राजनीति

    Showing 3,161-3,170 of 10,314 items.
  • निर्वाचन ७४ दिन बाँकीः प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

    काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ ।अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबही गरिनेछ । ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुमगन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ ।नि

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 369 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दै

    काठमाडौं—  संघीय संसद अन्तर्गत आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दैछ ।बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।आज बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।आज बस्ने संयुक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई आमन्त्रित गरिएको छ ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 496 पटक पढिएको
  • मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै

    काठमाडौं— मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।मधेस प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्।त्रिलोकी समर्थकमा जयचन्द्रप्रसाद पटेल

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 535 पटक पढिएको
  • विप्लवले राखे प्रधानमन्त्री भई देशको सेवा गर्ने चाहना

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री भई देशको सेवा गर्ने आफ्नो चाहना रहेको बताएका छन् ।काठमाडौँमा आयोजित जेन-जीसँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताए ।तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा उनले आशंका जनाए ।सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्ने कुरा कसैले नपत्याएको उनको भनाइ छ ।प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनका लागि आवश्यक रकम नभएको कारण उल्लेख

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 230 पटक पढिएको
  • नेपाली कम्युनिष्ट पार्टीले बहुमतका साथ देश सेवा गर्ने अवसर दिनुपर्छ :माधव नेपाल

    काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह-संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमारले आन्दो प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली जनताले आफूलाई बहुमत दिने बताएका छन्। उनले शनिबार (मे ५) काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा यस्तो बताएका हुन्।उनले जनताको सपना साकार पार्ने अभियानमा नेपाली कम्युनिष्ट पार्टीले लिटमस टेस्टमा सहभागी हुनुहुँदैन तर चुनावमा बहुमत दिएर जनताको सेवा गर्ने अवसर प्रदान गर्नुपर्ने बताए।उनले नेपाली जनताले चुनावमा बहुमत दिएर आफ्नो सपना पूरा गरेको उल्लेख गर्दै इमान्दारी, देशभक्ति र जनताको भावना अनुरूप अगाडि बढ्ने दृढ संकल्प व्यक्त गरे।एकता सन्देश सभामा माधव नेपा

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 255 पटक पढिएको
  • मधेस प्रदेशसभाः सभामुख पदका लागि नाम दर्ता

    काठमाडौँ । मधेस प्रदेशको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले उम्मेदवारी दर्ता गराएका छन् । उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 242 पटक पढिएको
  • खुलामञ्च खुला गरियोस्, एक लाख मानिस बस्ने चौर नहुनु देशकै लज्जा : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलामञ्च खुला गर्न सरकारसँग माग गरेका छन् । शनिबार (पुस ५) काठमाडौंमा आयोजित एकता सन्देशसभामा उनले यस्तो बताएका हुन् ।“सबैभन्दा पहिला त म नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नको लागि आग्रह गर्न चाहन्छु, जोडदार ढंगले सम्पूर्ण जनसमुदायको तर्फबाट तपाईंहरूलाई आग्रह गर्दछु,” उनले भने, “किनकि, यो नेपाल राष्ट्रकै निम्ति अपमानको विषयको हो ।”एक लाख मानिस अट्ने मैदान नहुनु लज्जाको विषय भएको उनले उल्लेख गरे । उनले एक लाख मानिस राजनीतिक दलले उतारेर कार्यक्रम गर्न नपाउनु अपमानजनक विषय भएको बताए ।काठमाडौं उपत्यकाका

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 218 पटक पढिएको
  • केन्द्रीय सदस्य पराजितपछि नवीना लामाले भनिन्: फेरि टुहुरो भएँ

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा पराजित भएकी पूर्वकेन्द्रीय सदस्य नवीना लामाले आफू पुनः टुहुरो भएको अनुभूति भएको बताएकी छन्।पार्टीको एघारौं महाधिवेशनमा केन्द्रीय सदस्य पराजित भएकी लामाले फेसबुकमा स्ट्याटस लेखेर निर्वाचित पदाधिकारि र केन्द्रीय सदस्यहरूलाई बधाई दिँदै आफू भने पुनः टुहुरो भएको बताएकी हुन्।बुबा बितेको चार महिना पुग्दै गर्दा मनभित्रको टुहुरोपन बोकेर ११औं महाधिवेशनमा सहभागी भएँ । आज फेरि पनि त्यही गहिरो टुहुरो भएको अनुभूति मनमा बल्झिरहेको छ,’ उनले भनेकी छन्।उनले आफू अध्यक्ष केपी शर्मा ओलीको समूहमा रहन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न गरिएको पनि बताइन्।‘तर टिममा समेटिन सक

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 274 पटक पढिएको
  • ससर्त रिहाइको भोलिपल्टै एक्सनमा रवि, आज चितवनको सभालाई सम्बोधन गर्ने

    काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ससर्त रिहा भएसँगै आज (शनिबार) बाट पुनः सार्वजनिक कार्यक्रममा देखिने भएका छन् । शुक्रबार नख्खु कारागारबाट थुनामुक्त भएका लामिछानेले आफ्नो पहिलो सार्वजनिक उपस्थितिका लागि गृह जिल्ला एवं निर्वाचन क्षेत्र चितवनलाई रोजेका हुन् ।रास्वपा प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले आज बिहान ११ बजे चितवनको भरतपुरस्थित चौबिसकोटीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । लामो समयपछि जनतामाझ फर्किन लागेका लामिछानेको सम्बोधन छोटो तर विशेष हुने बताइएको छ । चितवनको कार्यक्रम सकेर लामिछाने आजै काठम

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 256 पटक पढिएको
  • ओलीद्वारा सैनिक अनुशानको खोजी, सर्वशक्तिमान बन्ने योजना होला सफल ?

    काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट तेश्रो कार्यकालका लागि केपी ओलीको अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय समितिको पहिलो बैठक काठमाडौंमा बसेको छ । बैठलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी र नेतृत्वका विषयमा अनावश्यक टिप्पणी नगर्न निर्देशन दिंदै आर्मीको परेड झैंसबैको एकमत हुनु पर्ने बताएका छन् । नेकपा एमालेको ११ औं महाधिवेशनबाट केपी ओलीको पुनः तेश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि काठमाडौंमा पहिलो बैठक बसेको छ । बैठकमा ओलीले निर्देशन दिदै नेता कार्यकर्तालाऐ एकमत हुन मात्रै भनेका छैनन्, गुटको अन्त्य बिहीबारबाटै भएको घोषणा समेत गरेका छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओली

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 245 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.