बुटवल / जनता समाजवादी पार्टी (जसपा)का तीन मन्त्री सांसद पदबाट मुक्त भएका छन् । पदमुक्त भएसँगै तिन मन्त्रीको पदपनि रिक्त भएको छ ।लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले एक सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।२०७८ जेठ २५ गते प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रममा प्रस्तुत हुदाँ विपक्षमा मतदान गर्ने पार्टीको निर्णय थियो ।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरि जसपाको संसदीय दलको ह्वीप उल्लङ्घन गरेपछि उनिहरुलाई पदमुक्त गरिएको सुचना पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छी बिच आज भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय चासो र हितको बिषयमा छलफल भएको छ । मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताएकाी छन्। ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ ९बिआरआइ०को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिएकी छन् ।चीनमा उच्च अध्ययन गरिरहेका नेपाली विद्यार्थी कोभिड–१९ का कारण स्वदेश फर्कनु परेको उल्लेख गर्दै मन
बिर्तामोड / सांसद दिलकुमारी रावलले पूर्वमन्त्री प्रभु साहले महिलाको चरित्र हत्या गरेको आरोप लगाएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले पूर्वमन्त्री साहले महिलाको सभ्यतामाथि आक्रमण गरेको र चरित्र हत्या गरेको आरोप लगाएकी हुन् । रावलले भनिन् – ‘प्रभु शाहले विगत २ वर्षदेखि मदानी मेला लगाउने गरेका छन्, के समाजवादमा जाने बाटो यही हो ? प्रभु साहले समाजवादको नाममा ब्रह्मलुट गर्दै हुनुहुन्छ । भेटी र दक्षिणामा व्यापक भ्रष्टाचार गर्नुहुन्छ । उहाँले शिवनगरमा महिलाको अस्मितामा आँच आउने काम गर्नुभएको छ ।’ सांसद दिलकुमारीको १ मिनेटको बोल्ने समय सकिएपछि सभामुख अग्नि सापकोटाल
काठमाडौँ / सांसदले मुुलुकमा फैलिरहेको कोभिड–१९ नियन्त्रण र विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनिहरुले प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नागरिकको जीवन सुरक्षाका लागि गम्भीरतापूर्वक कदम चाल्न सरकारसँग अनुरोध पनि गरेका छन् । बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले मुलुकका विभिन्न ठाउँमा आएको बाढी/पहिरोबाट जनधनको ठूलो क्षति भएकाले क्षति न्यूनीकरण कार्यक्रमका साथै प्रभावितलाई उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिएका छन् । सोही दलका अर्का सांसद देवेन्द्र पौडेलले कोभिड–१९ महामारी नियन्त्रणका लागि खोपको उचित प्रबन्ध गर्न ढिला भ
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष डा.भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथि आशङ्का व्यक्त गर्दै उनले सभाबाट अनुमोदन नै नभएको अवस्थामा कसरी कार्यान्वयन हुन्छ भनेर प्रतिप्रश्न गरेका छन् । “पहिला अनुमोदन होस् अनि पो कार्यालय खोल्ने र अन्य काम अघि बढाउने भन्ने कुरा हुन्छ”, डा रावलले भने, “एमसिसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाँझिने खालका छन्, राष्ट्र हितमा छैन ।” उपाध्यक्ष डा रावलले एमसिसीको नाममा आफ्नो भूमि कुनै पनि कम्पनीलाई सुम्पिन
काठमाण्डौ / ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई अदालतले सफाइ दिएको भनेर चलेका हल्ला निराधार भएको पाइएको छ ।बहुचर्चित एवं विवादीत प्रकरणमा जोडिएका उनीहरूले सफाइ पाएको भनेर सामाजिक सञ्जाल र मिडियामा प्रचार सुरु भएपछि सर्वोच्च अदालतले सो विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रचार निराधार भएको जनाएको हो।अदालतले सो विषयमा रहेको मुद्दा पेशीमा नै नचढेकाले उनीहरूलाई उन्मुक्ति दिएको भनेर भईरहेका प्रचारमा सत्यता नरहेको जानकारी गराएको हो ।ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहरिएपछि तीन पूर्वमन्त्री सहित १ सय ७५
बिर्तामोड / झापाको बिर्तामोडमा रहेको चिया बगान मासेर भिटा ब्यापार गर्ने चलखेल भएको खुलासा भएको छ । ‘गिरीबन्धु टि स्टेट’ को स्वामित्वमा रहेको जमिन बिक्रीका लागि मन्त्रीस्तरबाट निर्णय भएको खुलासा भएको हो ।बिर्तामोडको मुक्तिचोकदेखि एक किलोमिटर भित्र रहेको मुल्यवान दुई सय ८० बिगाहा क्षेत्रफल जमिनमा चिया बगान छ । महँगो मूल्यको यो जग्गा बेचेर दुर्गमको सस्तो ठाउँमा कम्पनीका लागि जग्गा किन्ने योजना रहेको भन्दै बगान फडानीको अनुमति लिएको पाइएको छ । पूर्व–पश्चिम राजमार्गको उत्तर र दक्षिणमा रहेको जमिन कठ्ठाकै १ करोडभन्दा बढी पर्ने स्थानीयको भनाई छ । अर्बाैंको त्यो जमिनको सट्टाभर्ना गरेर बिक्री वितरण
भद्रपुर / भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठमाथि जनप्रतिनिधि र कांग्रेस कार्यकर्ताले अश्लील शब्द प्रयोग गरी दुब्र्यवहार गरेका छन् । ५ नम्बर वडा कार्यालयको खोप केन्द्रमा सरकारले तोकेका उमेर समूहबाहेक नागरिकलाई खोप लगाएको सूचना पाएपछि मेयर श्रेष्ठ बुधवार त्यहाँ पुगेका थिए । ५५ वर्षदेखि माथिका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्नेमा त्यसभन्दा कम उमेर समूहका नागरिकले खोप लगाएको भेटाएपछि मेयर श्रेष्ठले ‘यस्तो कार्य बन्द गर्नुहोस’ भनेका थिए । मेयरको अवरोधपछि वडा कार्यालयमा ‘बबाल’ भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूको भनाइ छ । मेयर श्रेष्ठले भने, ‘खोप केन्द्र पुग्दा ५ न
गण्डकी / गण्डकी प्रदेशका मन्त्रीहरूले कोरोनाविरुद्धको खोप आफूहरूको प्राथमिकतामा रहेको बताएका छन्।नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित नवनियुक्त मन्त्रीहरूको बधाई तथा परिचयात्मक कार्यक्रममा उनीहरुले जनअपेक्षा अनुसार खोप उपलब्ध गराउने कुरामा आफूहरू लागेको बताएका छन् ।गण्डकीमा आमसञ्चार विधेयक ल्याउनुपूर्व पत्रकारको सुझावअनुसार अघि बढ्ने बताउँदै मन्त्रीहरूले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरू प्रतिबद्ध रहने बताएका छन् ।पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले लोकतन्त्रको मूल्य मान्यता विपरीत गण्डकी सरकार अघि बढ्न नसक्ने बताउँदै सञ्चारजगत्कै कारण देशमा ठू
काठमाडौं / नेपाली कांग्रेसमा २४ घण्टा भित्र क्रियाशील सदस्यता विवाद टुंगो लाग्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बुधबार बसेको बैठकले बाँकी विवाद समाधानका लागि छानविन समितिलाई २४ घण्टा समय दिएको छ ।पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार रमेश लेखक नेतृत्वको छानविन समितिले मंगलबार पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमा १५/१६ वटा निर्वाचन क्षेत्र टुंगिएको छैन ।समितिले २४ घण्टा गृहकार्य गरेपछि भोलि फेरि पार्टीको बैठकमा यसबारेमा छलफल हुने प्रवक्ता शर्माले बताए । छानविन समितिले आगामी २४ घण्टा भित्रमा क्रियाशील सदस्यत
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.