राजनीति

    Showing 2,921-2,930 of 10,306 items.
  • उम्मेदवारका रुपमा महेश वस्नेत र गोकुल वाँस्कोटाको नाम एकल सिफारिस

    काठमाडौं— नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला तथा क्षेत्रीय कमिटीहरूलाई दिएको निर्देशन अनुसार देशभर जिल्ला र निर्वाचन क्षेत्र स्तरबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र बनेको छ ।उम्मेदवार सिफारिसको क्रममा कतिपय निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका छन् भने केही स्थानबाट एकभन्दा बढी नाम केन्द्रमा पठाइएको छ। यसै क्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले सचिव महेश बस्नेतको नाम एकल सिफारिस गरिएको छ ।बस्नेत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । ०७९ को निर्वाचन

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 559 पटक पढिएको
  • राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महान्यायाधिवक्ता सबिता भण्डारीले सो प्रतिवेदन पेश गरेकी हुन् ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 502 पटक पढिएको
  • कोलम्बियामाथि ट्रम्पको कडा टिप्पणी, अमेरिकी हस्तक्षेपको आशंका बढ्यो

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबारे दिएको कडा र अभूतपूर्व टिप्पणीले कोलम्बियामा समेत अमेरिकी हस्तक्षेपको आशंका बढेको छ ।ट्रम्पको टिप्पणीले अन्तर्राष्ट्रिय स्तरमा विवाद चर्काएको छ । वासिङ्टनमा पत्रकारहरूसँगको छोटो संवादका क्रममा ट्रम्पले कोलम्बियालाई ‘एउटा बिरामी मानिसले चलाएको देश’ भन्दै वर्तमान नेतृत्व ‘धेरै समय टिक्ने छैन’ भन्ने टिप्पणी गरेका हुन् ।पत्रकारले यसले कोलम्बियामा अमेरिकी कारबाहीको संकेत हो कि भनेर सोध्दा ट्रम्पले ‘मलाई त ठीकै लाग्छ’ भन्दै जवाफ दिएका थिए । उनको यो छोटो अभिव्यक्तिले कोलम्बियामा सम्भावित अमेरिकी हस्तक्षेपको अड्कलबाजी बढाएको छ भने व्यापक आलोचन

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 513 पटक पढिएको
  • दुई वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १ः३० बजे राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय पुस्तकालय नीति र पुस्तकालय ऐनमा समेट्‍नुपर्ने विषयहरु सम्बन्धमा उपत्यकामा अवस्थित पुस्तकालयका प्रतिनिधिहरुसँग छलफल हुनेछ ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 481 पटक पढिएको
  • ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

    काठमाडौं— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो ।‘ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ । ठगीमा परेको गुनासो गर्नेहरूमा नेपालबा

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 483 पटक पढिएको
  • नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउन काम गरिरहेका छौँः सञ्चारमन्त्री खरेल

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने गरी काम गरिरहेको बताएका छन् ।आइसिटी अवार्ड–२०२५का विजेताहरुसँग आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले डिजिटल नेपालका लागि नीतिगत सुधारका काम भइरहेको उल्लेख गरे ।सञ्चारमन्त्री खरेलले भने,‘डिजिटल नेपालको रोडम्याप बनाएर मुलुकलाई अगाडि बढाउन खोजिरहेका छौँ, त्यसको भविष्य भनेको तपाँइ सूचना प्रविधिको क्षेत्रमा नवीनतम सिर्जना र योगदान गरिरहेका व्यक्ति तथा संस्थाहरु नै हो ।’ मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसम्म जोडिनका लागि पुलको भूमिका निर्बाह गर्न सम्पर्क मन्त्र

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 538 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो ।कार्यसम्पादन समितिको उक्त निर्णयसँगै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेषे महाधिवेशनको तयारी गरेपछि आज फेरि कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 519 पटक पढिएको
  • प्रदेश र स्थानीय तहले ध्यान नदिए प्रदेश साक्षर हुन सक्दैनः मन्त्री पुन

    जनकपुर— शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले प्रदेश सरकार र स्थानीय तहले ध्यान नदिए मधेश प्रदेश कहिल्यै साक्षर हुन नसक्ने बताएका छन् ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रायलद्वारा जनकपुरधाममा आईतबार आयोजित साक्षर मधेश प्रदेश घोषणा तयारी सम्बन्धी १ दिवसीय गोष्ठीमा बोल्दै मन्त्री पुनले मधेश प्रेदश र स्थानीय तहलाई अगाडि आएर शिक्षा सम्बन्धी समस्याहरुको निधानका लागि पहल गर्नु पर्ने बताए ।उनले अहिले सम्मको इतिहास हेर्दा केन्द्रले अगाडि बसेर काम गर्ने र प्रदेश र स्थानीय तहले पछाडि बसेर काम गर्ने गरेको देखिएको जानकारी दिए । मन्त्री पुनले अब प्रदेश सरकार र स्थानीय तहलाई अगाडि आएर काम गर्न र केन्

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 507 पटक पढिएको
  • धनकुटामा एमालेले गर्यो पूर्वमन्त्री राईको एकल सिफारिस

    धनकुटा— नेकपा एमाले धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ ।आइतबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी नेता कार्यकर्ताहरूको भावना भूगोल र चाहना अनुसार युवाहरूको मनोभावना अनुसार राईलाई एकल उम्मेदवार बनाउने निर्णय लिएको अध्यक्ष शिव लिम्बुले जानकारी दिए ।हालसम्मको छलफलमा जिल्लाका सबै पालिकाका नेता तथा कार्यकर्ताको भावनाअनुसार राईलाई एकल उम्मेदवार सिफारिस गर्ने गरी बैठकमा प्रस्ताव राखेका थिए सोही विषयमा लामो छलफल गरी एकल उम्मेदवार सिफारिस गरिएको अध्यक्ष लिम्बूको भनाइ छ

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 490 पटक पढिएको
  • रास्वपाले केन्द्रीय समितिमा सात जनालाई मनोनयन गर्यो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो ।केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।मनोनयन भएका केन्द्रीय सदस्यहरुमा १. समीक्षा बास्कोटा, २. प्रकाशचन्द्र परियार, ३. सुरज प्रधान, ४. नवराज थापा, ५. आशुतोष प्रधान, ६. धनेज थापा, ७. रञ्जु दर्शना रहेका छन् ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 463 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.