काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले जेन जेडले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक रहेको बताएका छन् ।डा.भट्टराईले आज एक वक्तव्य जारी गर्दै भनेका छन्– ‘नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेन जेडका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्व प्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ। उहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्दछ ।’वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गरा
काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो।आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने बैठकमा सहभागी स्रोतले बताए। ती स्रोतका अनुसार अन्यथा नभए शुक्रबार विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ।
काठमाडौं – नेकपा (एमाले)का नेता महेश बस्नेतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बन्ने निश्चित भएमा बधाई दिदैँ तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न सुझाव दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत अन्तरिम प्रधानमन्त्री भएपछि मृतक र घाइतेलाई न्याय र क्षतिपूर्ति, राहत र पुनस्र्थापना कोषलगायत अन्य तुरुन्तै गर्न सकिने सुझाव दिएका हुन् । उनले हालको विनाशकारी आन्दोलनपछि देशले नेतृत्व र न्याय दुवै खोजिरहेको बेला जनताले कार्कीलाई अगाडि ल्याएको भन्दै पुनर्निर्माण र न्यायका लागि काम गर्न अपिल समेत गरेका छन् । बस्नेतले सुझाव दिएका तुरुन्त गर्नुपर्ने कामहर
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए ।सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न सकेन।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । त्यसैले आज शुक्रबार बिहान ९ बजेबाट पुन: छलफल सुरु हुन लागेको हो ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोतले बताय
काठमाडौं— नेपाली काङग्रेसका नेता डा.सशांक कोइरालाले ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेको बताएका छन् । बिहिबार एक विज्ञप्ती जारी गर्दै उनले राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले, हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राखेको बताए । उनले भने, ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति मेरो पूर्ण समर्थन रहेको जानकारी गराउन चाहन्छु । जहाँनीय राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्
हेटौँडा— नेकपा एमाले र नेपाली कांग्रेसले हेटौँडामा संविधानको रक्षा गर्न माग गर्दै संयुक्त विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘संविधानको रक्षा गर’ भन्ने नारासहित हिँडेका थिए ।सडक जुलुस र सभाका क्रममा वक्ताहरूले सैनिक शासन चाहिँदैन र राजा फर्काउन पाइँदैन भन्ने स्पष्ट सन्देश दिएका थिए ।उनीहरूले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्न र संविधानलाई कार्यान्वयन गर्न सरकार र राजनीतिक दलहरूलाई दबाब दिने चेतावनी पनि दिए ।प्रदर्शनमा दुई दलका नेता, कार्यकर्ता तथा नागरिकहरूको उल्लेख्य सहभागिता थियो। प्रदर्शन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको प्रहरीले जनाएको छ ।
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले देशमा देखिएको वर्तमान विषम परिस्थितिबाट मुलुकलाई संवैधानिक दायराभित्र रही निकास दिन प्रयासरत रहेको बताएका छन् ।उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको दीर्घ समाधान खोजी भइरहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।राष्ट्रपतिले जारी गरेको वक्तव्यमा लोकतन्त्रको संरक्षण र मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षको सहकार्य अत्यावश्यक रहेको उल्लेख गरिएको छ ।उनले भने,‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी
काठमाडौं – मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको लोकतान्त्रिक र संवैधानिक माध्यमबाट निकास खोज्न आग्रह गरेको छ । पार्टीको केन्द्रीय सचिवालयद्वारा जारी वक्तव्यमा हालैका हिंसात्मक घटनाक्रम, जनधनको क्षति र सुरक्षाको कमजोर अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ ।एमालेका महासचिव शंकर पोखरेलले जारी गरेको वक्तव्यमा भदौ २३ गते न्भल–श् युवाहरूले सामाजिक सञ्जालको स्वतन्त्रता, भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै गरेको प्रदर्शनप्रति सहानुभूति प्रकट गर्दै उक्त दिन भएको जनधनको क्षतिबाट पार्टी स्तब्ध भएको उल्लेख छ । प्रदर्शनका
काठमाडौँ, २६ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संसद्को शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई नै फाइदा पु¥याउने भएकाले अहिलेको सङ्क्रमणकालीन अवस्थाको हल संविधानसम्मत तरिकाबाट खोजिनुपर्ने बताउए । पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष दाहालले संविधान कार्यान्वयनमा देखिएका चुनौतीको गम्भीर समीक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सकेमात्रै समुन्नत लोकतन्त्रको विकास गर्न सकिने बताए । “यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीर रुपमा लिएर आन्दोलन
जेनजीको दुई दिने आन्दोलनले सत्ता ढालेपछि सबै दलका शीर्ष नेता भूमिगत भएका छन् । कामचलाउ प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सम्पर्कविहीन छन् ।एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने श्रीमती रविलक्ष्मी चित्रकारको उपचारमा छन् । आन्दोलनकारीले घरमै आगो लगाइदिएपछि जलेर घाइते भएकी उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पतालमा राखिएको छ । नेता खनाल पनि अहिले अस्पतालमै छन् । उनी श्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.