राजनीति

    Showing 3,681-3,690 of 7,548 items.
  • रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठकले बोलाएको छ।असार १९ गते बुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।महामन्त्री ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाउनु भएको थियो । उहाँले पार्टीको निर्मम समीक्षा गर्नुपर्ने, प्रदेश खारेजको पक्षमा उभिनुपर्ने, स्वतन्त्रसँग मिल्नु पर्ने लगायत प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।यदी त्यसो गर्न नसकिए पार्टी विवेकशित साझा पार्टीकै बाटोमा जाने उहाँले दावी गर्नु भएको छ ।

    • प्रकाशित मितिः असार १४, २०८१
    • 389 पटक पढिएको
  • आज मदन भण्डारीको ७३ औँ जन्मजयन्ती, को थिए मदन ?

    काठमाडौं—  तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ।जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ।विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ। फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ।वि.सं.२००९ असार १४ गते ताप्लेजु

    • प्रकाशित मितिः असार १४, २०८१
    • 631 पटक पढिएको
  • शीर्ष नेताहरूले भने : शान्ति प्रक्रियाका काम सहमतिमै टुंग्याउँछौ

    काठमाडौँ- प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुंग्याउन सहमत भएका छन् ।बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेता टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्न सहमत भएको कानुन मन्त्री पदम गिरीले जानकारी दिए । उनले संसद्को समितिमा छलफलका क्रममा ४ वटा बुँदामामा जुट्न नसकेको सहमति जुटाउन गृहकार्य गर्ने र निकट भविष्यमा सहमतिका साथ अघि बढ्ने निर्णय भएको बताए ।टीआरसी विधेयकमा मेलमिलापका सम्बन्धमा पीडित पक्षको स्वतन्त्र सहमति गरेर टुङ्ग्याउने भनिएको थियो ।

    • प्रकाशित मितिः असार १३, २०८१
    • 439 पटक पढिएको
  • राप्रपा प्रवक्ता सगुनलाई संगठन विभागको सचिवको जिम्मेवारीमा

    काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुन सुन्दर लावतीले संगठन विभागको सदस्य सचिवको समेत जिम्मेवारी पाएका छन् ।राप्रपा महामन्त्री एवं संगठन विभाग प्रमुख धवल शम्सेर राणाले बिहीबार लावतीलाई संगठन विभाग, सदस्य सचिवको पदमा मनोनयन गरेका हुन् । यसैबिच राप्रपाको संगठन विभागले काठमाडौँ उपत्यकाभित्र रणनीतिक रूपमा संगठन विस्तार गर्ने कार्यक्रम तय गरेको छ ।काठमाडौँ उपत्यकाभित्रका महानगरपालिका, नगरपालिका र गाउँपालिका तहसम्म रणनीतिक पहुँच कायम राख्दै संगठन विस्तार कार्यक्रम अघि बढाउने निर्णय गरेको हो ।विभाग प्रमुख राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले संगठन के

    • प्रकाशित मितिः असार १३, २०८१
    • 385 पटक पढिएको
  • महाधिवेशनको मुखमा झलनाथको लडबढाएको बोली

    काठमाडौँ- एक महिनाअघि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू अध्यक्षमा लड्न तयार रहेको दाबी गरे। सार्वजनिक मन्चदेखि बैठकसम्म उनले समाजवादलाई अघि बढाउन आफू अध्यक्षमा लड्ने कसिलो कुरा राखे। उनले अध्यक्षमा लड्नकै लागि मध्य बानेश्वरमा सचिवालय पनि खोले। उनले सचिवालयमार्फत सन्चारमाध्यमलाई भने, 'म अध्यक्षमा लड्छु, महासचिवमा घनश्याम भुसाल।'यो कुरा बाहिरिएपछि भने उनको सचिवालय हडबढायो। आफूहरूले सचिवालय नखोलेको बतायो। यता भुसालसँग कुरा भए पनि लड्ने गरी कुराकानी नभएको बतायो। खनालले भने सार्वजनिक मन्चमा सधै नेतृत्व लिन तयार रहेको दाबी गरिरहे। समाजवादीभित्र सर्वसम्मत अध्यक्षको कुरा आउँथ्यो,

    • प्रकाशित मितिः असार १३, २०८१
    • 361 पटक पढिएको
  • एकीकृत समाजवादीमा थपियो वरिष्ठ उपाध्यक्ष पद

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ।बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८९ औं सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन हलबाट अनुमोदन हुने गरी केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय भएको छ। यसअघि १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय भएको थियो। साथै उनले  पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको छ भने वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिनेछ।साथै केन्द्रीय उपाध्यक्षमा महिला सिट सुरक्षि

    • प्रकाशित मितिः असार १३, २०८१
    • 291 पटक पढिएको
  • बालविवाह गर्ने गराउनेलाई कडा कारबाही गरियोस्ः सांसद कार्की (भिडियो)

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने/गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन्।बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले समाजमा बालविवाह ठुलो रोगको रूपमा रहेको भन्दै यस्तो गर्ने गराउनेलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्ने बताइन् । संविधान र कानुनमा बाल विवाहलाई वर्जित गरिएको भए पनि कानुन कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।सांसद कार्कीले अहिलेपनि बाल विवाहको दर ३५ प्रतिशत रहेको र मधेस प्रदेशमा त झनै ४२.४ प्रतिशत रहेको भन्दै यसलाई पूर्णरुपमा रोक्नुपर्ने बताइन्। उनले कुनै कानुनी कमजोरी भए परिमार्जन गर्न पनि सरकारलाई आग्रह गरिन्। 

    • प्रकाशित मितिः असार १३, २०८१
    • 480 पटक पढिएको
  • विपदका फाइल पनि खोल्न गृहमन्त्रीलाई सांसद रामहरि खतिवडाको आग्रह (भिडियो)

    काठमाडौं— नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले पहिरो पीडितहरूलाई राहत र पुनरवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खतिवडाले ओखलढुंगासहित देशभर विपद्बाट पीडित भएकाहरूलाई आवश्यकताअनुसार राहत र पुनरवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन्।खतिवडाले बाढीपहिरोका कारण देशभर धनजनको क्षति भएको उल्लेख गर्दै ओखलढुङ्गाका विभिन्न स्थानमा पनि बाढी पहिरोले जनधनको भएको र घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौंमा उपचार भइरहेको सदनलाई जानकारी गराए। खानेपानी, विद्युत् तथा इन्टरनेट सेवा आपूर्ति, सिँचाइलगायत अत्यावश्यक सेवामा बाधा पुगेकाले

    • प्रकाशित मितिः असार १३, २०८१
    • 437 पटक पढिएको
  • गोर्खा मिडिया र ९ सहकारीको कागजात मगाउने संसदीय विशेष समितिको निर्णय

    काठमाडौँ- सहकारी सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिसहित ९ सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ।समितिको बुधबार बसेको छैठौं बैठकले विभिन्न सहकारीबाट गोर्खा मिडिया लगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो।समितिले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात मगाएको हो।सिमितले सहकारीहरुको साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षणको प्रतिवेदन र वित्तीय विवरण मागेको हो।

    • प्रकाशित मितिः असार १२, २०८१
    • 313 पटक पढिएको
  • आफ्नै निवास पुगेका घनश्यामलाई झलनाथले भने : अध्यक्षमा लड्नुहोस्, मैले छाडेँ

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा झलनाथ खनालले घनश्याम भुसाललाई साथ दिने भएका छन्। खनालले आज भुसाललाई अध्यक्ष बन्न सहयोग गर्ने भएका हुन्। भुसाल आज सहयोग माग्दै खनाल निवास डल्लु पुगेका थिए। भुसाललाई खनालले वैचारिकरूपमा एक भएपछि सहयोग गर्ने बताएका थिए। भुसाल निकट स्रोतका अनुसार खनालले तपाई हड्नुहोस्, मैले छाडे भनेका थिए। यही असार १६ देखि हुने नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल दाबेदार थिए। खनालले छाड्दा अब नेपाल र भुसाल मात्र दाबेदार देखिएका छन्। यता नेपाल आफै अध्यक्ष हुने तयारीमा छन्। यता नेपाल भने एक्लिएका छन्। उनी आफै अध्यक्ष बन्न त

    • प्रकाशित मितिः असार १२, २०८१
    • 254 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा