राजनीति

    Showing 5,311-5,320 of 10,341 items.
  • आज रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी आजका लागि तोकिएको छ ।बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् । उनले रिटमा रविलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गरेकी छिन् ।यसअघि लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएकोमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाएको छ ।सुप्रिम स

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 362 पटक पढिएको
  • कानुन विपरित थुनामा राखिएको भन्दै रविले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता गराए

    काठमाडौं— कानुन विपरित थुनामा राखिएको भन्दै रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् ।उनले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको भन्दै आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।गैरकानुनी थुनामा राखेको व्यक्तिलाई रिहा गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गनुपर्ने प्रावधान रहने गरेको छ । थुनामा पठाउनेगरी यस अघि उच्च अदालतले दिएको आदेश विरुद्ध उनले अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गरेका थिए । उक्त निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिस

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 517 पटक पढिएको
  • पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौं परिसर भद्रकालीमा राखियो

    काठमाडौं— सिंहदरबारबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ ।सिंहदबारभित्र प्ले कार्डसहित प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको थियो ।उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 336 पटक पढिएको
  • युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । डीएसपी हरि खतिवडा नेतृत्वको टोलीले सिंहदरबार परिसरबाट उनलाई पक्राउ गरेको हो । कटुवाल प्रदेश–१–०२७ च ९८६२ नम्बरको गाडीमा सवार थिए । सो गाडी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भएको पाइएको छ । डीएसपी खतिवडाले घेराबन्दी गरेर उनलाई पक्राउ गरेका हुन् ।

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 492 पटक पढिएको
  • सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देनलगायत पक्राउ

    काठमाडौं— राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू बुद्धिमान तामाङ र  ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ।  उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो ।  पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 415 पटक पढिएको
  • आज राप्रपाको प्रदर्शन, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

     काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना तथा तीनकुनेको प्रदर्शनमा पक्राउ परेका पार्टीका नेताहरूको रिहाइको मागसहित राप्रपाले प्रदर्शन गर्न लागेको हो ।काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने तयारी राप्रपाको छ । राप्रपाले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोधसभा गर्ने यसअघि नै जनाइसकेको छ ।यसैबीच, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ । अराजकता फैलाए कारबाही गर्ने गृहले चेतावनी दिएको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 432 पटक पढिएको
  • हिरासतमा रहेका धवलशमशेरलाई उपचारका लागि छाड्ने तयारी

    काठमाडौं— तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो ।क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतले जनाएको छ ।गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 289 पटक पढिएको
  • आरआर क्याम्पसमा स्ववियु निर्वाचन गराउन उच्च अदालत पाटनको आदेश

    काठमाडौ— रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचन गराउन उच्च अदालत पाटनले आदेश दिएको छ । शुक्रबार न्यायाधीश श्याम कुमार भट्टराई र टिकाराम आचार्यको संयुक्त इजलासले यथाशीघ्र स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश दिएको हो । रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गत चैत्र १६ गते तोकिएकामा निर्वाचन स्थगित भएको थियो । उच्च अदालतको आदेशमा भनिएको छ,‘मिति २०८१/१२/१६ म हुने गरी तोकिएकोमा सो मितिमा निर्वाचन नभई स्थगित भएको र विभुवन विश्वविद्यालय स्वतन्त्र विधार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ को दफा १२(८) से निर्धारण गरे बमोजिम १५ दिनभ

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 345 पटक पढिएको
  • गृहमन्त्री लेखक भन्छन संविधानविरोधी गतिविधि स्वीकार्य छैन

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य नहुने बताए।बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्ने बताए। नेपालमा सात दशकको अन्तरालमा सात वटा संविधान बनेको उल्लेख गर्दै उनले वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएकाले यसैमार्फत हरेक समस्याको समाधान सम्भव भएको धारणा राखे। 'संविधानभित्र रही आलोचना, समालोचना तथा विभिन्

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 416 पटक पढिएको
  • आगामी ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने राप्रपाको घोषणा

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही वैशाख ७ गते काठमाडौँका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ।बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताए। उनकाअनुसार बैठकले पार्टी संगठन विस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णयसमेत गरेको छ। उनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 374 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.