राजनीति

    Showing 3,231-3,240 of 10,315 items.
  • निर्वाचन नजिकिँदै जाँदा प्रमुख निर्वाचन आयुक्त र मन्त्रीबीच छलफल

    काठमाडौं— आगामी निर्वाचन नजिकिँदै गएको सन्दर्भमा प्रमुख निर्वाचन आयुक्तले मन्त्रीहरूसँग छलफल गरेका छन्। कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा आयोजित उक्त छलफलमा विभिन्न मन्त्रीहरूको सहभागिता रहेको थियो।छलफलका क्रममा निर्वाचनको तयारी, आचारसंहिता कार्यान्वयन, सुरक्षा व्यवस्था तथा निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्ने विषयमा विचार–विमर्श गरिएको जनाइएको छ। सहभागी मन्त्रीहरूले आ–आफ्नो धारणा तथा सुझाव प्रस्तुत गर्दै निर्वाचन सफल बनाउन सरकार र आयोगबीचको समन्वय आवश्यक रहेको बताए।प्रमुख निर्वाचन आयुक्तले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वासयोग्य बनाउन आयोग प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्य

    • प्रकाशित मितिः पुस १, २०८२
    • 484 पटक पढिएको
  • नेता कोइराला र सभापति देउवाबीच भेटघाट

    काठमाडौं— आज नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ।मंगलबार क्रियाशिल वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारवाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाललाई लिएर सभापति भेट्न गएका हुन् ।भेटमा कोइरालाले क्रियाशिल वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवासामु बताए । कोइरालाले बिना नम्बरका ति फारम तत्काल फिर्ता गरि नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरे । कोइरालाले ती बिन

    • प्रकाशित मितिः पुस १, २०८२
    • 592 पटक पढिएको
  • एमालेको केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रबाट डा.गौतम उम्मेदवार

    काठमाडौं—  नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा डा. झलक शर्मा गौतमले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका डा.गौतमले स्वास्थ्य सेवामा महाशाखा प्रमुखसम्म भएर अवकाश प्राप्त गरेका हुन् । उनी यसअघि एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्ष समेत थिए ।त्यस्तै एमालेबाट स्वास्थ्य मन्त्रालयको नेतृत्व केही नेताहरु पूर्वस्वास्थ्य मन्त्रीमा लेखराज भट्टले उपमहासचिवमा पूर्व स्वास्थ्य मन्त्रीद्वय खगराज अधिकारी, भानुभक्त ढकाल, पूर्वस्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सचिवमा, पूर्वस्वास्थ्य मन्त्री पदम गिरी र शेरबहादुर तामाङ केन्द्रीय सदस्यम

    • प्रकाशित मितिः पुस १, २०८२
    • 476 पटक पढिएको
  • असन्तुष्टिपछि पनि ओलीको समर्थनमा ज्ञवाली, ओलीलाई शानदार मतका साथ विजयी गराउन आग्रह

    काठमाडौं— नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा मंगलबार दिउँसो ३ बजेबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । उक्त निर्वाचनमा ज्ञवालीले अध्यक्ष ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् ।सोमबार ओलीले शंकर पोखरेललाई महासचिवमा दोहो¥याए पछि महासचिवका आकांक्षी रहेका ज्ञवाली ओलीसँग असन्तुष्ट बनेका थिए । तर, आज सामाजिक सञ्जालमार्फत एमालेको आन्तरिक जीवनका लागि मात्र नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि ओलीको पक्षलाई शानदार मतका साथ विजयी गराउन अपि

    • प्रकाशित मितिः पुस १, २०८२
    • 443 पटक पढिएको
  • मतदान समय फेरियोः एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे

    काठमाडौं— नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ ।मंगलबार भृकुटीमण्डपमा हुने भनिएको एमालेको मतदानको समय दिउँसो ४ बजेको लागि सारिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।उनका अनुसार विद्युतीय उपकरणमार्फत् मतदान गर्न लागेको छ । भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण राख्न समय लाग्ने भएकाले समय सारिएको हो ।एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको एक दुई घण्टा भित्र परिणाम सार्वजनिक हुने छ ।

    • प्रकाशित मितिः पुस १, २०८२
    • 491 पटक पढिएको
  • आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

    काठमाडौं—  संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३११ औँ बैठक आज बस्ने भएको छ ।बैठक मंगलबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितीमा दिनको १२ः१५ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा बस्न लागेको हो ।आजको बैठकमा सुदूरपश्चिम प्रदेशको अवलोकन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा तय गरिएको छ ।

    • प्रकाशित मितिः पुस १, २०८२
    • 506 पटक पढिएको
  • अपाङ्गता होइन, अठोटको जित, बैसाखीको सहारामा एमाले महाधिवेशनमा गैरे

    काठमाडौं— नवलपरासी पश्चिम क्षेत्र नं.२ का प्रतिनिधि थानप्रसाद गैरे नेकपा (एमाले) को ११औँ महाधिवेशनमा सहभागिता जनाउन सफल भएका छन् । शारीरिक रूपमा अशक्त रहँदै आएका गैरेका खुट्टामा समस्या भएकाले उनी बैसाखीको सहारामा हिँडडुल गर्छन् । शारीरिक कठिनाइका बाबजुद पनि पार्टीप्रतिको निष्ठा र प्रतिबद्धताले उनलाई महाधिवेशनसम्म ल्याएको हो ।नवलपरासीबाट लामो दूरीको गाडी यात्रा गरेर महाधिवेशन स्थलमा आइपुगेका गैरेले अपाङ्गता कमजोरी नभई हौसला र संघर्षको प्रतीक भएको उनको भनाई छ । उनले नेकपा एमालेले जात, वर्ग, क्षेत्र र शारीरिक अवस्थाका आधारमा भेदभाव नगरी सबैलाई समेटेर प्रतिनिधित्व गराएको भन्दै पार्टीप्रति गर्व व्य

    • प्रकाशित मितिः पुस १, २०८२
    • 483 पटक पढिएको
  • एमाले महाधिवेशनमा युवाको प्रभावशाली उपस्थिति, सकारात्मक नेतृत्वको अपेक्षा

    काठमाडौं— नेकपा एमालेको ११ औँ महाधिवेशनको संघारमा काठमाडौंको भृकुटीमण्डपमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, युवा तथा पार्टीप्रति आस्था राख्ने देशभरका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ । सहभागीहरूका अनुसार यसपटकको महाधिवेशन अघिल्ला महाधिवेशनहरूभन्दा फरक र थप समावेशी सहभागितासहित अघि बढिरहेको छ ।महाधिवेशनमा सहभागी रुपन्देही अनेरास्ववियू जिल्ला कमिटी सचिव सरोज खनालले सबै जाति, वर्ग र समुदायको सक्रिय सहभागिताबाट नेतृत्व चयन हुनुपर्नेमा जोड दिए। उनले नेकपा एमालेभित्र कुनै पनि गुट नरहेको दाबी गर्दै सबैलाई समेटेर अघि बढ्ने पार्टीको परम्परा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। अब आउने नेत

    • प्रकाशित मितिः पुस १, २०८२
    • 470 पटक पढिएको
  • एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

    काठमाडौं— नेकपा (एमाले)को ११ औं महाधिवेशले आज मतदान मार्फत नयाँ नेतृत्व चयन गर्दैछ ।मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेबाट मतदान सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । निर्वाचन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ ।यसअघि मतदानको समय बिहान १० बजेदेखि साँझ ५ बजेको समय निर्धारण गरिएको थियो। सोमबार नै निर्वाचन कार्यतालिका संशोधन गर्दै मतदानको समय परिवर्तन गरिएको हो ।११ औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। उपाध्यक्षमा अरूण नेपाल, गुरू बराल, गोकर्णराज विष्ट, टंक कार्की परशुरामेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ,

    • प्रकाशित मितिः पुस १, २०८२
    • 437 पटक पढिएको
  • एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

    काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ  नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा जारी रहेकोे छ ।यस्तै, ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ ।तीन उपमहासचिव पदका लागि सात जनाको उम्मेदवारी परेको छ । नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर

    • प्रकाशित मितिः पुस १, २०८२
    • 357 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.