राजनीति

    Showing 5,301-5,310 of 6,741 items.
  • कांग्रेस अधिवेशन : वाग्मती प्रदेशको सभापतिमा पुनः मतदान हुँदै

    काठमाडौँ / नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापति पदमा पुनः मतदान हुने भएको छ । सभापति पदमा तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा आज पुनः मतदान हुने भएको हो । सभापतिका तीन जना उम्मेदवार मध्ये एक जना पहिलो भएर मात्र नहुने र ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । तर, तीनै जना मध्ये कसैको पनि ५१ प्रतिशत मत आएको छैन । पहिलो चरणको मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् भने अर्का उम्मेद्वार जगदीश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् । कुल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । अब बानियाँ

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 76 पटक पढिएको
  • ‘म पराजित भए पनि मैले यसलाई जितको रुपमा लिएको छु’

    काठमाडौँ  / राप्रपाको महिला महामन्त्रीमा पराजित भएकी रेखा थापाले आफू पराजित भएपनि खुशी व्यक्त गरेकी छिन् । महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएकी थापाले राप्रपामा प्रवेश गरेको चार वर्षको अवधिमा पार्टीका धेरै साथीहरूको मन जित्न आफू सफल भएको भन्दै खुसी व्यक्त गरेकी हुन् । उनले भनिन्, –‘राप्रपामा प्रवेश गरेको चार वर्षको अवधिमा पार्टीका धेरै साथीहरूको मन जित्न सकेँ, थोरै मतान्तरले पराजित भए पनि मैले यसलाई जितको रुपमा लिएको छु ।’ कुन्ती शाही कमल थापाको समूहबाट महामन्त्रीमा पदमा उठेकी थिइन् भने रेखा थापा राजेन्द्र लिङ्देनको समूहबाट उठेकी थिइन् । शाहीले २ हजार ५ मत ल्याइन् भने था

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 85 पटक पढिएको
  • कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङ्देन विजयी

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार सम्पन्न मत गणनामा कमल थापालाई १९९ मत अन्तरले हराउँदै लिङ्देनले अध्यक्षमा विजयी भएका हुन् । लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो ।निवर्तमान अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल माफर्त हार स्वीकार गरेका छन् । थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा भएको थियो ।शनिबार राति मतदान सम्पन्न भएपछि मतगणना सुरु भएको थियो । सुरुदेखि नै अग्रता बनाएका लिङ्देनले बाजी मारेका हुन् ।थापाले फेसबुकमा एक पोस्ट लेख्दै हार स्वीकार गरेका छन् । तर उनले हारका लागि पूर्वरा

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 62 पटक पढिएको
  • विराटनगर महानगरको सचिवमा न्यौपाने निर्वाचित

    विराटनगर / नेकपा माओवादी केन्द्र विराटनगर महानगरको सचिवमा नमिता न्यौपाने निर्वाचित भएकी छन्। महानगरको प्रथम अधिवेशनबाट न्यौपाने सचिवमा निर्वाचित भएकी हुन्। अधिवेशनबाट नवीन पौडेल नेतृत्वमा ९९ सदस्यीय नगर समिति चयन भएको थियो। उक्त समितिले पदाधिकारी चयन गरेको थियो।अधिवेशनले उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र ज्ञानू भट्टराई र सहसचिवमा शारदा मैनाली र कोषाध्यक्षमा प्रवेज आजम निर्वाचित गरेको छ।माओवादीले नगरसम्मेलनमा ४४० जना प्रतिनिधि वडाबाटै छनौट गरेको थियो। यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा १४ जनालाई छनौट गरेको नवनिर्वाचित अध्यक्ष पौडेलले बताए। माओवादीले मङ्सिर १२ गतेसम्म वडा अधिव

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 38 पटक पढिएको
  • कांग्रेस अधिवेशन : प्रदेश १ मा सुरु भयो मतदान

    मोरङ / नेपाली कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आज (शनिबार) बिहानैदेखि सुरु हुने मतदानमा मतपत्रमा प्रदेश सदस्यका उम्मेदवारको नाम छुटेपछि स्थगित गरिएको अधिवेशन पुनः शुरु भएको हो । मतदाताहरू मतदानका लागि लाइन बसिसकेको अवस्थामा मतपत्र खोल्दा नाम छुटेको पाइएपछि मतदान स्थगित भएको थियो । नयाँ मतपत्र छापेर ल्याएपछि मतदान सुरु भएको हो ।  संस्थापनबाट झापाका पूर्वपार्टी सभापति उद्धव थापा र इतरबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्यानलै मैदानमा उत्रिएका छन् । प्यानलका कारण प्रतिनिधिहरु गुटगत रुपमा विभाजित बनेका छन् ।निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेख

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 61 पटक पढिएको
  • लिम्पियाधुरामा माओवादी केन्द्रले गर्यो भव्य सम्मेलन

    लिम्पियाधुरा  / नेकपा माओवादी केन्द्रले लिपुलेख, कालापानी र लिम्पियाधुरा क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पालिका सम्मेलन गरेको छ । भारतले अतिक्रमण गरेको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको नक्सामा समेटिए पनि कुनै राजनीतिक दलहरूले त्यो क्षेत्रमा गएर वडा अधिवेशन गर्न सकका थिएनन् । तर, नेकपा (माओवादी केन्द्र)ले भने कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पुगेर भव्यताका साथ पहिलो पटक पालिका सम्मेलन गरेको हो । भारतले अतिक्रमण गरेको जग्गा कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्रलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 83 पटक पढिएको
  • निर्माणाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाइरहेको छ ः मन्त्री भुसाल

    ललितपुर,। निर्माणाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तराष्ट्रिय जगतमा समेत प्रतिष्ठा बढाइरहेको बताएकी छिन ।ललितपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आज सो मन्दिरमा जनश्रमदानबाट झिँगटी हाल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुहिक रूपमा गर्न चाहे हरेक कुरा सम्भव हुने बताइन । मन्त्री भुसालले भनिन, “ छ वर्षअघि भूकम्पले क्षति पुर्‍याएको पाटनको यस सम्पदामा ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराले मूर्तरूप लिएकाले मन्दिर लामो समय त्यसै जीर्ण अवस्थामा रहनु परेन ।” जनताको सहयोगमा अघि बढिरहेको निर्माणको कामले मुलुकका हरेक व्यक्तिलाई कर्तव्य बोधसमेत गराएको उनको भनाइ थियो ।सङ्घका पूर्व अध्यक्ष कृष्ण

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 70 पटक पढिएको
  • राजनीतिक व्यवस्था नसुध्रिएकाेमा पूर्वराष्ट्रपतिको चिन्ता

    काठमाडौं / नेपाली उत्पादनलाई विश्व बजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासङ्घले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरण लगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।उक्त संस्थाको शुक्रबार राति पूर्वराष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्दै विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन । “जन्मभूमिल

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 69 पटक पढिएको
  • नयाँ नेतृत्वका लागि राप्रपाको मतदान सुरु

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।  आज बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि उम्मेदवारको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको हो ।  राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेद्‌वारी परेको छ ।एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, ध

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 85 पटक पढिएको
  • राप्रपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

    काठमाडौँ / प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि आज (शनिबार) मतदान हुँदैछ । एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न निर्धारित मिति भन्दा एक दिन ढिला गरी आज शनिबार मतदान गर्ने भएको हो । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ।१५ गते देखि सुरु भएको राप्रपाको एकता महाधिवेशन अन्तर्गत बिहीवार देखि निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए।महाधिवेशनमा वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्षमा थापा र

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 46 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा