राजनीति

    Showing 3,541-3,550 of 7,545 items.
  • कांग्रेस संसदीय दलको बैठक बस्दै, एजेण्डा के छन् ?

    काठमाडौं–नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आज मध्याह्न १२ बजे सङ्घीय संसद्भवन नयाँबानेश्वरमा बस्न लागेको छ । संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं सामसामयिक विषयमा निर्णय गर्नेछ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार ओलीले आज विश्वासको मत लिन लागेका हुन् ।&

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 250 पटक पढिएको
  • प्रधानमन्त्री ओलीलाई नेकपा एसले मत नदिने

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले विश्वासको मत नदिने भएको छ । नेकपा एसले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको हो । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको मेटमणि चौधरीले जानकारी गराए । उनका अुसार सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने उनको भनाई थियो । 

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 285 पटक पढिएको
  • विश्वासको मत लिँदै मुख्यमन्त्री जम्कट्टेल, दाबी पेस गर्ने कांग्रेसको तयारी

    काठमाडौं–केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । आज अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएका थिए । त्यसपछि मुख्यमन्त्री जम्कट्टेलले सत्ता साझेदार दलका नेताहरूसँगको परामर्शपछि विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता जम्कट्टेल गत २०७९ पुसमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 245 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदैँ, अंकगणित के छ ?

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरिसकेको छ । सत्ता साझेदार अर्को ठूलो राजनीतिक दल नेपाली कांग्रेसको आज बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत दिने निर्णय गर्दै पार्टीका सबै सांसद्लाई ह्विप ज

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 393 पटक पढिएको
  • चित्रबहादुरको चिन्ता : ओलीले फेरि संसद विघटन गर्न सक्छन्

    काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि संसद विघटन गरेर देशलाई प्रतिगमनतर्फ लैजानसक्ने आशंका व्यक्त गरेका छन् ।बुटवलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा केसीले पहिले प्रधानमन्त्री भएको बेला ओलीले संसद विघटन गरेको विषयलाई अदालतले सच्याउँदासमेत अहिलेसम्म गल्ती स्वीकार नगरेको बताए । उनले भने, ‘ओलीको कदम अदालतले गलत ठहर गरेर फैसला गर्दा पनि गल्ती भयो भनेर अहिलेसम्म स्वीकारेका छैनन्, फेरि पनि संसद भत्काउने र मुलुक प्रतिगमनतिर जाने डर छ ।’कांग्रेस र एमालेले गरेको भनिएको सातबुँदे सहमति अहिलेसम्म सार्वजनिक किन नगरेक

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 301 पटक पढिएको
  • कांग्रेसको प्रमुख सचेतकमा घिमिरे

    काठमाडौँ- नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनीत भएका छन्।कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम उनलाई प्रमुख सचेतक मनोनीत गरेका हुन्।यसअघिका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री भएपछि कांग्रेसको प्रमुख सचेतक पद रिक्त थियो।  घिमिरे सिन्धुली-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 241 पटक पढिएको
  • राप्रपाको संगठन विस्तार र आन्दोलनको कार्यक्रम सुभारम्भ

    भक्तपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन र संगठन विस्तारको रणनीतिक कार्यक्रम काठमाडौं उपत्यकामा आरम्भ गरेको छ। राप्रपाले आन्दोलनका लागि देशभरीका वडाबाट बीस हजार युवा दस्ता तयार गर्ने योजना राखेको छ।  ‘संगठन आन्दोलनको निम्ति, संगठन निर्वाचनको निम्ति, यही रणनीति र उद्देश्य लिएर राप्रपा अघि बढेको छ। जनताले राप्रपाको एजेण्डालाई मन पराएका छन्, राप्रपाप्रति आशावादी छन्। त्यसैले देशमा विद्यमान विकृति, विसंगति, भ्रष्टाचार लगायतका वेथिति अन्त्य गरेर जनताको अपेक्षा पूरा गर्न राप्रपा वडा तहसम्मको संगठन मजबुत बनाउन लागीपरेको छ,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख डा धवल

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 225 पटक पढिएको
  • राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

    काठमाडौँ- राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। प्रतिपक्षमा बस्ने भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत नदिने निर्णय लिएका हुन्। यसअघि भने लिङ्देनले कांग्रेस एमालेको गठबन्धन सकारात्मक भनेका थिए। तर आज भने विश्वासको मत नदिने निर्णय लिएको लिङ्देन निकट स्रोतको भनाइ छ। 

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 271 पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टी फेरि फेर्‍यो संसदीय दलको नेता

    काठमाडौं— नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता फेरि परिवर्तन गरिएको छ । असार २९ गते बहुमत सदस्यको समर्थनमा खुसीराम डङ्गौरा थारुलाई संसदीय दलका नेता बनाइएको थियो । साता दिनभित्रै उनलाई हटाएर पुनः घनश्याम चौधरीलाई संसदीय दलका नेता चयन गरिएको छ । बहुमत सदस्यको समर्थनमा उनलाई फेरि संसदीय दलका नेता चयन गरिएको हो । यसैगरि, लक्ष्मण किशोर चौधरीलाई प्रमुख सचेतकमा चयन गरिएको छ । दलका नेता चयन गर्नका लागि घनश्याम चौधरी, रामेश्वर चौधरी, इन्दिरा गिरी र लक्ष्मण किशोर चौधरीको उपस्थिति देखिएको छ । सात जना प्रदेश सभा सदस्य रहेका नागरिक उन्मुक्ति पार्टीका तीन जना प्रदे

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 353 पटक पढिएको
  • उपसभामुखलाई राजीनामा दिन माग गर्दै संसदीय समितिमा उजुरी

    काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरविरुद्ध संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ। उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसांसद व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन्। रानाले आफूसँगै अमेरिकामा जान ५ सर्वसाधारणलाई भिषा दिन अमेरिकी राजदूतावासलाई पत्र लेखेकी थिइन्। तर, ती कसैले पनि भिषा नपाएपछि उपसभामुखसँग उनीहरू असन्तुष्ट बनेका थिए। ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् ।

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 362 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा