राजनीति

    Showing 3,941-3,950 of 10,315 items.
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 632 पटक पढिएको
  • मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता

    जनकपुर । मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ ।आज जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिनुका साथै मन्त्रिहरुलाई पनि फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए ।नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थ मन्त्री सुनिल यादव, उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहेका छन् ।

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 322 पटक पढिएको
  • राष्ट्रसंघबाट सम्बोधन गरेर फर्किंदा पैदलै हिँड्न बाध्य भए फ्रान्सका राष्ट्रपति म्याक्रोन

    न्युयोर्क— संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर फर्किंदै गरेका फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन एक अनौठो परिस्थितिमा परे । म्याक्रोन फ्रान्सेली दूतावास जान लाग्दा उनलाई सडकमा रोकियो, र उनी पैदलै हिँड्न बाध्य भए ।म्याक्रोनले राष्ट्रसंघमा बोल्दै फ्रान्सले प्यालेस्टाइनलाई औपचारिक मान्यता दिने घोषणा गरेका थिए । त्यसपछि उनी निर्धारित कार्यक्रमअनुसार दूतावास जान गाडी चढे । तर ठीक त्यही बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मोटरकेड आउने भएपछि सुरक्षा सतर्कता कडाइ भयो, र सबै सवारी साधन रोकिए ।अमेरिकी सुरक्षाकर्मीहरूले म्याक्रोनको गाडीलाई पनि रोकेपछि, उनले गाडीबाट ओर्लिएर पैदलै हिँड्ने

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 755 पटक पढिएको
  • वीरगञ्ज नाका हुँदै दुई महिनामा ७ अर्बका सवारीसाधन भित्रिए

    वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् ।गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट रु एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवको उक्त अवधिमा रु पाँच अर्ब २५ करोडका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए ।कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको दुई महिनामा यो नाका हुँदै सवारीसाधनको आयात उत्साहजनक भएको बताए । “गत आवको दुई महिनाको तुलनामा चालु आवको सोह

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 281 पटक पढिएको
  • सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

    काठमाडौं। शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू व्यस्त भएकाले फोन र म्यासेन्जरमा कल नगर्न अनुरोध गरेका छन् ।सामाजिक सञ्जालमा सक्रिय पुनले मोबाइल, म्यासेन्जर र ह्वाट्सएपमा हजारौं कल र मेसेज आएको भन्दै फोन नगर्न अनुरोध गरेका हुन् । पुनले आफू मन्त्रालयको एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त भएकाले फोन नगर्न अनुरोध गरेका हुन् ।मन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘अस्तीदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला। धन्यवाद ।’

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 306 पटक पढिएको
  • नख्खु कारागारबाट रवि लामिछाने भगाउने ‘योजना’ कसले बनायो ?

    काठमाडौं - भदौ २३ गतेको जेनजी आन्दोलनमा देशभर ७४ जनाले ज्यान गुमाए। आन्दोलन सुरू भएको दिन काठमाडौंमा मात्र १९ जना युवाको मृत्यु प्रहरीको गोलीमा भएको थियो। मृत्युपछि फैलिएको जनाक्रोशले २४ भदौमा सिंहदरबार, संघीय संसद, सर्वोच्च अदालतदेखि अख्तियारसम्मका कार्यालयमा आगजनी गर्यो। प्रमुख राजनीतिक दलका नेताहरूका घर र व्यापारिक भवनहरू समेत आगलागीको चपेटामा परे।देशभरका १९७ प्रहरी कार्यालय पूर्ण रूपमा जले, २५८ कार्यालयमा आंशिक क्षति भयो। २६ कारागार फोडिँदा १४ हजार ५५६ कैदीबन्दी भागे, जसमा ७ हजार मात्र पक्राउ वा आत्मसमर्पण भए। बाँकी ७ हजार ५५६ अझै फरार छन्।सरकारले ५ भदौमा जेनजी आन्दोलनको न्यायिक जाँचबुझ आय

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 578 पटक पढिएको
  • रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा बुधबार अपरान्ह १ बजेदेखि बैठक बस्न लागेको हो । हिजोबाट सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने कार्यसूची तय गरिएको छ।यस्तै परिवर्तित अवस्थाका सन्दर्भमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिइने झाले बताए। पार्टी संगठन एवं विभागबारे र केही रिक्त विभागहरू पूर्ति गरिने सम्भावना रहेको पनि उनले जानकारी दिएका छन् । 

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 569 पटक पढिएको
  • निर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरू बीच ०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा छलफल भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराइन् ।सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने भन्दै आयोगलाई निर्वाचन तयारीका स

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 674 पटक पढिएको
  • नवनियुक्त कार्यकारी निर्देशक सिलवाल भन्छन्ः मन्त्रीज्यूको निर्देशन कार्यान्वयन हुन्छ

    काठमाडौं— नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पद्भार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सिलवालले दुई वटा निर्णयमा हस्ताक्षर समेत गरेका छन् । निर्णयहरुमा १०औँ तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिन प्रस्ताव गरिएको छ । त्यस्तै आर्थिक नियमावली अनुसार ठूलो पुँजीका आयोजना र कामहरूको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनेको छ ।पदभारको क्रममा सिलवालले दशैँ र तिहारको नजिक रहेको भन्दै विद्युतलाई नियमित आपूर्ति गर्न र डेलिकेडेट र ट्रंक लाइनको पैसा उठाउने निर्देशन कार्यान्वयन गर्ने

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 686 पटक पढिएको
  • जनतालाई सहज बनाउन वडा कार्यालयमै सेवा दिनुहोस्ः मुख्यमन्त्री कँडेल

    सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले जेनजी आन्दोलनपछि वडा कार्यालय आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाअध्यक्षहरूसंग छलफल गरेका छन् ।     आन्दोलनमा नगरपालिकाका १ देखि १२ वडासम्मका कार्यालयहरू आगजनी र तोडफोड गरिएपछि ती वडाहरूले हाल जिल्ला समन्वय समितिको हलबाट सेवा दिईरहेका छन । मुख्यमन्त्री कडेल आज जिल्ला समन्वय समितिको हलमै पुगेर सेवाग्राही सहित वडा अध्यक्षसंग छलफल गरेका थिए ।वडा नम्बर १ देखि १२ सम्मका वडा कार्यालय जेन जी आन्दोलनका कारण ध्वस्त भएका कारण असोज ५ गतेदेखि वडाका नागरिकले सहज रुपमा सेवा पाउन भन्दै एकीकृत सेवा सञ्चालनमा ल्याएको थियो । स्थ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 676 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.