपाल प्रहरिले ५४२ किलो गाँजासहित २ ट्रक नियन्त्रणमा लियो

    काठमाण्डौ । नेपाल प्रहरिले चितवनमा ५४२ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिँदै दुईजनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरुमा ना ३ ख ७२४० नं. डिब्बा ट्रक चालक धनकुटा छथर जोरपाटे गाउँपालिका वडा नं. ३ बस्ने ३२ वर्षिय रमेशनाथ दाहाल र ना ३ ख ६१२२ नं. को ट्रकमा सवार कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नं. ४ बस्ने २५ वर्षिय खुशिराम थारु रहेका छन् । ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणी पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाँदा सोमबार बिहान ८ बजे राप्ती नगरपालिका वडा नं. ३ झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डको छेउमा रोकी राखेकोले

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • 203 पटक पढिएको
  • प्रजातन्त्र दिवसमा रिपोर्टिङ गर्न गएका पत्रकारलाई सैनिक मञ्चकाे गेटमै रोकियो

    काठमाडौँ । प्रजातन्त्र दिवसको रिपोर्टिङ गर्न टुँडिखेल पुगेका पत्रकारहरूलाई प्रवेशमा निषेध गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन।गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको पास देखाउँदा समेत सैनिकहरूले गेटमै रोकेका हुन् । विभागको पासका आधारमा प्रवेश नदिइने र समाचार संकलनका लागि विशेष प्रवेश पास लिनुपर्ने भन्दै प्रवेशमा रोक लगाइएको त्यहाँ उपस्थित पत्रकारहरूले बताएका छन् ।प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पुगेका पत्रकारहरूलाई प्रहरीले प्रवेश नदिएको हो । गृह मन्त्रालयले आयोजना गरेको दिव

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • 409 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा