राजनीति

    Showing 2,741-2,750 of 10,305 items.
  • पार्वत गुरुङ दोलखाबाट चुनाव लड्ने

    दोलखा— आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दोलखामा नेकपा (एमाले) ले अनुभवी, जनविश्वास प्राप्त र विकासमुखी नेताका रूपमा परिचित पार्वत गुरुङलाई पुनः चुनावी मैदानमा उतारेको छ ।दोलखाली जनतासँग लामो समयदेखि जोडिँदै आएका गुरुङलाई यस पटकको निर्वाचनमा एमालेको जितको मुख्य आधारका रूपमा हेरिएको छ ।पार्टी संगठन कमजोर पर्दा अगाडि उभिने, नेतृत्व संकटमा परेका बेला काँध थाप्ने र जनताको दुःख–सुखमा सधैँ साथ दिने नेताका रूपमा गुरुङ दोलखामा स्थापित नाम हो । स्थानीय समस्यालाई केन्द्रसम्म पु¥याउने र भूगोलअनुसार विकासको खाका कोर्ने उनको कार्यशैलीले नै दोलखामा निरन्तर जनसमर्थन प्राप्त गर्दै आएको राजनीतिक विश्

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 491 पटक पढिएको
  • निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षका कार्यकर्ताको माइतीघरमा प्रदर्शन

    काठमाडौं— निर्वाचन आयोगले गगन पक्षलाई वैधानिकता दिएपछि देउवा पक्षका कार्यकर्ताहरू आन्दोलित भएका छन्। आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै देउवा पक्षका कार्यकर्ताहरूले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।प्रदर्शनका क्रममा उनीहरूले ‘संविधानको मर्म मार्न पाइँदैन’, ‘विधिको शासन कायम गर’, ‘अवैधानिक निर्णय फिर्ता गर’, ‘कानूनी राज्यको सम्मान गर’ जस्ता नाराहरू लगाएका थिए। साथै ‘लोकतन्त्र मास्न पाइँदैन’ र ‘आयोगको पाराले सारा दुख पायो’ भन्ने नाराहरू पनि आन्दोलनमा गुन्जिएका थिए।आन्दोलनकारीहरूले निर्वाचन आयोगको निर्णयले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि प्रहार गरेको आरोप लगाउँदै निर्णय

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 504 पटक पढिएको
  • निर्वाचन आयोगको एकलौटी र गैरकानुनी निर्णयविरुद्ध सर्वोच्च पुगेका हौं :पूर्णबहादुर खड्का

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षका नेताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।निर्वाचन आयोगको निर्णय संविधान, निर्वाचन ऐन, राजनीतिक दलसम्बन्धी ऐन तथा नेपाली कांग्रेसको विधानविपरीत भएको दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले आज रिट दर्ता गराएका हुन् ।उनीहरूले आयोगको निर्णयका कारण पार्टीको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा सहभागी हुन नपाउने अवस्था सिर्जना हुन सक्ने बताएका छन् । कार्यवाहक सभापति खड्काले निर्वाचन आयोगले एकलौटी र कानुनविपरीत निर्णय गरेको आरोप लगाए । उनले भने, ‘निर्वाचन आयोगले संविधान, कानुन, राजनीतिक दल

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 237 पटक पढिएको
  • राष्ट्रिय सभाबाट तीन जनाले राजीनामा दिए

    काठमाडौं— राष्ट्रिय सभाका तीन जना सदस्यहरुले राजीनामा दिएका छन् ।प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 461 पटक पढिएको
  • निर्वाचन आयोगको निर्णय बदर माग गर्दै देउवा पक्षका कांग्रेस नेता सर्वोच्चमा

    काठमाडौं— नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका छन् ।कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्वोच्च गएका हुन् ।गगन थापा नेतृत्वको समूहले विधि विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको हुँदा उक्त महाधिवेशन अवैध घोषणा गर्न अदालतसँग माग गरिएको छ ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 575 पटक पढिएको
  • प्रत्यक्षतर्फ एमालेमा महिला उम्मेदवारहरुको संख्या न्यून

    काठमाडौं— नेकपा एमालेले आगामी निर्वाचनको लागि उम्मेदवार टुङगो लगाएको छ । सूचीमा महिला उम्मेदवारको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ ।सूचीअनुसार कमला बोहरा (कञ्चनपुर), कल्पना राई (सोलुखुम्बु), अस्मिता थापा (ओखलढुंगा), भगवती चौधरी (सुनसरी), ज्वाला शाह (बारा), भगवती न्यौपाने (तनहुँ), विमला विक (बर्दिया) र जुली महतो (धनुषा) मात्र महिला उम्मेदवार छन् ।यसलाई महिला प्रतिनिधित्वमा असन्तुलन र लैङ्गिक समावेशीता कमजोर भएको भन्दै आलोचना पनि सुरु भएको छ ।एमाले यस पटक उम्मेदवार छनोटमा महिला सहभागिता बढाउने नीति प्रभावकारी रूपमा लागू गर्न चुकेको देखिन्छ ।एमालेको पुरुष प्रधान उम्मेदवार संरचनाले आगामी निर्वा

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 513 पटक पढिएको
  • आज पदबाट राजीनामा दिने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज पदबाट राजीनामा दिने तयारीमा छन्। उनका सचिवालयले जनाएअनुसार उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउनेछन्।राजीनामा दिएपछि मेयर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न अघि बढ्नेछन्। निर्वाचन आयोगले मनोनयन दर्ता माघ ६ गते तोकेको छ।राजीनामा पछि बालेन शाह भोलि पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर जाने कार्यक्रम तय गरिएको छ। त्यहाँ रास्वपा मधेस प्रदेश कमिटीले विस्तारित भेला राखेको छ, जसमा प्रदेश र आठवटै जिल्ला समितिका पदाधिकारी र सभापतिहरू सहभागी हुनेछन्।सभामा बालेन शाहको प

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 624 पटक पढिएको
  • आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुँदै

    काठमाडौं— आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुने भएको छ ।जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अधिवेशन सञ्चालन गर्न लागिएको हो ।राष्ट्रिय सभा बैठक आज बिहान ११ बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका थिए ।अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा ९१०

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 480 पटक पढिएको
  • देशमा निर्वाचनको वातावरण छैन भन्नु निर्वाचन भाँड्ने षणयन्त्र मात्रै होः गणेश पराजुली

    काठमाडौं— मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारीमा छ । विभिन्न दलहरुले आ–आफ्नै किसिमले तयारी गरिरहेका छन् । यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तयारीबारे नेता गणेश पराजुलीसँग संवाद गरेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले अगामी निर्वाचनको लागि कस्तो तयारी गरिरहेको छ ?फागुन २१ मा हुने निर्वाचनमा न्यूनतम बहुमत ल्याउने नभए दुई तिहाइ ल्याउने गरी तयारी गरिराखेका छौं । यही बीचमा बालेन्द्र शाहजीसँग समायोजन गरेका छौं । त्यसपछि कुलमान घिसिङसँग पनि समायोजन गरेका थियौं, त्यसमा थोरै समस्या आयो । उहाँहरूका केही आफ्ना मागहरू, आकांक्षाहरू पूरा हुन नसकेको अथवा फरक सोच भएका कारण समस्या आएको

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 555 पटक पढिएको
  • निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

    काठमाडौं— निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ ।शनिबार बसेको देउवा समूहको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।खड्काले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफल समेत गरिसकेका छन् । त्यसमा बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले साथ दिने बताइएको छ ।गगन थापा र विश्वप्रकाश शर्मा समूहले गरेको व

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 431 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.