काठमाण्डौ । अटोमोबाइल क्षेत्रको महाकुम्भ मेला १६औँ संस्करणको ‘नाडा अटो शो, २०२४’ सम्पन्न भएको छ । भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ६ दिन चलेको अटो शो सम्पन्न भएको हो ।मंगलबारदेखि सुरु भएको यो पटकको नाडा अटो शो ६ दिनसम्म चलेको थियो । ८२ हजारभन्दा बढीले अटो शो अवलोकन गरेका छन् । शनिबार एकैदिन नाडामा अवलोकन गर्न साढे १८ हजार पुगेका थिए । पहिलो दिन करिब ८ हजारले अवलोकन गरेका थिए । दोस्रो दिन संख्या करिब दोब्बर पुगेको थियो । तेस्रो दिन १७ हजारले अवलोकन गरेका थिए । यो पटकको नाडा अटो शोमा ७५ हजार अवलोकनका लागि आउने अनुमान आयोजकले गरेका थिए ।अघिल्ला वर्षहरुभन्दा यो अटो शो
काठमाण्डौ । नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ ।महासङ्घका अध्यक्ष विपुल पोख्रेलले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनबारे जानकारी दिएका हुन् । पोख्रेलले निर्वाचन सम्पन्न गर्नका लागि सबैले रचनात्मक सहयोग गर्न अपिलसमेत गरेका छन् । यसअघि पटकपटक मिति तोकिए पनि महासङ्घको निर्वाचनका हुन सकेको थिएन ।महासंघ आफैमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यस संग सरोकार राख्ने पक्षको आवाजलाइृ सुन्ने र सम्वोधन गर्ने अभ्यास र दायित्वका कारण केही अन्यौल अलमल देखिन पुगेको स्पष्ट गर्न चाहेको विज्ञपतीमा उल्लेख छ।
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। कोशी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज
काठमाडौं–जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । ललितपुर‚ गोदावरी नगरपालिका–१४ ठैबस्थित आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक ५२ वर्षीय जगत विर देसारसहित ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको टोलीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रुपैयाँ र १ बुक ताससहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
काठमाडौं–निरन्तरको वर्षाका कारण देशभरको हवाई उडान सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडानहरू रद्द वा ढिला भएका छन् ।विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार प्रतिकूल मौसमका कारण एयर चाइनाको उडान डाइभर्ट भएको छ भने अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि केही ढिला भएका छन्। आन्तरिकतर्फ पोखरा‚ भरतपुर र सिमारा विमानस्थल दिउँसोसम्म बन्द रहेका छन् ।बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार मौसमका कारण भरतपुर‚ पोखरा र नेपालगञ्जको क्षेत्रीय उडान समेत प्रभावित भएको छ । काठमाडौँबाट तुम्लिङटारको उडान पनि रद्द भएको छ ।ज
काठमाण्डौ । नेपाल बार एशोसिएशनले न्याय परिषद् घेराउ गरेको छ । बारले न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न माग गर्दै आएकोमा त्यस विपरीत आइतबार दिउँसो १ बजे न्याय परिषद्को बैठक डाकिएपछि आन्दोलनमा उत्रिएको हो । सर्वोच्च अदालतमा चार जना सहित देशभर ५० बढी न्यायाधीश पद रिक्त रहेको छ । वर्तमान सत्ता गठबन्धनले न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाए पनि नेपाल बारले अहिले कार्यान्वयनमा रहेको नियमावलीअनुसार सिफारिस नगर्न भन्दै आएको छ ।नियमावलीमा गरिएको पहिलो संशोधनले संविधानको उल्लङ्घन गरेकाले खारेजीको माग बारले गर्दै आएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले उक्त नियमावलीको संशोध
काठमाडौं–डुम्रे–बेँसीसहर सडक अविरल वर्षाका कारण लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार, ठूलो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन अलपत्र परेका छन् । यो स्थानमा विगत तीन वर्षदेखि बर्सेनि पहिरो खस्न थालेको छ, जसले बेँसीसहरबाट अन्य प्रमुख स्थानहरूमा यात्रा गर्ने र मनाङवासीको आवतजावतमा समस्या भएको छ ।
काठमाडौं–नारायणगढ–मुग्लिन सडकको आँपटारीमा रुख ढलेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । बिहान ८ बजेको समयमा भरतपुर महानगरपालिका–१ आँपटारीमा ढलेको रुखले राजमार्ग अवरुद्ध भएको थियो । सुरक्षाकर्मीले रुख काटेर हटाएपछि बिहान १० बजेबाट सडक सञ्चालनमा आएको हो ।
काठमाडौँ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए–नेपाल) को कानुनी सहयोग समितिले नख्खु कारागार, ललितपुरमा निःशुल्क कानुनी सेवा (प्रो–बोनो) कार्यक्रम गरेको छ । विशेष गरी आर्थिक रूपमा विपन्न कैदीबन्दीहरूलाई न्यायमा सजिलै पहुँच पु¥याउने उद्देश्यले सुरु गरेको प्रो–बोनो सेवाको दोस्रो संस्करणअन्तर्गत शनिबार नख्खु जेलमा रहेका कैदीबन्दीहरूसँग कार्यक्रम गरिएको डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले जनाए ।कारागारमा रहेका नयाँ ब्लक, डिआरसी ब्लक र सिआरसी ब्लकमा गरिएको छुट्टाछुट्टै कार्यक्रमको अध्यक्षता क्रमशः अधिवक्ता जनार्दन बन्जाडे, अधिवक्ता गोविन्दराम परियार तथा अधिवक्ता प्रतिमा राणाले ग
काठमाडौं–खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०÷८१ मा ४४ व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरेको छ । मकवानपुर, काठमाडौँ, चितवन, र धुलिखेलका व्यवसायीहरूलाई अनुगमन र नमूना परीक्षणका आधारमा मुद्दा चलाइएको हो ।कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार, २,७३८ नमूनाहरूको विश्लेषणमा ८५ नमूना प्रतिकूल पाइएका छन् । यस आधारमा कानुनी प्रक्रिया अघि बढाइएको र सुधारका लागि व्यवसायीहरूलाई प्रतिबद्धता गराइएको छ ।अनुगमनका क्रममा ११ लाख २० हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरिएको छ । साथै, ८६ नयाँ खाद्य उद्योगलाई सिफारिस र ६० उद्योगलाई अनुज्ञापत्र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.