समाचार

    Showing 11,481-11,490 of 19,794 items.
  • गैरजिम्मेवार नेतालाई कसले सजाय दिने : भीम उपाध्याय

    काठमाडौँ । पूर्व सचिव भीम उपाध्यायले राजनीतिक दलका नेताहरूको गैरजिम्मेवारीपनप्रति प्रश्न उठाएका छन् । उनले नेतालाई सजाय कसले दिने भनेर प्रश्न पनि गरे ।मेलम्ची खानेपानी भ्रष्टाचारमा मुछिएपछि उनले प्रधानमन्त्री र मन्त्रीहरूप्रति आक्रोश पोख्दै नेतालाई कसले सजाय दिने भन्दै प्रश्न गरेका हुन् । आफू खानेपानी मन्त्रालयको सचिव हुँदा तत्कालीन प्रधानमन्त्री, मन्त्रीलगायत विभिन्न पदमा रहेका अधिकारीहरूकै सल्लाहमा मेलम्ची खानेपानी आयोजनामा काम गरेको र सल्लाहबमोजिम गरिएको कामकै कारण अहिले भ्रष्टाचारको आरोप लागेको उपाध्यायले बताए ।उपाध्यायले फेसबुकमा लेखेका छन् :म मेरा खानेपानी मन्त्रालयका तत्कालीन मन्त्रीहरू

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 295 पटक पढिएको
  • मार्चमा प्रहरीले अवरोध पुर्‍याएपछि उनीहरू सडकमै बसेर प्रदर्शनमा उत्रिए

    काठमाडौँ । मिटरब्याजी साहुबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २५ दिनदेखि पैदल मार्च गर्दै काठमाडौंँआइपुगेका मिटरब्याजपीडितहरुले शुक्रबार थानकोट-सिंहदरवार पैदल मार्च गरेका छन् । प्लेकार्ड र नाराबाजीसहित पैदलमार्च गरेर सिंहदरबारतर्फ लम्किरहेका उनीहरूलाई प्रदर्शनीमार्गस्थित पर्यटन बोर्ड नजिकै प्रहरीले रोकेको छ । मार्चमा प्रहरीले अवरोध पुर्‍याएपछि उनीहरू सडकमै बसेर प्रदर्शनमा उत्रिएका छन् । कोही भुँइमै सुतेका छन् भने कोही न्याय पाउनुपर्ने भन्दै रोइरहेका छन् । उनीहरूले सरकारले आफूहरूलाई न्याय दिनुपर्ने भन्दै नाराबाजी समेत गरिरहेका छन् । उनीहरूले गत माघ

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 359 पटक पढिएको
  • नेपाल-भारत सिमा सुरक्षा बैठक : दशगजा अतिक्रमण नियन्त्रण लगायतका विषयमा छलफल

    काठमाडौँ। भारत बिहारको मधुवनी जिल्लामा नेपालका चार जिल्ला र त्यहाँका सुरक्षा अधिकारीबिच सीमा सुरक्षा र दशगजा अतिक्रमण नियन्त्रण लगायतका विषयमा छलफल भएको छ ।भारतमा हुने अगामी निर्वाचनलाई लक्षित गरी शुक्रबार भएको छलफलमा सीमामा हुने अपराधका विषयमा बैठक केन्द्रित थियो । बैठकबाट भारतमा हुने आगामी निर्वाचनमा बोर्डर क्षेत्रमा सुरक्षा तथा नियम अनुसार हुने बोर्डर बन्द जस्ता विषयमा छलफल भएको हो । सीमा सुरक्षा, क्रस बोर्डर अपराध नियन्त्रण, लागू औषध र सीमा क्षेत्रमा अवैधानिक मदिरा नियन्त्रण, मानव वेचविखन नियन्त्रण र नक्कली नोट नियन्त्रण गर्ने विषयमा समझदारी समेत भएको बताइएको  छ । बैठकमा नेप

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 234 पटक पढिएको
  • आगोमा जलेर एक बालकको मृत्यु

    बिर्तामोड । झापामा आज एक बालकको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका–४ भानटोली निवासी इनाम हुसेन शेखको ४ वर्ष ६ महिनाका छोरा अपित हुनेनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताएका छन। गिरीका अनुसार घर नजिकै रहेको परालको कन्यूमा अचानक आगो लागेको र सोही आगो घरमा सल्किएर हुसेनको मृत्यु भएको हो। आगलागीमा परी बालकको मृत्यु भएसँगै जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेको र अनुसन्धान अघि बढाएको झापा प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 266 पटक पढिएको
  • थापाथलीको प्रसूति गृहबाट शिशु चोरी: सीसीटिभी हुलिया सार्वजनिक

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट शिशु चोरेर एक महिला फरार भएकी छन् । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीले खोजिरहेको छ । बच्चा बोकिदिने बाहना गरेर ती महिला बच्चासहित फरार भएकी हुन् ।  दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ । प्रसूति गृहबाट बच्चा, सीसीटिभी हुलिया सार्वजनिकथापाथलीस्थित प्रसुती तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाटै बच्चा चोरी भएको घटनामा प्रहरीले संग्दिध महिलाको व्यापक खोजी गरेको छ ।जिल्ला प्रहरी परि

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 426 पटक पढिएको
  • डेपुटी गभर्नर ढुङ्गानालाई बैंक सुपरिवेक्षणको जिम्मेवारीबाट हटाइयो

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नर डा. निलम ढुङ्गानाको जिम्मेवारी हेरफेर गरेका छन् ।गभर्नर अधिकारीले फागुन ११ गते (आज) बाट लागू हुने गरी डेपुटी गभर्नर डा. ढुङ्गानालाई बैंक सुपरिवेक्षण विभागको जिम्मेवारीबाट हटाएर आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिएका हुन् । गभर्नरले यसअघि आफैंसँग रहेको आर्थिक अनुसन्धान विभाग ढुंगानालाई दिएर गभर्नर बैंक सुपरिवेक्षण विभाग आफू मातहत राखेका हुन् ।यससँगै अब डेपुटी गभर्नर ढुङ्गाना मातहतमा मौद्रिक नीति तथा विदेशी विनिमय नीति समूहका आर्थिक अनुसन्धान विभाग र विदेशी विनिमय व्यवस्थापन विभाग, नियमन तथा सुपरिवेक्षण समूहका वित्तीय सं

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 284 पटक पढिएको
  • खस्किदो गतिमा एनआइसी एशियाका बैक: सूचना अधिकारी अर्जुन खनियाले छाडे बैक

    काठमाण्डौं ।  एनआईसी बैंकका नायव प्रमुख सूचना अधिकारी तथा कर्जा बिभाग प्रमुख (एजीएम) अर्जुनराज खनिया बैंक छोड्न लागका छन् । बैंकका एक उच्च पदस्थकर्मचारीका अनुसार खनियाले बैंकप्रति असन्तुस्टि जनाउदै बैंक छाड्न लागेका हुन् ।एनआईसी एशिया बैंकको अवस्था अत्यन्त नाजुक छ, त्यसमापनि सिइओ रोशनकुमार न्यौपानेले कर्मचारीप्रति गर्ने ब्यवहार ज्यादै तल्लो स्तरको छ । जसले गर्दा कर्मचारीले धमाधम बैंक छाड्न थालेका छन् । तल्लो तहका कर्मचारीले जागिर छाडेको त थाहा थियो तर यसरि उच्च ब्यवस्थापनका कर्मचारीले बैंक छाडेको भने यो पहिलोचाटि हो । यसले बैंकको साख अझै गिर्ने देखिन्छ उनले भने । त्यस्तै, खनिया केहिदिनदेख

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 371 पटक पढिएको
  • राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित

    काठमाडौं । राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका ‘विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।विधेयकमाथिको छलफलमा मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, मदनकुमारी शाह ‘गरिमा’, प्रकाश पन्थ, सुरेशकुमार आलेमगर, देवेन्द्र दाहालले भाग लिएका थिए ।बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सभा समक्ष पेश गरेका थिए । राष्ट्रियसभाको अर्काे बैठक यही फागुन १४ गते सोमबार बिहान ११ः०१ बजे बस्नेछ ।

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 435 पटक पढिएको
  • खस्किदो गतिमा एनआइसी एशियाका बैक: डेपुटी सीईओ पाण्डेले छाडे बैंक

    काठमाडौं । एनआइसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले अन्तत: बैंक छाडेका छन् ।पाण्डेको राजीनामा फागुन ९ गते बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले बैंक छोड्न पाउं भनि दिएको राजीनामा स्वीकृत गरेको हो । यद्यपी पाण्डेको राजीनामा स्वीकृत भएको बिषय भने गुपचुप राखिएको बैंकका एक कर्मचारीले अनलाइनपानालाई बताए । पाण्डेले गत माघ २४ गते बुधबार नै बैंकका सीईओ रोशनकुमार न्यौपानेलाई राजीनामा बुझाएका थिए ।उनले राजीनामा दिएको समाचार बाहिरिएपछि बैंकले ड्यामेज कन्ट्रोल गर्न केहिसमयका लागि राजीनामा अस्विकृत गरेको नाटक मञ्चन गर्‍यो । पाण्डेले नेपाल रास्ट्र बैंक, बैंकको संचा

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 541 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 315 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा