काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको महान चाड बडादशैं २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले दशैंलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइने पर्व भएको उल्लेख गर्दै यसले पारिवारिक जमघट, सामाजिक मेलमिलाप, सद्भाव र भाइचारालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘दशैंको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ,’ सन्देशमा भनिएको छ ।राष्ट्रपतिले दशैं
काठमाडौं – भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुको राहदानी रोक्का गर्न सिफारिस गरेकोप्रति एमाले पार्टीले तीव्र आपत्ति जनाएको छ ।एमाले केन्द्रीय सचिवालयले आइतबार वक्तव्य जारी गर्दै उक्त सिफारिसलाई राजनीतिक प्रतिशोधको रूपमा टिप्पणी गरेको छ । दशैंको मौका छोपेर र गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर आयोगले सिफारिस गरेको भन्दै सचिवालयले गंभीर आपत्ति जनाएको छ । सचिवालयले भनेको छ, ‘यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ ।’यससँगै पार्टीले गृह मन्त्रालयद्वारा नेपाल प्रहर
काठमाडौं— अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीका राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथा फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधि सहभागी थिए ।भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिक विकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदै आएको दीर्घकालीन सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव स्रोत विकास लगायतका क्षेत्रमा युरोपियन यून
काठमाडौं— मुलुकमा विद्यमान भ्रष्टाचार, महंगी, बेरोजगारी, दलाल पूँजीवादी संरचना र साम्राज्यवादी हस्तक्षेपका विरुद्ध ११ वटा वामपन्थी क्रान्तिकारी दल तथा संगठनहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै ‘स्वाधीन संयुक्त सरकार’ निर्माणको पक्षमा सशक्त आन्दोलन अघि बढाउने घोषणा गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, समाजवादी कम्युनिष्ट पार्टी नेपाल, रेडफोर्स नेपाल पार्टी लगायतका ११ वटा वामपन्थी घटकहरुको संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा अहिलेको संसदीय व्यवस्था खारेज गरी जनसंविधान निर्माण र जनताको शासन स्थापना
काठमाडौं— स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पछिल्लो समयमा जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृहमन्त्री र ऊर्जा मन्त्री गुहारेको छ । आइतबार दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा सरकारको नीति र कानून विपरित १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा ती आयोजनाहरुमा अवरोध गर्ने कार्यहरु बढेकोले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन् । पत्रमा नेपालको आर्थिक समृद्धिका लागि प्रमुख र महत्वपूर्ण क्षेत्रको रुपमा रहेको ऊर्जा क्षेत्रको आवश्यकता र
काठमाडौं— जेनजीको आधिकारिक वार्ता टोलीले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमाथि कारबाहीको माग गरेको छ ।काठमाडौंमा आयोजित वार्ता टोली घोषणा कार्यक्रममा बोल्दै टोलीका सदस्य प्रवेश दाहालले शहीद र घाइतेको सपना पूरा गर्न वर्तमान सरकारले जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।उनले भने, ‘हाम्रो माग भनेको तत्कालीन सरकार, विशेषतः केपी ओलीको सरकारलाई कारबाही गर्नुपर्छ भन्ने हो । गर्छ कि गर्दैन भनेर हामी आशावादी मात्रै भएर बस्न सक्दैनौं । अहिलेको सरकारले त्यसबारे स्पष्ट कदम चाल्नैपर्छ ।’दाहालले भने, ‘ओली नेतृत्वले जेनजी शहीद र घाइतेहरूप्रति धोका दिएको आरोप लगाउँदै भन
काठमाडौं— अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज अर्थ मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ।भेटका क्रममा नेपालको समसामयिक राजनीतिक अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध तथा जापानले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्याउँदै आएको सहयोगबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।अर्थमन्त्री खनालले हाल विशिष्ट परिस्थितिमा गठन भएको सरकारले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने आफ्नो प्राथमिक कार्य रहेको बताएका छन्। साथै, यस अवधिमा आर्थिक तथा सामाजिक विकास र पुनर्निर्माणका कार्यलाई पनि निरन्तरता दिइने स्पष्ट पारे।भेटमा हाल निर्माणाधीन नागढुंगा सुरुङमार्ग (ट
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले देशभर ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा एक इभी चार्जिङ स्टेसनको उदघाटन गर्दै मन्त्री घिसिङले पेट्रोलियम पदार्थको आयात घटाउन र विदेशी मुद्रा सञ्चिति बढाउन ऊर्जा ट्रान्जिसन अपरिहार्य रहेको बताए ।उनले सार्वजनिक यातायातदेखि निजी सवारी साधनसम्म सबैलाई विद्युतीय माध्यममा रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले भने, ‘देशभर पब्लिक र प्राइभेट ट्रान्सपोर्टेसनलाई इलेक्ट्रिसिटीमा कन्भर्ट गर्नुछ । यसले पेट्रोल, डिजेलको आयात घटाउ
काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक असोज २६ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहने छ ।
काठमाडौं— नेपाली काँग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम नगर्ने भएको छ।कांग्रेसले एक विज्ञप्ती जारी गर्दै भदौ २३ र २४ गतेको घटनाक्रमले मुलुकलाई गहिरो शोकमा डुबाएको भन्दै काँग्रेसले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जानकारी गराएको हो । आन्दोलनका क्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाउनुका साथै राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरू, पार्टीका ऐतिहासिक भवनहरू, व्यावसायिक प्रतिष्ठानहरूमा आक्रमण, लुटपाट र आगजनी भएको साथै पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. आ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.