राजनीति

    Showing 3,651-3,660 of 10,315 items.
  • कांग्रेस संस्थापन पक्षको भेलाः विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं

    काठमाडौं— नियमित महाधिवेशनका लागि दबाब दिनका लागि नेपाली कांग्रेसको संस्थापन पक्षले बिहीबार काठमाडौंमा भेला गरेको छ ।बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला शुरु भएको हो । भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् ।थापाले विशेष महाधिवेशन समय सान्दर्भिक नभएको बताएका छन् । उनले विशेष महाधिवेशन दर्ता भए पनि त्यसको कुनै सिङ्ग पुच्छर नभएको बताए ।  उनले भने, ‘जेनजी आन्दोलनमा हाम्रो पार्टी कार्यालयसँगै पार्टी सभापतिको घर नै जल्यो । त्यसपछि सभापतिलाई हटाउनुपर्ने भन्दै पार्टीका महामन्त्रीहरुले अभियान नै चलाउनुभयो । त्यसपछि  सभापतिले कार्यवाहक सभापति तोकेर तुरुन्तै ब

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 605 पटक पढिएको
  • निर्वाचन आयोग पुग्यो नेपाली कम्युनिस्ट पार्टी दर्ताको निवेदन

    काठमाडौं—  'नेपाली कम्युनिस्ट पार्टी' दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । पार्टी दर्ताका लागि बुधबार नै निवेदन दिइएको नेता प्रकाश ज्वालाले जानकारी दिए ।बुधबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० घटकले एकता घोषणा गरेका थिए । नवगठित पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड छन् ।सह–संयोजक माधवकुमार नेपाल राखिएका छन् । पार्टीको चुनाव चिह्न तारा राखिएको छ ।दर्ताका लागि केही डकुमेन्टपछि दिने गरी पार्टीको नाम, चिह्न, संयोजक, सह–संयोजकलगायतको विवरण आयोगमा बुझाइएको छ । बाँकी विवरण छिट्टै बुझाइने ज्वालाले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 575 पटक पढिएको
  • बालेनविरुद्ध उजुरी दिन एमाले युवा संघको टोली साइबरब्यूरो जाँदै

    काठमाडौं— नेकपा (एमाले) निकट युवा संघको टोली काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध उजुरी लिएर साइबर ब्युरो जाने भएको छ ।सामाजिक सञ्जालमार्फत अशोभनीय गालीगलौज गरेको आरोपमा उजुरी दर्ता गर्न लागेको संघका अध्यक्ष क्षितिज थेबेले बताए ।उनका अनुसार टोली आज दिउँसो २ बजे साइबर ब्युरो पुग्नेछ ।यसअघि अनेरास्ववियुले पनि जेनजी आन्दोलनमा बालेनको संलग्नता रहेको आरोपसहित प्रहरीमा उजुरी दिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 511 पटक पढिएको
  • जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी

    काठमाडौं— ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले गृहमन्त्रीलाई लक्षित गर्दै कडा शब्दमा आलोचना समेत गरेका छन् ।सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीले जनताको भरोसा तोडेका आरोप लगाउँदै तत्काल कदम चाल्न चेतावनी दिएका हुन् । गुरुङले भनेका छन्, ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन । देशभर ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा पनि तपाईं ‘जेनजीलाई कारबाही’ भन्ने आवाज मात्र सुन्ने गृहमन्त्री बन्नुभयो । यो राष्ट्रप्रतिको अपमान हो ।’उनले गृहमन्त्रीलाई शहीदको बलिदान, नेपाली जनताको आशा र आँ

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 698 पटक पढिएको
  • सात दिनभित्र जग्गाको भाडा नतिरे भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी

    काठमाडौं— नेपाल स्काउटले पूर्व उर्जामन्त्री दिपक खड्का सञ्चालक रहेको कम्पनी खड्का ल्यान्ड प्रालीले सात दिनभित्र जग्गाको भाडा नरितेमा उसले त्यहाँ बनाएका भौतिक संरचना जफत गर्ने चेतावनी दिएको छ । स्काउटले बिहीवार सावर्जनिक सुचना जारी गर्दैै खड्काको कम्पनीलाई यस्तो चेतावनी दिएको हो ।तोकिएको समयावधि भित्र जग्गा भाडा बापतको रकम बुझाउन नआएमा कामपा वडा नं २६ लैनचौरस्थित कित्ता नंम्बर १० मा स्काउटको जग्गामा बनेको भवन र सरसामान जफत गरिने सुचनामा मार्फत जनाइएको छ । साथै उक्त भौतिक संचरनाबाट पनि भाडा बापतको रकम असुलउपर हुन नआएमा घर गग्गा तथा अन्य जायजेथबाट समेत असुल उपर गर्ने चेतावनी स्काउटले दिएको छ ।‘सा

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 639 पटक पढिएको
  • गल्ती स्वीकार्दै गगन थापाले भनेः पार्टीभित्र ठूलो सुधार आवश्यक छ

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो सुधारका साथै शुद्धीकरण र पुनःजागरण गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस स्थापनाकालदेखि समाज रुपान्तरणका लागि गरेको संघर्षमाथि प्रश्न उठ्न थालेको भन्दै पार्टीभित्र शुद्धीकरण र पुनःजागरणको आवश्यकता रहेको बताएका हुन् ।  उनले भने, ‘अब हामी बोलेर मात्र हुँदैन ठूलो सुधार चाहिएको छ । त्यो सुधार पार्टी भित्र हुन्छ । पार्टी भित्र के गर्छौ के गर्दैनौ शुद्धीकरण कसरी गर्छौ, पुनःजागरण कसरी गर्छौ ? र शुद्ध भएको जागरित भएको पार्टीले सरकारका काममा कसरी सुधार ल्याउछ ?’नेता थापाले जेनजी आन्दोलनमार्फत य

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 561 पटक पढिएको
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार बैठकमा पार्टीको १५औँ महाधिवेशन, समसामयिक राजनीति लगायत विषयमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ ।गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरूले विशेष गरी पार्टीको महाधिवेशनका विषयलाई जोड दिएका छन् । हिजो बसेको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू— प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णकिशोर घ

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 558 पटक पढिएको
  • विधानसभा चुनावका लागि बिहारमा पहिलो चरणको मतदान सुरु

    काठमाडौं— भारतको बिहार राज्यमा आजदेखि विधानसभा चुनावको पहिलो चरण अन्तर्गत मतदान सुरु भएको छ । कुल २४३ सिटमध्ये पहिलो चरणमा १८ जिल्लाका १२१ सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो, जुन साँझ ६ बजेसम्म चल्नेछ ।पहिलो चरणको मतदानमा चर्चित नेतादेखि कलाकारसम्म प्रतिस्पर्धामा छन् । तेजस्वी यादव, तेजप्रताप यादव, अनन्त सिंह, लोकगायिका मैथिली ठाकुर, भोजपुरी गायक रितेश पाण्डे, फिल्म स्टार खेसारी लाल यादव र ओसामा शाहबलगायतका उम्मेदवार चर्चामा रहेका छन ।मतदान पटना, वैशाली, नालन्दा, दरभंगा, बक्सर, सारण, सिवान, सहरसा, बेगुसराय, गोपालगञ्ज, समस्तीपुर, मधेपुरा, मुंगेर, लखीसराय, भोजपुर, मुजफ्फरपुर, खगरिया र श

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 578 पटक पढिएको
  • जसपा नेपालको केन्द्रीय समिति बैठक जारी

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।बिहीबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवं कार्यदिशा, पार्टीको सङ्गठनात्मक कार्ययोजना, पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायतका शीर्षकमा २२ बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका छन् ।बैठकले अध्यक्षद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्तावउपर समेत निर्णय गर्ने बताइएको छ । 

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 578 पटक पढिएको
  • राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भई आज अपराह्न स्वदेश फर्किने भएका छन् । राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। साथै, सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भ गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम, र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच बैठकलाई पनि सम्बोधन गरेका थिए ।सम्मेलनमा विश्वभरका विभिन्न मुलुकका राष्ट्रप्रमुख, मन्त्रीहरू, विज्ञ तथा नीति–निर्माताहरूको सहभागिता रहेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 563 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.