राजनीति

    Showing 5,301-5,310 of 10,341 items.
  • शिक्षक–प्रहरी झडपमा २८ जना घाइते (सूचीसहित)

    काठमाडौं— नयाँ बानेश्वरमा विद्यालय शिक्षा ऐनको माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपमा २७ जना शिक्षक र विद्यालय कर्मचारी घाइते भएका छन्। प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेपछि २६ दिनदेखि जारी शान्तिपूर्ण आन्दोलन तनावग्रस्त बनेको हो।नेपाल शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालले प्रहरीको नियोजित आक्रमणमा २७ जना घाइते भएको बताए। झडपमा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की पनि घाइते भएकी छन्।घाइतेहरूको सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर र तिलगंगा आँखा अस्पतालमा उपचार जारी छ। केहीको अवस्था गम्भीर रहेको महासंघले जनाएको छ।घाइते शिक्षकहरूको सूची१.सुवास गिरी – सिन्धुपाल्चो

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 452 पटक पढिएको
  • प्रधानमन्त्री ओली भन्छन वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे

     काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाएका छन्।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्। उनले पूर्वअर्थमन्त्री पुनको नाम नलिइ यसअघिका अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका कारण देशको अर्थतन्त्र ध्वस्त भएको बताए।उनले संसदमा सम्बोधन गर्दा लाज पचाएर बोल्ने गरेको बताउँदै आफैँ देशको अर्थतन्त्र ध्वस्त पार्ने र आफैँ अर्ती दिँदै हिँड्ने गरेको उल्लेख गरे। उनले अहिलेको सरकार अघिल्लो सरकारले ध्वस्त पारेको अर्थतन्त्रलाई उठाउने काम गरिरहेको बताए।उनले अघिल्लो सरकारले अर्थतन्त्

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 514 पटक पढिएको
  • लिङ्देनलाई कांग्रेसको करारा सवाल: हाम्रो सहमहामन्त्रीको छोराले रक्सी चोरेको प्रमाण दिन सक्छौं?

    काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई कडा चुनौती दिएका छन्। घिमिरेले लिङ्देनलाई कांग्रेस सहमहामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको आरोप प्रमाणित गर्न माग गरेका छन्, नत्र लिङ्देनलाई आफ्नो आरोप फिर्ता लिने र माफी माग्नुपर्ने चेतावनी दिएका छन्।आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै घिमिरेले भने, "लिङ्देनज्यू, तपाईंले १२ गतेको बैठकमा भनेको कुरा प्रमाणित गर्नुहोस्। तपाईंले भनिरहनु भएको छ कि भाटभटेनीमा लुटपाट भएको थियो र त्यो लुटपाटमा कांग्रेसका सहमहामन्त्रीका छोरा संलग्न थिए। तपाईंले भनेको अनुसार

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 343 पटक पढिएको
  • “एमाले सांसदको ठूलो घोषणा: ‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने!”

    काठमाडौँ – सत्तारुढ नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपालका पूर्वराजा ज्ञानेन्द्रको ‘श्री ५’ शीर्षक प्रयोगप्रति आपत्ति जनाउँदै नेपालको संविधान अनुरूप तत्काल कारबाही गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै उनले सो शीर्षकको वैधता माथि प्रश्न उठाए, र यसले वर्तमान शासनप्रणालीसँग कसरी मेल खान्छ भन्नेमा चिन्ता व्यक्त गरे।"हिजो म एकदमै चिन्तित भए जब मैले डा. फणिराज पाठक, संवाद सचिवको नामबाट प्रकाशित एक वक्तव्यमा 'श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको समवेदना सन्देश' लेखिएको देखे। यो शीर्षक नेपालको संविधानमा कहाँ छ? मेरो प्रश्न हो, आजको नेपालको व्यवस्थामा 'श्री ५' कहाँ छ?" गैरेले

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 478 पटक पढिएको
  • रातिको अँध्यारोमा ओली–देउवा भेट! ठूलो राजनीतिक खेल सुरु?

    काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा एक गोप्य र महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।उक्त बैठकमा सत्ता साझेदारीलाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा गहिरो छलफल भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्। उनका अनुसार, पछिल्लो समय बजारमा फैलिरहेका सरकार परिवर्तनसम्बन्धी हल्लाहरूलाई नेताहरूले पूर्णरूपमा नकारेका छन्। उनले ती हल्ला “निराधार र भ्रामक” भएको बताए।भेटमा उपप्रधानमन्त्री पौडेलका साथै गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।सरकारभित्रको स्थायित्व र आपसी समन्वयलाई बलियो बनाउने

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 469 पटक पढिएको
  • अध्यक्ष दाहाल भन्छन् आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रयास जारी छ

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि आफ्नो पार्टीले सक्दो प्रयास गरिरहेको बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा शिक्षकसँग भएका सम्झौता कार्यान्वयनका निम्ति सक्दो प्रयास गरेको उल्लेख गरे ।उनले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थालाई संस्थागत गर्न आवश्यक भएको बताए । “हामी शान्ति प्रक्रियामा आएपछि पार्टीले विभिन्न गुट–उपगुट र फुट

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 280 पटक पढिएको
  • संसदमा गलत कुराहरुको तत्काल प्रतिवाद एमाले सांसदहरुलाई ओलीको निर्देशन

    काठमाडौं— प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा बोलिएका गलत कुराहरुको तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् । शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।उनले संसदमा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिए । उनले राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरु त्यस्ता कुरालाई आलोचना गर्न आग्रह गरे । देश भन्दा ठूलो अरु नहुने भन्दै उनले देशप्रति निष्ठा नहुने तत्वहरुको मुखुण्डो उतार्नुपर्ने बताए ।देशभक्तिक

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 266 पटक पढिएको
  • आज अपराह्न नवनियुक्त शिक्षामन्त्री पन्तको शपथ

    काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तले बिहीबार अपराह्न शपथ लिने भएका छन्। शीतलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने छन्।शपथका लागि अपराह्न ४ बजेको समय तय भएको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्का अधिकारीले जानकारी दिइन्।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका हुन्।पन्त नेकपा एमालेका समानुपातिक सांसद हुन्। गत सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि पन्त शिक्षामन्त्री नियुक्त भएका हुन्। 

    • प्रकाशित मितिः वैशाख ११, २०८२
    • 258 पटक पढिएको
  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज हेर्न नमिल्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको छ । रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको थियो । तर फुयालले यसअघि नै लामिछानेको पासपोर्ट दुरुपयोग मुद्दा हेरिसकेकाले फुयालले उनको मुद्दा नहेरेका हुन् ।आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको थियो । धरौटी खारेज हुनुपर

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 327 पटक पढिएको
  • हाजिरी जमानीमा रिहा भए धवलशमशेर

    काठमाडौं— तीनकुनेमा राजावादीको आन्दोलनमा हिंसा भड्काउन प्रेरित गरेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्।गत चैत १५ मा पक्राउ परेका उनलाई बोलाएको बेला उपस्थित हुनेगरी रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए।क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गर्नुपरेको प्रहरीको भनाइ छ। उनको वैशाख १५ मा फलोअपको अपोइन्टमेन्ट रहेको बताइएको छ।

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 378 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.