राजनीति

    Showing 3,321-3,330 of 7,540 items.
  • राष्ट्रिय सभामा टीआरसी विधेयक पेस

    काठमाडौँ- राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएका छ।आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका हुन्। मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तव सभा समक्ष प्रस्तुत गरे। यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ।

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 438 पटक पढिएको
  • नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा पुर्पक्षका लागि थुनामा

    काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।  जिल्ला अदालत काठमाडौँका  न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। केसीको इजलासमा झाविरुद्धको मुद्दाको थुनछेक बहस भएको थियो। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्न झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले असार १३ गते उनलाई पक्राउ गरेको थियो।उनीविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियो। पर्साको वीरगन्ज उपमहानगरपालिका ७ का ६६ वर्षीय झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्द

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 553 पटक पढिएको
  • जनार्दनले पार्टी फुटाउँछन् भन्ने असत्य सावित भइसक्यो: प्रचण्ड (भिडियो)

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य सावित भइसकेको बताएका छन्। पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भएपनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाई थियो । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले भने कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर गरे । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत लगाउनु भयो । उहाँले उपमहासचिव शर्मासँग आफूबीच आगो ठोस्सिएजस्तो ठोसिने

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 488 पटक पढिएको
  • वि.सं. २०८१ भदौँ ०२ गते आइतबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)समय राम्रो छ। व्यापारबाट आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वास्थ्य लाभ हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)परिवारको रचनात्मक साथ प्राप्त हुनेछ। आफन्तले सहयोग गर्नेछन्। स्वदेशमा अवसरको सिर्जना हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आफन्तको विश्वास गर्नाले घाटा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)स्वास्थ्यमा सम

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 584 पटक पढिएको
  • जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने हल्ला असत्य साबित भयो : प्रचण्ड

    काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने हल्ला असत्य साबित भइसकेको बताएका छन्। पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भए पनि त्यो आन्तरिक छलफलपछि हटेको र भ्रम चिरिएको उनको भनाइ छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शर्माले पार्टी फुटाउँछन् भनेर आफूले भने कहिल्यै नसोचेको बताए । प्रतिक्रियावादी आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत उनले लगाए।उनले आफू र उपमहासचिव शर्माबीच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको बताए । तर, त्यो सम्बन्धले पार्टीलाई एकताबद्ध बनाउन म

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 378 पटक पढिएको
  • ओलीको आरोप : अघिल्लो सरकारले शिक्षकहरुलाई राजनीति गर्यो

    काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले शिक्षकहरुलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख आरोप लगाउँदै अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह गरेका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समायानुकूल सुधारका लागि सरकार तत्पर रहेको समेत जानकारी दिए। ‘राजनीति र शिक्षकको भूमिकालाई नबुझेकाहरुले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए,’ उनको भनाई छ, ‘शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए। त्यो शिक्षकहर

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 265 पटक पढिएको
  • परराष्ट्रमन्त्री राणा आइतबार भारत भ्रमणमा जाने

    काठमाडौँ- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन्।  भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री देउवाले भदौ २ गते (आइतबार)देखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएकी हुन्।भ्रमणका क्रममा परराष्ट्रमन्त्री देउवाले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्री राणाको भ्रमण नेपाल र भारतबिचको नियमित उच्चस्तरीय भ्रमणको निरन्तरता भएको मन्त्रालयले जनाएको छ ।  मन्त्री राणाको यस भ्रम

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 299 पटक पढिएको
  • जसपा नेपालको निर्णय बन्दीको रिहाइदेखि संविधान संशोधनका लागि आयोग गठनसम्म

    काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न चरणमा भएका मधेस आन्दोलनका दौरान आन्दोलनकारीहरू माथि लगाइएका मुद्दाहरू खारेज गर्न माग गर्ने निर्णय गरेको छ । जसपा नेपालको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । निर्णयहरू सार्वजनिक गर्दै जसपा नेपालले मधेस आन्दोलनका क्रममा समातेर बन्दी बनाइएकाहरूको रिहाइका साथै रोक्का गरिएका जग्गा, धन–सम्पत्तिलाई फुकुवा गरिन पनि माग गरेको छ । निर्णयमा भनिएको छ, ‘आफ्नो पहिचानको आन्दोलनमा लागेका आदिवासी जनजाति, लिम्बुवान किराँत आन्दोलनकारी माथि लगाइएका मुद्दाहरू सरकारले फिर्ता लिई समस्याको न्यायोचित समाधान गरिनुपर्दछ ।’शहीद परिवारह

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 230 पटक पढिएको
  • ओली र देउवाबीच भेटवार्ता, सरकारका कामबारे छलफल

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ। भेटका क्रममा राजनीतिक विमर्शका साथै सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भनेका छन्, 'नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श तथा सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए।'

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 311 पटक पढिएको
  • व्यक्तिले समाजका लागि दिने योगदानलाई समयअनुसार मापन गर्नुपर्छ : विद्या भण्डारी

    काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्ने बताएकी छिन्। शनिबार काठमाडौँमा वामपन्थी नेता तथा पूर्व सांसद गणेश पण्डितको स्मृति ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्वलाई समय र सन्दर्भअनुसार मापन गर्न सक्नुपर्ने उनको भनाइ थियो। स्व. पण्डितले २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहाली लाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखि राजनीतिमा होमिएको स्मरण उनले गरिन्। ‘कुनैपनि व्यक्तिले समाज र राष्ट

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 350 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा