राजनीति

    Showing 3,201-3,210 of 10,315 items.
  • केपी ओली लगातार तेस्रोपटक एमालेको अध्यक्षमा निर्वाचित

    काठमाडौं— नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् ।काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे ।ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, उनी दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 509 पटक पढिएको
  • एमाले महाधिवेशनः यस्तो छ पछिल्लो मतपरिणाम

    काठमाडौ—  नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानको परिणाम आउनेक्रम जारी छ । विहीबार विहान ११ बजे प्राप्त परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता कायम राखेका छन् ।महासचिवमा शंकर पोख्रेलले अग्रता लिइरहेका छन् । दुई वटा बुथको १६ वटा चिप्समा भएको ४ सय ४३ मत गन्दा अध्यक्षका उम्मेदवार ओली अगाडि देखिएका हुन् ।यस्तो छ पछिल्लो परिणामअध्यक्षकेपी शर्मा ओलीः ३३३ईश्वर पोखरेलः ११०उपाध्यक्षअरुण नेपालः ७९गुरु प्रसाद बरालः २४२गोकर्ण राज विष्टः २५६टकं प्रसाद कार्कीः ७५पर्शुराम मेघि गुरुङ्गः ८६पृथ्वी सुव्वा गुरुङः ३५६भिम प्रसाद आचार्यः ५१रघुजी पन्तः २५३रामबहादुर थापा बादलः ३०९विन

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 483 पटक पढिएको
  • एमाले महाधिवेशन:ओली अग्रस्थानमा, केही पदमा कडा प्रतिस्पर्धा

    काठमाडौ— नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको नयाँ मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्मको गणनाअनुसार अध्यक्ष केपी शर्मा ओलीले ४८९ मत प्राप्त गरेका छन्।त्यस्तै, ईश्वर पोखरेलले १७७ मत पाएका छन्त्य भने पदाधिकारीतर्फ शंकर पोखरेलले ३६४ मत, सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।प्रारम्भिक मतपरिणामले संस्थापन पक्ष अग्रस्थानमै देखिए पनि केही पदमा प्रतिस्पर्धा चर्को बन्दै गएको महाधिवेशनस्थल स्रोतले जनाएको छ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 486 पटक पढिएको
  • एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छः महेश बर्तौला

    काठमाडौं— नेकपा एमालेका नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् ।बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए ।उनले भने, ‘अन्य कयौँ प्रतिवादीहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहान्छ तथापी पनि हामी देशहितको पक्षमा स्वाधिनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिकताको पक्षमा जतिसुकै एकल बनाउन खोजे

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 468 पटक पढिएको
  • उमेश श्रेष्ठ भन्छन पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य

    विराटनगर— नेपाली कांग्रेसका कोषाध्यक्ष, शिक्षासेवी र व्यवसायी उमेश श्रेष्ठले कांग्रेसभित्र अब पूरानो शैली र अनुहारभन्दा नयाँ, पढेलेखेका, उद्यमशील र विषयविज्ञ युवालाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।उनले देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थाबारे स्पष्ट धारणा राखे । उनले पछिल्लो समय देखिएको जेन–जी आन्दोलनलाई युवाहरूको निराशा र परिवर्तनको चाहनासँग जोड्दै यसको मूल कारण रोजगारीको अभाव र नीतिगत कमजोरी भएको बताए ।श्रेष्ठका अनुसार देशको समग्र रूपान्तरणको आधार शिक्षा हो । हालको शिक्षा प्रणाली रोजगारमुखी नभएकाले युवाहरू विदेशिन बाध्य भएका छन् । त्यसैले विद्यालय तहदेखि नै सीपमूलक

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 468 पटक पढिएको
  • रास्वपा सभापति रवि र छविको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी

    रुपन्देही— सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ।उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरका अनुसार आजको पेसी तोकिएको हो। गत हप्ता यो मुद्दा हेर्न नमिल्ने अवस्थामा परेको थियो भने यसअघि दुई पटक लामिछाने पक्षका कानुनी व्यवसायीहरूले निवेदन पेश गरेर बहस रोकिएका थिए।बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले स

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 496 पटक पढिएको
  • मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

    महेन्द्रनगर। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने हुनुभएको छ ।मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रदेशसभा सचिवालयलाई पत्र पठाउनु भएको थियो । मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ अनुसार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभामा पत्राचार गरिएको हो । संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 332 पटक पढिएको
  • एमाले महाधिवेशनः मतदान सम्पन्न, २२२७ मत खस्यो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको छ ।महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ३६ जना मतदानमा अनुस्थित भए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए ।उहाँले मतगणना अहिले बिहान ८ः०० बजेदेखि सुरु गर्ने तयारी गरिएको जानकारी दिनुभयो  । “मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ”, उहाँले भन्नुभयो, “मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ ।”एमालेमा नयाँ नेतृत्वका लागि ब

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 367 पटक पढिएको
  • एमाले महाधिवेशनः मतगणना सुरु

    काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना सुरु भएको छ । विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलनको काम सम्पन्न भएसँगै मतदानको मुचुल्का र प्रतिनिधिहरुको सहमतिपछि मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।बिहीबार बिहान ७ बजे मतदान सकिएको थियो । मतगणना सुरू भएको करिब तीन घन्टासम्म नतिजा आइसक्ने निर्वाचन आयोगले जानकारी छ ।महाधिवेशनमा कुल २,२६३ प्रतिनिधि मतदाता रहेका थिए, जसमा २,२२७ मत खसेको छ । बाँकी ३६ प्रतिनिधिले मतदानमा भाग लिएका थिएनन् ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 456 पटक पढिएको
  • एमाले ११औँ महाधिवेशन: मतगणना केही समयमा सुरु हुने

    काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनको केही समयमै मतगणना सुरु हुने भएको छ । मतदान सकिएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलनको काम सम्पन्न भइसकेको एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।निर्वाचन आयोगका अनुसार चिप्स संकलनको काम सकिएसँगै निर्वाचन समितिको बैठक बसेपछि मतगणना सुरु हुनेछ।महाधिवेशनमा कुल २,२६३ प्रतिनिधि मतदाता रहेका थिए, जसमा २,२२७ मत खसेको छ । बाँकी ३६ प्रतिनिधिले मतदानमा भाग लिएका थिएनन् ।विद्युतीय प्रणाली प्रयोग भएकाले मतदानमा समय लागे पनि मतगणनामा धेरै समय नलाग्ने निर्वाचन आयोगले जनाएको छ ।आयोगले करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।अध्यक्ष पदम

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 536 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.