राजनीति

    Showing 2,801-2,810 of 7,525 items.
  • राष्ट्रियसभाको बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

    काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रि यसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे सुरु हुनेछ ।आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस हुनेछ ।यसैगरी बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमि सम्बन्धी बाहेक पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।जसमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 238 पटक पढिएको
  • बहुमतले निजीकरण अध्यादेश पनि स्वीकृत

     काठमाडौं— प्रतिनिधिसभाबाट निजीकरण अध्यादेश पनि पारित भएको छ। बुधबारको बैठकबाट बहुमतले उक्त अध्यादेश स्वीकृत गरेको हो। संसद् अधिवेशनको मुखैमा सरकारले ल्याएका ६ मध्ये बुधबार ५ पाँच अध्यादेश स्वीकृत हुने क्रम चलिरहेको छ। पाँचमध्ये निजीकरणसहित ३ अध्यादेश स्वीकृत भइसकेका छन् भने अन्यबारे प्रस्ताव र छलफल चलिरहेको छ।  निजीकरण अध्यादेशमा विपक्षी दलका ७ सांसदले विरोधको सूचना दर्ता गएकामा माओवादी सांसद माधव सापकोटाको सूचना कायम भएको थियो। अस्वीकृत होस् भन्ने उनको प्रस्तावमा बहुमत नपुगेपछि अध्यादेश बहुमतले स्वीकृत गरेको हो। 

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 294 पटक पढिएको
  • प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भयो सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश

    काठमाडौं— सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। विपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त ढकालले उक्त अध्यादेश अस्वीकृत होस् भनेर राखेका प्रस्ताव अस्वीकृत भएपछि अध्यादेशलाई निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो। जसलाई बहुमतले स्वीकृत गरेको हो।त्यसअघि अस्वीकृतिका लागि राखिएको प्रस्तावमा  विपक्षी दलका नेताहरूले धारणा राखेका थिए । जसमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलगायत राप्रपा, रास्वपा, नेमकपा र आम जनता पार्टीले अध्यादेश अस्वीकृत हुनुपर्ने मत दिएका थिए। त्यसपछि त्यसमाथि उठेको प्रश्नमा सञ

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 460 पटक पढिएको
  • कुलमान घिसिङलाई जबरजस्ती हटाए आन्दोलन गर्ने शाहीको चेतावनी

    काठमाडौं— राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले जबरजस्ती हटाए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले विधिको शासन सत्तारुढ दल र सरकारबाटै उल्लङ्घन हुने गरेको बताए ।  उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र शून्य अङ्क दिएर षड्यन्त्र गरिएको बताए ।उनले भने, ‘कुलमानलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारमा धकेलेको

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 414 पटक पढिएको
  • आयोगद्वारा समयमै प्रतिवेदन नबुझाउने दललाई कारबाही गर्ने

     काठमाडौं— लेखापरीक्षण प्रतिवेदन समयमै नबुझाइपछि ३२ दललाई निर्वाचन आयोगले कार्वाही गर्ने भएको छ । निर्वाचन आयोगमा कायम रहेका १२१ वटा दलहरुमध्ये ८२ वटा दलले मात्रै समयमै लेखापरीक्षण प्रतिवेदन बुझाएका छन्। लेखापरीक्षण प्रतिवेदन समयमै नबुझाउने ती दलहरुलाई आयोगले काराबाही गर्ने तयारी गरेको आयोगकी प्रवक्ता निता पौडेल अर्यालले जानकारी दिइन्। दलहरुले  प्रतिवेदन समयमै बुझाउनुपर्नेमा ३२ ओटाले अहिलेसम्म नबुझाएको प्रवक्ता अर्यालले बताइन्। उनका अनुसार अहिलेसम्म कांग्रेस, एमाले, माओवादी सहितका ८९ दलले मात्रै विवरण बुझाएको छ । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र दलहरुले आयव्ययसहितको अडि

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 256 पटक पढिएको
  • ओलीलाई ‘हिटलर’ भन्दै प्रश्न सोधेपछि संसद प्रवेशमा रोक

    काठमाडौं— संघीय संसद सचिवालयले दुई जना युट्युबरको संसद प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका सांसदहरूलाई गलत शब्द प्रयोग गरेको भन्दै उनीहरूले प्राप्त गरेका संसद प्रवेश पास नै निलम्बन गरेको हो ।केहि दिन अघि प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ भन्दै प्रश्न सोधेपछि संसद सचिवालयले यस्तो कारवाही गरेको बुझिएको छ । संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 440 पटक पढिएको
  • एजेण्डामा प्रवेश नगरेपछि माओवादीको पदाधिकारीको बैठक प्रभावित

    काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक एजेण्डामा प्रवेश नगरी सकिएको छ । दिउँसो १ बजे बस्ने संसद बैठकअघि विपक्षी दलहरूको बैठक बोलाएकोले कुनै एजेण्डामा छलफल नभएको सचिव गणेश साहले जानकारी दिए ।उनका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव तहको बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेछ। अध्यक्षले विपक्षी दलहरूको बैठक बोलाएका कारण एजेण्डामा प्रवेश गर्न नसकेको उनले बताए । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव तहको बैठक दिउँसो बस्ने उनको भनाइ छ। पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको समीक्षा, समसामयिक राजनीतिक, सुदूरपश्चिम माओवादी संसदीय दलको विवादलगायत विषयमा छ

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 318 पटक पढिएको
  • सञ्चारमन्त्री गुरुङ भन्छन् माओवादीहरुले जनयुद्ध बेचेर खाए

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र माओवादीले रुकुम, रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर नआएको बताए । उनले मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको बताए । गुरुङले २०६५ साल जेठ १५ गते ६०१ जना सांसदमध्ये ५९६ जना प्रतिनिधिले भोट गरेर राजतन्त्र फालिएको बताए । शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्नेकु

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 385 पटक पढिएको
  • एमाले निकट मानवअधिकार एलाइन्सको अधिवेशन आज शुरु

    काठमाडौं— नेकपा एमाले निकट मानवअधिकार एलाइन्सको छैटौँ महाधिवेशन आज (बुधबार) देखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको एलाइन्सका इन्चार्ज विष्णु रिजालले जानकारी दिए । बिहीबारसम्म चल्ने अधिवेशनमा मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेका नागरिक संस्थाहरू र सामुदायिक संगठनकासाथै ४ सय प्रतिनिधिहरू सहभागी हुने रिजालको भनाइ छ । संगठनको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । एलाइन्स नेकपा एमालेका २३ जनसंगठनमध्येको एक रहेको एमालेले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 222 पटक पढिएको
  • मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै

    काठमाडौं— मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज बेलुकी साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 314 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा