राजनीति

    Showing 2,901-2,910 of 9,530 items.
  • माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै

    काठमाडौं— नेकपा माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानमा बस्ने गरि बैठक तय भएको हो । नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो ।माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यसअघि असोजमा बसेको थियो । गत असोज १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै केन्द्रीय समिति भंग भएको थियो ।तर, महाधिवेशनमा पुग्नु अगावै अन्य पार्टीसँग एकता हुने भएकाले अनुमोदनका लागि केन्द्रीय समितिको बैठक राखिएको हो ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 535 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाइएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्य समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो । बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने छन् । आजको बैठकमा महामन्त्री थापाले बैठकमा धारणाका रूपमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् । संस्थापन पक्षले पनि धारणाकै रुपमा वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछ । त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 575 पटक पढिएको
  • हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफुलाई बिना कारण पदबाट हटाएको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।सरकारको निर्णयविरुद्ध हितेन्द्रले सोमबार सर्वोच्चमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि सर्वोच्चले आज दुवै पक्षलाई छलफलमा बोलाएको हो ।कार्यकाल पूरा हुनुअघि नै आफूलाई पदबाट हटाइएको भन्दै उनले नेपाल सरकारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सोमबार रिट दायर गरेका हुन् । उनले रिटमार्फत अन्तरिम आदेश समेत माग गरेका छन् । शाक्यलाई २०८१ चैत ११ गते ४ वर्षे कार्यकालका लागि प्राधिकरणको कार्यकारी

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 434 पटक पढिएको
  • नेपालको इतिहासमा एमालेले मंसिर २७ गते सबैभन्दा ठूलो जनसभा गर्ने पोखरेलको घोषणा

    काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो दलले मंसिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठूलो जनसभा गर्ने घोषणा गरेका छन् । त्यो सभाले नेपाली जनता कसको साथमा छन् भनेर देखाउने उनको घोषणा छ । आज (सोमबार) पत्रकारहरुसँगको अन्तरक्रियामा पोखरेलले यस्तो बताएका हुन् ।उनले भने,‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जन¥याली, २९ मा जिल्लाहरूमा र काठमाडौँ उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ, र मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा गर्नेछौँ । हामी देखाउन चाहन्छौ–जनता कसका साथमा छन् ? जनता कहिले पनि हिंसा अराजकता र लुटपाटको साथमा हुँदैनन् ।’

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 347 पटक पढिएको
  • मन्त्रीहरु र सचिवहरुसँग संयुक्त छलफलमा प्रधानमन्त्री कार्की, कार्यप्रगतिको विवरण लिने

    काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेकी हुन् । बैठक सिंहदरबारमा जारी छ ।सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ । प्रधानमन्त्रीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिने सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 314 पटक पढिएको
  • माओवादीले बोलायो महाधिवेशन आयोजक समितिको बैठक

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले महाधिवेशन आयोज केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरि बोलाईएको हो । हिजोमात्रै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न ८ दल र समूहसँग एकताको घोषणा भएको छ ।सो एकतालाई अनुमोदन गर्नको लागि माओवादीले महाधिवेशन आयोजक समितिको बैठक बोलाईएको हो । यही कार्तिक १९ गते काठमाडौंको एक पार्टी प्यालेसमा बृहत एकता घोषणा हुने भएको छ । आजमात्रै पनि माओवादीका संयोजक पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सो भेटमा एकीकृत पार्टीको नाम तय गर्नेबारे छलफल भएको भनिएको छ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 308 पटक पढिएको
  • गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने प्रतिवद्धता व्यक्त गरे ।त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो ।उनीहरुले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरे । जेनजी आन्दोलनका क्र

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 469 पटक पढिएको
  • एनआरएनए एकताका लागि महेशकुमार श्रेष्ठ नेतृत्वले गर्यो मध्यमार्गी प्रस्ताव

    काठमाडौं— गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित गरेको छ ।आइतबार राति बसेको ओवी बैठकले डा.बद्री केसी पक्षसँग सहमतिका लागि पेश गर्ने ९ बुँदे प्रस्ताव पारित गरेको हो ।श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा महासचिव बाबुराम (बीआर)लामाले सहमतिको प्रस्ताव पेश गरेका थिए । बैठकले ९ बुँदे सहमतिको मर्मलाई कार्यान्व्यन गर्ने जिम्मा अध्यक्ष श्रेष्ठलाई नै दिइएको छ ।सहमतिको मस्यौदामा संघलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा सुदृढ बनाउने उल्लेख गरिएको छ ।श्रेष्ठले डा.बद्री केसीले 

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 483 पटक पढिएको
  • माओवादीका सबै ठूला नेतालाई निकालेर प्रचण्ड भ्रष्टाचार आरोपीसँग लपक्कै

    काठमाडौं । विघटित माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ३० वर्षपछि माओवाद विचारधारा परित्याग गरेका छन् । २०५२ फागुन १ गतेदेखि नेपालमा सशस्त्र माओवादी विद्रोह सुरु गरेका प्रचण्डले अहिले त्यही विचारधारा गलत भएको निष्कर्ष निकाल्दै विभिन्न साना वामपन्थ घटक र समूहसँग एकता गर्ने निर्णय गरेका छन् ।अहिलेको अवस्थामा आइपुग्न हिजो १० वर्षे सशस्त्र द्वन्द्वमा आफूलाई साथ र सहयोग गर्ने सबै नेतालाई प्रचण्डले पार्टीबाट निकालेका छन् । जसको सूची निकै लामो हुन्छ । सुरुमा मोहन वैद्य किरण, बाबुराम भट्टराई, सीपी गजुरेल, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट,

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 279 पटक पढिएको
  • प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा

    काठमाडौं— नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच महत्वपूर्ण सहमति भएको छ । दुई नेताले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणलाई आजको प्राथमिक राजनीतिक कार्यका रूपमा अघि बढाउने निर्णय सार्वजनिक गरेका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धका बेला हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य बनेको छ ।’सहमतिको प्रमुख बुँदाहरूमा विगतका

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 646 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.