राजनीति

    Showing 5,421-5,430 of 10,342 items.
  • प्रचण्ड पुगे राष्ट्रपति भेट्न शीतलनिवास

    काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।सोमबार चितवनबाट काठमाडौँ फर्केलगत्तै प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् । भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 499 पटक पढिएको
  • कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनीत

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनयन गरेका छन् । सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम उनीहरूको मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । सो विभागको प्रमुखमा केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट छिन् । मनोनयन भएका सदस्यहरूमा ई. उज्ज्वल कोइराला (ताप्लेजुङ), ई. प्रेमचन्द्र राय (महोत्तरी), विजया श्रेष्ठ केसी (ललितपुर), प्रा. मोहनजंग शाह, (बाँके), डा. निरञ्जन कोइराला (कास्की) छन् । त्यसैगरी, कुमार लामिछाने (बर्दिया), रमा केसी (सुर्खेत), प्रेमलाल चौधरी (कैलाली),

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 342 पटक पढिएको
  • संक्रमणकालीन न्याय बारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै

    काठमाडौं— संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलोपटक हो ।प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक अपराह्न चार बजे बस्ने छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकको मुख्य एजेन्डा संक्रमणकालीन न्याय भएको बताए ।सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 675 पटक पढिएको
  • संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

    काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानमार्फत नै जनताका आवश्यकता र समस्या सम्बोधनलाई ध्यान दिने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताए । उनले भने, ‘नेपाली काङ्ग्रेस पार्टीको कार्यसम्पादन समिति बैठक आज सम्पन्न भएको छ । यसले  विविध विषयहरुमा छलफल गरेको छ । सर्वप्रथम नेपाली कांग्रेस पार्टीको कार्यसम्पादन समिति बैठकले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट बनेको संविधानको रक्षामा पूर्ण प्रतिवद्धताको जुन गणतान्त्रिक संघीय संविधान बनेको छ

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 485 पटक पढिएको
  • मन्त्री प्रकाशमानमाथि खनिए मेयर बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई आक्रोशित गर्दै सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन् ।  यस क्रममा उनले वडाअध्यक्षहरूले कार्यपालिका बैठकको माग गरेको र त्यसको प्रतिक्रियामा बालेनले सिंहमाथि आलोचना गरेका हुन् ।आइतबार, कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूले बालेनलाई कार्यपालिका बैठकको आव्हान गर्दै निवेदन दिएका थिए । यसमा असन्तुष्ट बालेनले सिंहलाई लक्षित गर्दै आफ्नो फेसबुकमा लेखेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयासहरू सधैँ कुरा मात

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 298 पटक पढिएको
  • कमल थापा भन्छन प्रचण्ड, ओली, देउवा र बाबुरामले राजसंस्थाबारे दिएका अभिव्यक्ति जवाफ योग्य छैनन्

     काठमाडौं— राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राजा र राजसंस्थाबारे दिएका अभियव्यक्तिहरु जवाफ दिन योग्य नभएको बताएका छन् ।संवैधानिक राजसंस्थाको माग गर्दै राजावादीहरुको सक्रियता बढेपछि पछिल्लो समयमा चार शीर्ष नेताहरुले दिएको अभिव्यक्ति हतास मनस्थितिको उपज भएको उनले बताए ।उनले भनेका छन्, ‘प्रचण्ड, ओली, देउवा र बाबुरामले राजा र राजसंस्थाबारे दिएका पछिल्ला अभिव्यक्तिहरू जवाफ दिन पनि योग्य छैनन् । त्यो उनीहरूको हतास मनस्थितिको उपज र असफलत

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 406 पटक पढिएको
  • अर्थमन्त्री पौडेल भन्छन बजेट निर्माणमा योजना आयोगको अधिकार कटौती गरिएको विषय सही होइन

    काठमाडौं— उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तदायित्व (पहिलो संशोधन) विधेयकमार्फत बजेट निर्माणमा अर्थ मन्त्रालय हाबी हुन खोजेको भन्ने टिप्पणीमा कुनै सत्यता नभएको बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।उनले बजेट निर्माणका क्रममा विधेयकमार्फत योजना आयोगको अधिकार कटौती नगरिएको समेत स्पष्ट पारे । बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले गरे पनि सबै मन्त्रालयहरूका आआफ्नै परिभाषित जिम्मेवारी रहेको बताए ।बजेटको सिलिङअनुसार कसरी बजेट विनियोजन गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयले नभई सम्बन्धित मन्त्रालय आफैँले गृहका

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 319 पटक पढिएको
  • देशमा संकट पर्दा कांग्रेस–एमाले एक ठाउँमा आउँछन्ः शंकर पोखरेल

    विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले वर्तमान सरकार सरकार चलाउनको लागि मात्र नबनेको बताएका छन् । आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले लोकतान्त्रिक प्रणालीमाथि नै चुनौति उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको बताए ।‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जतिबेलासम्म यी दुई पार्टी मिलेनन् तबसम्म देशमा तानाशाही व्यवस्था रहिरह्यो, जब देशलाई संकट पर्छ, तब कांग्रेस र एमाले मिल्ने गर्दछन्’, पोखरेलले भने । पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वको निशान राजा नभएर कांग्रेस र एमाले भएका पो

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 489 पटक पढिएको
  • कांग्रेस बैठक पौने तीन घण्टा ढिलो गरी सुरु भएपछि...

    काठमाडौं— सत्तासाझेदार दल नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु भएको छ । आइतबार अपराह्न करिब पौने ४ बजे बैठक सुरु भएको हो ।आइतबारै दिउँसो १ बजे बस्ने गरी बैठकको समय निर्धारित थियो । निर्धारित समयभन्दा पौने तीन घण्टा ढिलो गरी बैठक सुरु भएको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमै बैठक बसेको छ ।भ्रातृसंस्थाको म्याद थप वा महाधिवेशनको मिति सार्ने भन्ने विषयमा बैठकमा छलफल गरिँदै छ । बैठक सुरु हुनुअघि नेताहरूले छुट्टाछुट्टै छलफल गरेका थिए ।सभापति शेरबहादुर देउवाले भने डडेलधुराका कांग्रेस नेताहरूसँग लामो छलफल गरेका थिए । सभापति देउवा दिउँसो २ नबज्दै कार्यालय पुगेका थिए ।भ्रातृसंस्थाहरूक

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 358 पटक पढिएको
  • विकासको गतिमा देश अगाडि बढेको छः प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् ।राष्ट्रिय युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘टुुगेदर फर टुमरोः युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘समस्या छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ ।’ उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए ।‘हामीले थुप्रै मेडिकल कलेज बनायौँ, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौँ । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन् । त्यसले नेपालको स्वास्थ्य

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 309 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.