राजनीति

    Showing 3,231-3,240 of 7,540 items.
  • जनार्दन शर्माको गुनासोः सरकारले भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणमा ढिलाई गर्‍यो

    काठमाडौं-  प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोट लगायतका जिल्लाहरुमा भूकम्पपछिको पुनर्निर्माण कार्यलाई तिब्रता दिनेगरी आवश्यक जनशक्ति तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले पुनःनिर्माणको काममा ढिलाई नगर्न सरकारलाई सचेत गराए । रुकुम पश्चिमको चौरहजारी टार सिंचाई आयोजना तत्काल सुचारु गराउन पनि उपमहासचिव शर्माले सरकारको ध्यानाकर्षण गराएका छन् । धानबालीका लागि अति आवश्यक सो सिंचाई बाढी र पहिरोले अवरुद्ध भएकाले त्यसलाई सरकारले तत्काल सुचारु गराउनुपर्ने उपमहासचिव शर्माको भनाई थियो

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 376 पटक पढिएको
  • प्रस्तावित राजदुतहरुको सुनुवाई विहिबारबाट सुरु हुने

    काठमाडौं- विभिन्न देशका लागि प्रस्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया विहिबारबाट सुरु हुने भएको छ । सिंहदरबारमा आज बसेको सुनुवाई समितिको बैठकले विभिन्न १७ देशका लागि प्रस्तावित राजदुतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गते विहिबारबाट सुरु गर्ने निणर्य गरेको हो । समितिले भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सुनुवाई सम्पन्न गर्ने कार्ययोजना पारित गरेको छ । भदौ २१ गते तिज, २२ गते शनिवार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी सुनुवाई सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।  उजुरी थोरै भएकाले सुन

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 204 पटक पढिएको
  • रास्वपाले मुकुल ढकाललाई निष्कासन गर्यो

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले संस्थापक महामन्त्री ढकाललाई निष्कासन गरेको हो । रास्वपाले ढकाललाई दुईपटक स्पष्टीकरण सोधेको थियो । ढकालले सभापति रवि लामिछानेको नैतिकता माथि प्रश्न उठाउँदै ठगको आरोप लगाउँदै आएका छन् । उनको जवाफलाई नेताहरुले कुण्ठा व्यक्त गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । यसअघि, २५ असारको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट हटाएको थियो । ढकालले निर्वाचन आयोगमा कारबाहीको वैधता माथि चुनौती दिएका छन्। यसबीच, निष्कासनमा परेका ढका

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 580 पटक पढिएको
  • संसद्‌मा आज अध्यक्ष दाहालको सम्बोधन

    काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले दिउँसो १ बजे प्रमुख प्रतिपक्षी नेताका रूपमा बोल्ने  प्रमुख सचेतक हितराज पाण्डेले जानकारी गराए ।दाहालले नेकपा एमालेले सत्ता सहकार्य तोडेर नेपाली कांग्रेससँग मिलेर सरकार गठन गरेको विषयमा असन्तोष व्यक्त गर्दै आएका छन् । उनले नयाँ सरकारलाई भ्रष्टाचारको गढ भएको भन्दै आलोचना गर्दै आएका छन् ।  

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 422 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पूर्वमहामन्त्री ढकालमाथि थप कारबाही हुने

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पार्टी कार्यालय वनस्थलीमा बस्दैछ । बैठकले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ । सहप्रवक्ता मनिष झाका अनुसार‚ ढकालले पछिल्लो पटक सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ नदिएपछि कारबाहीको तयारी गरिएको हो । तत्कालीन महामन्त्री ढकालले पार्टीको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सुरु भएको विवाद सभापति रवि लामिछानेसँग व्यक्तिगत आरोपप्रत्यारोपमा पुगेपछि‚ रास्वपाले उनलाई पहिले महामन्त्रीबाट निलम्बन र पछि बर्खास्त गरेको थियो । ढकालले सामाजिक सञ्जालमार्फत् लामिछानेको आलोचना जारी र

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 384 पटक पढिएको
  • कांग्रेसका शीर्ष नेताहरूको बैठक बूढानीलकण्ठमा

    काठमाडौं–नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक डाकिएको छ । बैठक आज बिहान ११ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल गर्न देउवाले यो बैठक बोलाएका हुन् । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा सहभागी हुनेछन् । २३ साउनदेखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेण्डाहरू माथि छलफल भइरहेको छ । देउवा पक्षीय नेताहरुले चुनावी तालमेल रणनीतिक विषय भएकाले अहिले निर्णय गर्न आवश्यक नरहेको बताउँदै आएका छन् । प्रतिव

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 396 पटक पढिएको
  • नेकपा एसमा १८ पदाधिकारी र पोलिटब्युरो सदस्य छनौट गर्न आज निर्वाचन

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौट गर्न निर्वाचन आज गर्ने भएको छ । हिजो सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमति नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्यहरू चयन गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरेर प्रक्रिया अघि बढाइसकेको छ । निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष‚ उपाध्यक्ष‚ उपमहासचिव‚ सचिव‚ र कोषाध्यक्षसहित १८ पदाधिकारी र ८४ पोलिटब्युरो सदस्यहरू छानिने छन्। पार्टीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था रहेको छ ।निर्वाचन प्रक्रियामा उम्मेदवारी दर्ता‚ दाबी विरोध‚ उम्मेदवारी फिर्ता‚ अन्तिम

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 327 पटक पढिएको
  • सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्त्विक महत्त्व बोकेका सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्नेमा जोड दिएकी छिन् । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीदेवी मन्दिर पुनर्निर्माण समितिले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सम्पदा संरक्षणमा स्थानीय तहको प्रयासको सराहना गरिन् ।पूर्वराष्ट्रपति भण्डारीले स्थानीय कला संस्कृतिको संरक्षण र विकासको आवश्यकतामा जनताको उत्साहपूर्वक सहभागिता हुनुलाई आफूले ठुलो शिक्षाका रूपमा लिएको बताइन् । उनले नेपालमा कला र संस्कृति जोगाउने सवालमा युवा र महिलाको भूमिका बढेको समेत बताइन् । “मुलुकमा युवा तथा

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 293 पटक पढिएको
  • काठमाडौँ आइपुगे ओमानका विदेशमन्त्री

    काठमाडौँ-  ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौँ आइपुगेका छन्। उनी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि (भदौ १० र ११ गते) काठमाडौँ आइपुगेका हुन् । भ्रमणका दौरान दुई विदेश मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ। ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् । उनी भदौ ११ गते काठमाडौँबाट स्वदेश फर्किने कार्यतालिका छ ।

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 274 पटक पढिएको
  • पदाधिकारी छान्न मंगलबार दिउँसो चुनाव गर्दै एकीकृत समाजवादी

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाएको छ।गत असार २० गते महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गरेको भए पनि बाँकी पदाधिकारी चयन गर्न बाँकी थियो।पार्टीको निर्वाचन आयोग अध्यक्ष माधव पौडेलले सोमबार निर्वाचन कार्यक्रम कार्यतालिका पनि जारी गरिसकेका छन्। यस्तो छ निर्वाचन कार्यक्रम कार्यतालिका:

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 247 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा