राजनीति

    Showing 3,411-3,420 of 7,540 items.
  • हेलिकप्टर दुर्घटना छानबिनका लागि ३ सदस्यीय जाँचबुझ आयोग गठन

    काठमाडौं- सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत छन् । उक्त समितिलाई ३० दिनको समय सीमा तोकिएको छ ।

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 328 पटक पढिएको
  • हेलिकप्टर दुर्घटनापछि बोलाए प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक

    काठमाडौं । नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनाको विषयमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सिंहदरबारमा उपत्यका मेयर्स फोरमका पदाधिकारीसँगको भेटघाटको क्रममा दुर्घटनाको खबर सुनेका प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरे ।२ सातापछि अर्को हवाई दुर्घटना हुनु दुःखद् भएको भन्दै दुर्घटनाबारे केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बसेर आवश्यक निर्णय लिने जानकारी गराए ।

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 388 पटक पढिएको
  • अब सत्ता खोज्ने काम गर्दैनौँ : प्रचण्ड

    काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादी सरकार खोज्दै नहिँड्ने बताएका छन् ।बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेका लागि सरकारभन्दा जनता पहिलो प्राथमिकतामा रहेको भन्दै सरकार खोज्दै नहिँड्ने बताएका हुन् । उनले अब पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित रहने बताए ।पार्टीभित्रका असन्तुष्टिहरुलाई मिलाएर फुट र विभाजनबाट रोक्ने भन्दै प्रचण्डले पार्टी अब फुटतिर नभइ जुटतिर केन्द्रित हुने स्पष्ट पारे । उनले माओवादीबाट अलग भएकाहरु छिटै आफ्नो नेतृत्वमा माओवादीमा एकतावद्ध हुन लागेको जानकारी दिए ।

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 310 पटक पढिएको
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन तीन दलका शीर्ष नेताहरुलाई हस्तान्तरण

    काठमाडौं–सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा कार्यदल तहमा भएको समझदारीको प्रतिवेदन आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरु समक्ष हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यदलले उक्त प्रतिवेदन बुझाएको हो।कार्यदलका सदस्यहरु गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक, एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, र माओवादी केन्द्र नेता जनार्दन शर्माले प्रतिवेदन हस्तान्तरण गरेका छन्। नेपाली कांग्रेस, नेकप

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 650 पटक पढिएको
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले पारित गरेका निर्णयहरूको कार्यान्वयन र पार्टी सङ्गठनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। विशेषगरी, महासमिति बैठकले पारित गरेको विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिने र आगामी दिनमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा गहन छलफल हुने बताइएको छ। 

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 430 पटक पढिएको
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन बुधबार प्रधानमन्त्रीलाई बुझाइने

    काठमाडौं- सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे तयार पारिएको प्रतिवेदन बुधबार प्रधानमन्त्री केपी ओलीसहित तीन नेतालाई बुझाइने भएको छ।उक्त प्रतिवेदन ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यादलले बुझाउने भएको छ ।सरकार र माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्षपछि प्रमुख तीन ठूला दलहरू द्वन्द्वकालीन हिंसाका घटनालाई सम्बोधन गर्ने विधिमा सहमत भएका छन् । उक्त सहमतिसहितको प्रतिवेदन बुझाउन लागिएको कार्यदल सदस्य तथा एमालेका प्रमुख सचेतक बर्तौलाले जानकारी दिए।गत असार ११ गते नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखक, माओवादीका

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 337 पटक पढिएको
  • भ्रष्टाचार गर्नेलाई अनुहार नहेरी कारबाही गर्छु : प्रधानमन्त्री ओली

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रतिको आफ्नो शून्य सहनशीलता दोहोर्याउँदै आफूले भ्रष्टाचार नगर्ने र अरूलाई भ्रष्टाचार गर्न पनि नदिने पुरानै प्रतिबद्धताबाट पछि नहटेको बताए। ‘संविधानले विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने प्रबन्ध गरेको छ । यस यात्रामा भ्रष्टाचार तगा

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 499 पटक पढिएको
  • कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

    सुर्खेत- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन् ।मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरु सहभागी थिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित थिइनन् । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ म

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 380 पटक पढिएको
  • जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं-  जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी आह्वान गरिएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।उनले भने, ‘बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू(राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरूमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिइने छ ।’यसैगरी बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्म

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 362 पटक पढिएको
  • यी हुन् देउवाले तोकेका ३७ विभागका प्रमुख

    काठमाडौँ-  नेपाली कांग्रेसले ३७ वटा विभाग प्रमुख तोकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ ९संशोधनसहित०को धारा ३७ (१) (ग) बमोजिम विभाग प्रमुख तोकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।विभाग प्रमुख तोक्ने विषयमा आज देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसहित शीर्ष नेताहरुलाई बुढानीलकण्ठ बोलाएर छलफल गरेका थिए ।

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 372 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा