राजनीति

    Showing 5,331-5,340 of 6,741 items.
  • एमाले महाधिवेशन : पर्चा बाँड्नु गलत – निर्वाचन आयोग

    बिर्तामोड / चितवनमा जारी एमालेको महाधिवेशनमा सुरु भएको निर्वाचनमा निर्वाचन आचार संहिता विपरीत निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले पक्षले पर्चा वितरण गरेकोमा निर्वाचन समितिले आपत्ति प्रकट गरेको छ ।मुलुकको संविधान , ऐन तथा नियम विपरित काम गरेको भनेर चौतर्फी विरोध र आलोचना पछि सत्ता छाड्न बाध्य बनेका एमालेका निवर्तमान अध्यक्ष ओलीले सहमतिमा पार्टी अध्यक्ष बन्न गरेको प्रयास विफल भएपछि सुरु भएको निर्वाचनमा पनि आफ्नै पार्टीले बनाएको नियमको उलघंन गरेपछि विरोध सुरु भएको छ ।नेतृत्वका लागि सुरु भएको निर्वाचनमा आफ्नो प्रस्तावको विरोधमा उभिएका आफ्ना प्रतिष्पर्धा सहितका नेतालाई निर्वाचनमा पराजित गर्न पर्चा ब

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 96 पटक पढिएको
  • एमाले महाधिवेशन : मतदान जारी

    बिर्तामोड / नेकपा एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका अहिले मतदान जारी छ । बिहान ४ बजेबाट सुरु भएको मतदानमा यो समाचार तयार पार्दा सम्म करिब १६५० भन्दा बढी मत खसेको छ ।मतदानको कार्यतालिकामा ढिलाई भएपछि मतदान बिहान ४ बजे मात्र सुरु भएको थियो । मतदान सकिए लगत्तै नतिजा सार्वजनिक हुने छ ।एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतीका लागि गरेको प्रयास विफल भएपछि निर्वाचनका माध्यमबाट नेतृत्व चयन हुने भएको हो । मतदान सुरु भए लगत्तै पहिलो मत भने निवर्तमान अध्यक्ष ओलीले नै हालेका थिए ।एमालेमा पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान भइरहेको हो । अन्य पदमा भने सहमतिमै ने

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 60 पटक पढिएको
  • माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । नेता पुनलाई गत शुक्रबार बैङ्ककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको थियो । चीनमा उपचार गर्न सुरु गरे लगतै पुनको स्वास्थ्यमा सुधार देखिएको नेता पुनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले जानकारी दिइन् । नेता पुनको उपचारमा तीन दर्जन भन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् । पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस बिलरुविनको मात्रा  घटेर १८ मा झरेको छ । यस अघि बैङ्ककम

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 67 पटक पढिएको
  • माओवादी केन्द्रको दाङका छ पालिकामा नयाँ नेतृत्व चयन

     दाङ \   माओवादी केन्द्रको पालिका अधिवेशन अन्तर्गत दाङका छ पालिकामा नयाँ नेतृत्व चयन भएका छन् ।शनिबार भएको अधिवेशनले जिल्ला १० पालिकामध्ये छ पालिकाले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।घोराही उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण, बङ्गलाचुली र गढवा गाउँपालिकाको नेतृत्व चयन भइसकेको छ ।निर्वाचन समितिले जनाएअनुसार घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा, उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश ओली निर्वाचित भएका छन् भने सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा र कोषाध्यक्षमा दिलकुमारी विकलाई चयन गरिएको छ ।त्यस्तै बबईको अध्यक्षमा डिल्ली बुढाथोकी, उपाध्यक्षमा रमे

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 67 पटक पढिएको
  • एमाले अध्यक्षमा भीम रावलले दिए उम्मेदवारी

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अध्यक्ष पदकालागि भीम रावलले उम्मेद्वारी दिएका छन् । रावलले आज (सोमबार) बिहान अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् । रावलको प्रस्तावमा महादेव बजगाईँ र समर्थकमा दुधकला विष्ट रहेका छन् । बजगाईँ कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर हुन भने विष्ट एमाले अछामकी नेता हुन् । अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति जनाउँदै रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् । रावलले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएसँगै अर्का नेता द्वय विष्णु पौडेल र घनश्याम भुसालले उप

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 78 पटक पढिएको
  • कांग्रेस अधिवेशन : सिटौला पक्षीय प्यानल नै विजयी

    झापा / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापा अधिवेशनको जिल्ला सभापतिमा देउमान थेबे बिजयी भएका छन् । थेवेले अर्का प्रतिस्पर्धी राम कट्टेललाई २५० मतान्तरले पराजित गर्दै जिल्ला सभापतिमा बिजयी भएका हुन् । थेबेले १७६५ मत प्राप्त गरेका छन् भने कट्टेलले १५१५ मत प्राप्त गरेका छन् । उपसभापति पदमा थेबे पक्षका केशवराज पाण्डे र शेरबहादुर भट्टराई बिजयी भएका छन् । मेचीनगर निवासी पाण्डेले १८८९ मत र दमक निवासी भट्टराईले १६७४ मत प्राप्त गरेका छन् ।उपसभापति पदमा कट्टेल पक्षका प्रेम सम्बाहाम्फे (१४१५ ) र शमशेर गिरीले (१२२१) मत प्राप्त गरेका छन् । सचिवमा नवीन बिमली (१८३८) र कृष्ण हुमागाईँ

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 142 पटक पढिएको
  • एमाले महाधिवेशनमा रावलको प्रचार–प्रसार तीव्र

    चितवन / एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका भीम रावलले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उनी निकट युवा तथा कार्यकर्ताले रावलका प्रचार सामग्री वितरण गरिरहेका छन् ।रावल आफैले पनि तीव्र रुपमा कार्यकर्तासँग भोट मागिरहेका छन् । उनले आफूले उम्मेद्वारी दिनुपर्ने कारणसहित लेखिएका प्रचार सामग्री वितरण गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पदाधिकारी चयन गर्ने तयारी गरिरहेका बेला रावलले प्रचारप्रसार तीव्र पारेका हुन् ।

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 67 पटक पढिएको
  • शरणार्थीका तीन माग प्रदेश सरकारले पुरा गर्न सक्दैन : मुख्यमन्त्री राई

    बिर्तामोड / प्रदेश सरकारले भुटानी शरणार्थीका माग पुरा गर्न नसक्ने बताएको छ । अमेरिकामा रहेका शरणार्थीहरूको संगठन इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले झापामा रहेका शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास, नेपाली नागरिकता पाउनु पर्ने वा स्वदेश फिर्ताको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दै आएका छन् ।  इन्ट्राले निर्माण गरेको ज्येष्ठ नागरिक डे केयर भवनको उद्घाटन गर्न शनिबार बेलडाँगी शिविर पुगेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उनीहरूको माग पूरा गर्न नसक्ने बताएका हुन् । तर, उनले संघीय सरकार र राजनीतिक दलहरूलाई सो माग पूरा गराउन आफ्नो पहल रहने प्रतिबद्धता

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 84 पटक पढिएको
  • माओवादी केन्द्रले छान्यो मोरङका १४ पालिकामा अध्यक्ष

    उर्लाबारी  / नेकपा (माओवादी केन्द्र)को शनिबार सम्पन्न गाउँ–नगर अधिवेशनले मोरङका अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । केन्द्रका जिल्ला अध्यक्ष गणेश उप्रेतीका अनुसार कानेपोखरी गाउँपालिका र रतुवामाई नगरपालिका बाहेक सबै गाउँ, नगरमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।विराटनगर महानगरपालिकामा १६ गते अधिवेशन हुने गरी मिति तय गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष उप्रेतीका अनुसार रङ्गेली नगरपालिकामा श्री अधिकारी, सुनवर्षी नगरपालिकामा जयन्त दास सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छभएका छन् । यसैगरी, पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, बेलबारी र सुन्दरहरैचा नगरपालिकामा क्रमशः चेतन दाहाल, गजे

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 116 पटक पढिएको
  • ‘छोरीलाई पनि सम्पत्ति भन्ने कानूनलाई कार्यान्वयनमा ल्याउँछु’

    काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी पुस महिनासम्ममा भूमिहीन सुकुम्बासी र लालपुर्जाविहीन स्वबासीको समस्या समाधान गर्ने बताएकी छिन् । नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीको प्रथम नगर अधिवेशनको आज उद्घाटन गर्दै उनले यसका लागि कार्ययोजना बनिसकेको र कार्यविधि बन्दै गरेकाले अब भूमिहीनको समस्या सधैँका लागि अन्त्य गर्ने गरी समाधान गर्ने बताएकी हुन् ।मन्त्री श्रेष्ठले भनिन्, –“विसं २०२१ को नापीमा छुटेका, त्यसअघिदेखि आफ्नै जग्गाको भोगचलन गरेर आएका तर हातमा लालपूर्जा नभएका भूमिहीन धेरै रहेछन्, कतिपय सुकुम्बासीको समस्या यथावतै रहेछ, उपत्यकाभित्रका लाल

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 81 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा