काठमाडौ / नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै उनिहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । पूर्व माओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रिट लिएर पुगेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताएका छन् । चारै जनाको रिटको ब्यहोरासमेत एउटै रहेको छ । उनीहरुले आफू नेकपा एमालेमा आधिकारिकरुपले प्रवेश नगरेको, माओवादी केन्द्र नामक पार्टी नै अवैधानिक रहेको, त्यस्तो पार्टीले गर्ने कारव
काठमाडौँ / राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा समितिका सभापति दिलकुमारी रावलले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । समितिले कोभिड–१९ महामारीसँग जुध्न सरोकार पक्षसँग छलफल गर्न आवश्यक निर्देशन दिएको थियो ।समितिले अघिल्लो आर्थिक वर्षमा कोभिडको प्रभाव र आगामी रणनीतिबारे सरोकारविज्ञसँग छलफल गरेको थियो । कतिपय पूर्वनिर्धारित कार्यक्रम महामारीका कारण सम्पन्न गर्न नसकिएको सभापति रावलले जानकारी दिएकी छन् । एक वर्षका अवधिमा समितिका २५ बैठक र समिति मातहतका उपसमितिका २७ बैठक बसेका थिए । राष्ट्रियसभाको आजक
काठमाडौँ / सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।बैठकमा सरकारका न्यूनतम् साझा कार्यक्रम ल्याउने, सरकारी नियुक्ती गर्दा गठबन्धनमा सरसल्लाह र सहमति गर्नेलगायत विषयमा छलफल भएको उनले बताएका छन् । बैठकमा विभिन्न दलका शीर्ष नेताले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार सञ्चालन सम्बन्धमा सुझाव दिएका थिए । साथै सरकारका कामको समीक्षासमेत गरिएको थि
काठमाडौँ / गृहमन्त्री बालकृष्ण खाणले नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नवनियुक्त प्रदेश प्रमुख गुरुङलाई आज बिहान भेटेर गृहमन्त्री खाणले सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका नवनियुक्त प्रदेश प्रमुख गुरुङ चितवन निवासी हुन् ।
काठमाडौँ / शीर्ष नेताहरुको सहभागितामा गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा डाकिएको हो । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला सहभागी छन् । यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै शीर्ष नेतासँग मन्त्रिमण्डल विस्तार गर्न आन्तरिक गृहकार्य
बिर्तामोड / नेपालमा पब्जी र फ्री फायर गेम बन्द गर्नुपर्ने माग संसदमा उठेको छ । यस्ता गेमले बालबालिकालाई बिगारेको भन्दै पब्जी र फ्री फायर बन्द गर्नुपर्ने माग संसदमा उठेको हो । मंगलबार भएको प्रतिनिधि सभाको वैठकमा बोल्दै सांसद आशाकुमारी विकले नेपालमा पब्जी र फ्री फायर बन्द गर्न माग गरेकी हुन् । कोरोना महामारीका कारण अनलाइन शिक्षाका लागि इन्टरनेटको प्रयोग बढेको खुशीको कुरा भए पनि बालबालिकाहरू पब्जी र फ्रिफायर जस्ता खेलको लतमा फसेको उनको बुझाइ रहेको छ ।‘यस्तो खेलहरूको लतले बालबालिकामा डराउने, झस्कने, जिद्दीपना जस्ता स्वभाव देख्दा सामान्य लाग्ला । तर पछि गएर मानसिक रोगीको अस्पतालको अभाव हुने सं
सिन्धुलीगढी / सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेभएकि छिन् । नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्ध
वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार राष्ट्रिय समाचार समितिसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । आज मुख्यमन्त्री निवास पुगेको महाप्रबन्धक सिद्धराज राईसहितको रासस टोलीसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले सरकारले गर्नसक्ने सहकार्यका बारेमा जिज्ञासा राखेका थिए । भेटमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले राससले समयानूसार आफूलाई परिमार्जन गर्नुपर्ने धारणा राखे । उनले प्रविधिको अधिकतम प्रयोग हुने वर्तमान समयमा सोहीअनुसार चल्नसके उपलब्धि हासिल हुने बताए । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले पनि प्रदेश सरकार रासससँग सहका
काठमाडौँ / राष्ट्रियसभाका सदस्यहरुले कोभिड –१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरीद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा उनीहरुले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरुलाई नेपलामा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने सुझाव दिँदै महामारी बढ्दै गएको अहिलेको अवस्थामा कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्न माग गरे । नेपाली काङ्ग्रेसकी सांसद तारादेवी भट्टले वर्तमान राजनीतिक परिदृश्यमा राष्ट्रिय एकता आवश्यक भएको, एकले अर्काको अस्तित्व स्वीकार गर्दै लोकतन्त्र रक्षाका लागि सबै राजनीतिक दल एकत
काठमाडौँ / पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । संघीय संसद सचिवालयको कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाडौँले गरेको उच्च निर्णयलाई उच्च अदालत पाटनले पनि सदर गरेको छ । न्यायाधीशहरु माधव प्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालतको फैसला सदर हुने आदेश गरेको हो । २०७५ असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महरामाथि बलात्कारको आरोम लगाए पछि महरामाथि बलात्कार गरेको अभियोगमा मुद्दा चलेको थियो । २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिएका थिए । असोज १९ गते उनलाई पक्रा गरेर ५
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.