राजनीति

    Showing 4,101-4,110 of 7,551 items.
  • गौरीशंकर स्मृति सभा बिर्तामोडमा

    झापा । झापाको विर्तामोडमा मंगलबार गौरीशंकर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित १२ औं स्मृति सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिब  हरिबोल गजुरेलले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताएका छन् ।गजुरेलले दीगो समाधान भनेकै सहमति र सहकार्य भएकाले सहमतिको बाटो अवलम्बन गर्नु अहिलेको आवश्यकता भएको बताए ।केन्द्रीय सचिब तथा प्रदेश १ का इन्चार्ज राम कार्कीले गौरीशंकरको स्मरण गर्दै पूर्वको आन्दोलन  र परिवर्तनका निम्ति गौरीशंकरले खेलेको भूमिका र उनको योजनाले नै अहिलेसम्म पार्टी र संगठनलाई यहाँसम्म ल्याइपुर्याएको बताए । कार्यक्रममा माओवादीका पोलिटब्युरो सदस्य अजम्ब

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 345 पटक पढिएको
  • एमालेले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने

    झापा : नेकपा एमालेले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने जनाएको छ। निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि  मनोयनको फागुन १३ गतेलाई तोकेको छ। एमालेले सत्ता साझेदार दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार उक्त दिन मात्रै सार्वजनिक गर्ने भएको हो। विराटनगरमा पुगेर एमाले अध्यक्ष ओलीले राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनयन दर्ताको दिन सार्वजनिक हुने जानकारी दिए। ‘राष्ट्रपतिको विषयमा तत्काल हामीले कसैको नाम लिएका छैनौं,’उनले भने,  ‘राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनयन दर्ताको दिन सार्वजनिक हुन्छ।’ओलीले नेकपा एमाले र माओव

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 83 पटक पढिएको
  • राजनीतिक दलसँग पूर्व राजा ज्ञानेन्द्र शाहले गरे सहकार्यको प्रस्ताव

    झापा- पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र जोखिममा परेको भन्दै राजनीतिक दलसँग सहकार्यको प्रस्ताव गरेका छन् ।राष्ट्रिय  प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै शाहले देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दल र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्न नहुने बताए। उहाँले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने उल्लेख गरे ।पछिल्ला वर्षमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिराचिरा पर्न थालेको भन्दै शाहले चिन्ता व्यक्त गरे । उहाँले देशको परिस्थितिले आशा जगाउन

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 184 पटक पढिएको
  • राष्ट्रपतिबाट माफी पाएका सांसद चौधरी आज रिहा हुँदै

    झापा- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज रिहा हुने भएका छन्।  कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका हुन्। कारागार व्यवस्था विभागका महानिर्देशक चक्रपाणि पाण्डेले राष्ट्रपतिबाट आम माफी पाएर चौधरी छुट्न लागेको बताए। उनले गृह मन्त्रालयले आम माफीको पत्र विभागलाई पठाए लगत्तै उनी छुट्ने बताए।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन्। त्यसमा चौधरीको पनि नाम रहेको छ।२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाव

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 133 पटक पढिएको
  • एमालेको 'मिसन ग्रासरूट' सुरू

    झापा - नेकपा एमालेले 'मिसन ग्रासरूट' सुरू गरेको छ। पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अध्यक्ष केपी शर्मा ओलीले आज शुभारम्भ गरेका हुन्।पार्टीलाई जगैदेखि बलियो बनाउने भन्दै एमालेले यो अभियान सुरू गरेको हो। एमालेले यो अभियानअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई गाउँ-गाउँमा खटाएको छ।पार्टीका तल्ला तहमा गएर संगठन विस्तारका लागि काम गर्ने, सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने जस्ता काम गर्न पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई एमालेले जिम्मेवारीसमेत दिएको छ।

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 176 पटक पढिएको
  • द्रव्य शाह बहुमुखी क्याम्पसमा स्ववियूले लगायो ताला

    झापा- क्याम्पस प्रमुखमाथि कुटपिट गर्नेलाई कारवाही नगरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले द्रव्य शाह बहुमुखी क्याम्पसमा ताला लगाएको छ । दोषी उपर कारबाहीको माग गर्दै उजुरी दिए पनि प्रहरी संगठन र प्रशासनले विभिन्न बहानाबाजीमा घटनालाई राजनीतिकरण गरी आन्तरिक मेलमिलापको चेष्टा गरेको भन्दै क्याम्पसको स्ववियूले तालाबन्दी गरेको हो ।शुक्रवार प्रेस बिज्ञप्ती जारी गर्दै स्ववियूले दोषीलाई कानूनी दायरामा नल्याएसम्म क्याम्पसको पठनपाठन एवं प्रशासनिक कामकाज बन्द रहने जनाएको छ । ‘अपराधिक मानसिकताका व्यक्तिहरु दिनदहाडै बजारमा खुलेआम रुपमा हिँडिरहेको र घटनामा आरोपित व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 166 पटक पढिएको
  • बिर्तामोड नगरपालिकाद्वारा सभामुख तथा उपसभामुखलाई सम्मान

    झापा - सभामुख र उपसभामुख आफ्नै क्षेत्रबाट निर्वाचित भएको भन्दै झापाको बिर्तामोड नगरपालिकाले खुसी व्यक्त गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गर्दै नगरले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई सम्मान गर्दै खुसी व्यक्त गरेको हो । अब झापाको बिकासमा थप टेवा पुग्ने भन्दै नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले बिकासका काममा थप जोड दिन आग्रह गर्नुभयो । उहाँहरूलाई दोसल्ला ओडाएर तथा सम्मान पत्र प्रदान गरेर नगरप्रमुख पवित्रा महतारा प्रसाईंले सभामुख घिमिरे तथा उपसभामुख रानामगरलाई सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै सभामुख घिमिरेले अहिले देशको राजनीत

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 211 पटक पढिएको
  • चित्रबहादुरको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने : राष्ट्रियताको रक्षाका लागि सधैँ 'फ्रन्ट लाइन'मै छु

    झापा - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका लागि आफू सधैँ 'फ्रन्ट लाइन'मा रहेको बताउनुभएको छ। राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रवार आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्ताे बताउनु भएकाे हाे । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियता, सङ्घीयता र जनजीविकाका विषयवस्तु समेटेर ज्ञापनपत्र बुझाएकाे थियाे ।  भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो समय बाग्लुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि चार जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 167 पटक पढिएको
  • अनेरास्ववियु अध्यक्षमा समिक बडाल विजयी

    काठमाडौं : नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन्। २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट बडाल अध्यक्षमा विजयी भएका हुन्। उनी निवर्तमान महासचिव पनि हुन्।बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाए। त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाएका थिए। सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो।निर्वाचनमा १५१७ मत खसेको थियो। त्यस्तै महासचिवमा नरेश रोकाया विजयी भएका छन्। उनले ७३३ मत प्राप्त गरे ।उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट तथा कोष

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 187 पटक पढिएको
  • सिलिण्डर विस्फोट हुँदा घाइते सांसदको स्वास्थ्य अवस्था जटिल

    झापा- खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका सांसद चन्द्र भण्डारी र उहाँकी आमा हरिकलाको स्वास्थ्य अवस्था जटिल रहेको कीर्तिपुर अस्पतालले जनाएको छ । उहाँहरुलाई गएराति साढे १० बजे उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएको थियो । कीर्तिपुर अस्पतालले थप उपचारका लागि उहाँहरु दुवै जनालाई देश बाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको छ ।अस्पतालको जलन उपचार विभागका प्रमुख डाक्टर किरण नकर्मीका अनुसार सांसद भण्डारीको अनुहार, दुवै हात र दुवै गोडा गरी शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको छ । यस्तै, आमा हरिकलाको जिउको धेरैजसो भाग गरी ७० प्रतिशतसम्म जलेको छ । दुवै जनाको श्वासनलीमा तातो

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 155 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा