राजनीति

    Showing 3,831-3,840 of 9,567 items.
  • बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने

    काठमाडौं –  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् ।लामाले आइतबार बिहान हेटौंडा पुगेर राजीनामा दिने भएका हुन् ।मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति भएपछि उनी राजीनामा दिन तयार भएको हुन् । लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् । 

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 321 पटक पढिएको
  • नयाँ विद्रोहको तयारीमा छु : प्रचण्ड

    काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन् । आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरुले पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने र जालझेलहरु भइरहेको बताए । उनले भने,‘हामी शान्ति सम्झौतामा आउँदादेखि नै प्रतिक्रियावादीहरुले हाम्रो पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने,जालझेलहरु गर्ने र लगानी गर्ने जस्ता काम गर्दै आएका छन् ।’ त्यस्तै उनले प्रतिक्रियावाद

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 612 पटक पढिएको
  • नेपालमा गर्भपतन अधिकार : महिलाको अधिकारमा समाज नै बाधक

    काठमाडौं । पछिल्लो समय नेपालमा गर्भपतनसम्बन्धी विषय पेचिलो बन्दै गएको छ । गर्भपतनको मुद्दामाथि निरन्तर बहस जारी छ ।  यो विषय स्वास्थ्य, कानुनी अधिकार, सामाजिक सोच र लैङ्गिक समानतासँग जोडिएको छ । विगतका दिनमा गर्भपतन लुकीछिपी गरिन्थ्यो, औपचारिक दर्ता नै नगरिकन गर्भपतन गराउने चलन थियो । हिजोआज सरकारी स्वास्थ्य संस्थाहरूमा सुरक्षित रूपमा गर्भपतन गराउने संख्या बढ्दो छ र यसलाई एउटा सकारात्मक परिवर्तनको रूपमा लिन सकिन्छ । तर अझै पनि धेरै महिला निजी अस्पताल, क्लिनिक वा गैरसूचीबद्ध स्थानहरूमा लुकीछिपी गर्भपतन गराउने गरेको प्रशस्त उदाहारण छन् । यसले उनीहरूको ज्यानलाई असुरक्षित त बनाएको छ

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 375 पटक पढिएको
  • जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी दुवै कमजोर हुन्छ : डा शेखर कोइराला

    बिराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो ।नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे ।बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा राखे ।नेपाली कांग्रेस विराटनगर महानगर वार्ड नं ४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र दे

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 407 पटक पढिएको
  • माओवादी स्थायी समिति बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आ—आफ्नो धारणा राख्ने छन् ।शुक्रबारको बैठकमा प्रचण्डले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 405 पटक पढिएको
  • रुसी अधिकारीको ‘उत्तेजक’ टिप्पणीपछि ट्रम्पले आणविक पनडुब्बीहरूलाई पुनः तैनाथ गर्न दिए आदेश

    काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रूसी संघीय सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभको ‘उत्तेजक’ भनाइपछि दुई आणविक पनडुब्बी रुसनजिक तैनाथ गर्न आदेश दिएका छन् ।ट्रम्पले दिमित्री मेदभेदेभका टिप्पणीहरूलाई ‘मूर्खतापूर्ण र भड्काउ’ भन्दै ती ‘केवल शब्द मात्र नभएको’ हुनसक्ने आशंका व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शब्दहरू धेरै महत्वपूर्ण हुन्छन् र यसले प्राय नसोचेको परिणाम निम्त्याउन सक्छ । मलाई आशा छ, यो त्यस्तो घटना हुने छैन । जब परमाणुको कुरा आउँछ, हामीले तयार हुनुपर्छ । र हामी पूर्ण रूपमा तयार छौँ ।’पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो कदम ‘तय

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 361 पटक पढिएको
  • मलंगवाको यातायात कार्यालयले एक वर्षमै संकलन गर्यो १२ करोड बढी राजस्व

    सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा १२ करोड १७ लाख ९६ हजार ६११ रुपैयाँ राजस्व संकलन गरेको छ ।२०७९ मंसिर १७ गते स्थापना गरिएको उक्त कार्यालयले सवारीसाधन कर चालक अनुमति पत्र सवारी दर्ता किताब सवारी आयकरलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ ।कार्यालयका प्रमुख शशी यादवका अनुसार सवारीसाधन करबाट मात्रै ८ करोड २९ लाख ९८ हजार ७१ रुपैयाँ, सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताबबाट ३ करोड ५२ लाख ४५ हजार ५८५ रुपैयाँ र सवारी आयकर शीर्षकमा २३ लाख ५० हजार ४२५ रुपैयाँ राजस्व संकलन गरिएको हो ।सवारी सम्बन्धी नवीकरण, जरिवाना, नयाँ सवारी दर्ता, नामसारी,

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 388 पटक पढिएको
  • मिडिया स्वतन्त्र र उत्तरदायी बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड

    काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गरिएको छ ।बैठकमा सांसदहरूले विधेयकका विभिन्न पक्षबारे धारणा राख्दै कानुन निर्माणमा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका छन् ।पूर्वमन्त्री तथा नेकपा (एमाले) की सांसद विद्या भट्टराईले छलफलका क्रममा मिडिया काउन्सिल विधेयक कस्तो हुनुपर्छ भन्नेबारे सबैले आफ्ना धारणा राखिसकेको बताउँदै व्यवहारमा पनि त्यहीअनुसारको अभ्यास हुनुपर्ने धारणा राखिन् ।उनले भनिन्, ‘हामीले संस्थाहरु बनाउँछौं, दस्तावेजमा राम्रो लेख्छौं तर व्यवहारमा त्यही अनुसार अभ्यास हुँदैन । कानुन बनाउँदाखेरि जति संवेदनशी

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 282 पटक पढिएको
  • फाइभ जी नेटवर्क जति सक्दो छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन

    काठमाडौं –  सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटर्वक सुचारु गर्न नेपाल टेलिकम र नेपाल दुरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२÷८३ को बार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर जि विस्तार व्यापाक बनाउदै फाइभ जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन् । मन्त्री गुरुङका अनुसार आफुले मन्त्री भए लगत्तै पटक पटक फाइभ जी नेटर्वक सुरु गर्ने भन्दै आएपनि एक वर्ष पुगिसक्दा त्यसको कार्य सम्पादन नहुनु दुख लाग्दो विषय रहेको बताएका छन् ।उनले अब भने चाडो भन्दा चाडो नेटर्वक विस्तारमा

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 608 पटक पढिएको
  • कांग्रेसले सबै जातजातिलाई उचित सम्मान गरेको छ : सभापति देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले थारु समुदायलाई सम्मान गर्दै हक हितका लागि विभिन्न कामहरु गर्दै आएको बताएका छन् । शुक्रबार पार्टीको थारु विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारु समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारु विभाग गठन गरिएको बताए । उनले भने,‘नेपाली कांग्रेसले थारु समुदायलाई सम्मान गर्दै आएको छ । थारु समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारु विभाग गठन गरिएको छ । यो संगठन थारुहरुको हक हितका निम्ति अधिकतम प्रयोग गर्नुपर्छ ।’ त्यस्तै उनले संविधानले गर्दा कुनैपनि पार्टीको बहु

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 360 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.